Dictionary

All Word

44701 धृष्ट वि. ४. आफ्नो अपराध थाहा पाएर नायिकाले जतिसुकै तिरस्कार गरे पनि उसका पछि लाग्न नछाड्ने ढिठ नायक; धीरोद्धत्तनायक।
44702 धृष्टता ना. १. धृष्ट हुनाको भाव वा अवस्था; ढिठ्याइँ; उद्दण्डता।
44703 धृष्टता ना. २. निर्लज्जता; बेसरमपना।
44704 धृष्टता ना. ३. निर्दयता; निष्ठुरता।
44705 धेनु ना. १. भर्खरै बिहाएको गाई; लैनु गाई।
44706 धेनु ना. २. गाई; गौ।
44707 धेनु ना. ३. पृथ्वी।
44708 धेनुका ना. १. दुहुनु गाई; लैनु गाई; धेनु।
44709 धेनुका ना. २. हस्तिनी स्त्री।
44710 धेनुका ना. ३. पोथी पशु।
44711 धेनुका ना. ४. कृष्णले मारेको एक दैत्यको नाम।
44712 धेय वि. १. धारण गर्न लायक; धारणीय; धार्य।
44713 धेय वि. २. पोषण गर्न योग्य; पोषणीय; पोष्य।
44714 धेय वि. ३. पिउन लायक; पेय।
44715 धेर वि. १. चाहिनेभन्दा बढी; धेरै; ज्यादा; बहुत; अधिक।
44716 धेर वि. २. नचाहिने; अर्घेलो।
44717 धेरथोर वि. जेजति छ वा जेजति सकिन्छ त्यति; थोर बहुत; कमबेसी।
44718 धेरै वि. प्रशस्त; ज्यादा; बहुत; निकै; अधिक।
44719 धेरैजसो क्रि.वि. अधिकतर; प्रायशः; प्रायः; बहुधा।
44720 धैँसे वि. ध्वाँसोजस्तो कालो; फुस्रो कालो; साह्रै कालो; ध्वाँसे।
44721 धैँसो ना. ध्वाँसो; मोसो।
44722 धैर्य ना. १. सङ्कट वा कठिनाइका समयमा पनि विचलित नभई शान्त रहने मानसिक शक्ति, गुण वा स्थिरता; धीरता।
44723 धैर्य ना. २. उत्ताउलो वा आतुर नहुने स्वभाव; उद्देगरहित चित्तवृत्ति।
44724 धैर्य ना. ३. खामोस।
44725 धैर्य ना. ४. शान्ति।
44726 धैवत ना. सङ्गीतका सात स्वरमध्ये मन्दन्ती, रोहिणी र रम्या तीन श्रुतिका योगले बनेको छैटौँ स्वर; 'सा-रे-ग-म-प-ध-नि ' मध्ये 'ध'; चार सय पाँच स्वरलहरी भएको स्वर।
44727 धोआइ ना. धुने क्रिया वा प्रक्रिया।
44728 धोआइनु क.क्रि. धुन लगाइनु; धुवाइनु।
44729 धोआउनु प्रे. क्रि. धुन लाउनु; धुवाउनु।
44730 धोइ ना. धुने काम।
44731 धोइधाइ ना. धुने वा सफा गर्ने काम; धोइपखाली।
44732 धोइनु क.क्रि. धुने काम गरिनु।
44733 धोइपखाली ना. १. धुने र पखाल्ने काम।
44734 धोइपखाली ना. २. थोरै आम्दानीबाट जीविका गर्ने काम।
44735 धोइपखाली ना. ३. भएजति काम र लेनदेनसम्बन्धी कारोबारको फछ्र्यौट।
44736 धोइफोइ ना. १. कसर वा घुर्मैलो नभएको स्थिति; राम्ररी धुने - पखाल्ने काम।
44737 धोइफोइ ना. २. मनोमालिन्य भएका विषयमा स्पष्टसँग कुरा गरी मन माझ्ने काम।
44738 धोक्नु स.क्रि. १. मन लागेको कुरा टन्न हुन्जेल खानु वा पिउनु।
44739 धोक्नु स.क्रि. २. बेकाममा खर्चगर्नु; फजुल व्यय गर्नु।
44740 धोक्नु स.क्रि. ३. मनलाग्दीसँग जाँड-रक्सी खानु।
44741 धोका ना. १. कसैलाई झुक्याएर वा बहकाएर उसको स्वार्थ तथा बोलीको उल्टो गरिने अनैतिक आचरण; झुटो काम वा व्यवहारद्वारा अरूलाई छकाउने वा ढाँट्ने काम; धोखा।
44742 धोका ना. २. छल; कपट।
44743 धोका ना. ३. धूर्तता; बेइमानी।
44744 धोकाइ ना. धोक्ने क्रिया वा प्रक्रिया।
44745 धोकाइनु क.क्रि. धोक्न लाइनु; धोक्ने पारिनु।
44746 धोकाउनु प्रे. क्रि. धोक्न लाउनु; धोक्ने पार्नु।
44747 धोकाधोक ना. धेरै जनासँग बसी धोक्ने काम; हसुराहसुर।
44748 धोकाबाज वि. धोका दिने; बेइमानी गर्ने; धोकेबाज।
44749 धोकाबाजी ना. धोका दिने काम; बेइमानी; धोकेबाजी।
44750 धोकाया ना. तरकारी खान हुने एक जातको साग।