Dictionary

All Word

44451 धुपौरे ना. २. अह्राइपह्राइ नगरे पनि खुसी पार्न वा साखिलो हुनका निम्ति अर्काको काम गरिदिने व्यक्ति।
44452 धुपौरे ना. ३. आफ्नो स्वार्थ पूरा गर्न अरूसँग खुसामद गर्दै हिँड्ने व्यक्ति।
44453 धुपौरे ना. ४. अन्धपरम्परावादी व्यक्ति।
44454 धुपौरो ना. आगाका झरझराउँदा कोइला राखेर धूप हाल्ने भाँडो; कोइल्याँटो; धूपपात्र।
44455 धुमधुम क्रि.वि. धुमधुमती।
44456 धुमधुमती क्रि.वि. १. कसैसँग रिसाएर केही नबोली; अँध्यारो मुख लगाउँदै बसिरहने गरी।
44457 धुमधुमती क्रि.वि. २. सुनसान वा अँध्यारामा एक्लै बसेर।
44458 धमेलो ना. धामी बसाएर ज्योतिष हेराउने काम।
44459 धुम्म क्रि.वि. १. अँध्यारामा कसैसँग नबोली बस्ने गरी; धुमधुमती।
44460 धुम्म क्रि.वि. २. आकाशका चारैतिर बादल ढाकिएर।
44461 धुम्मिनु अ.क्रि. १. रिसले वा पिरले धुमधुमतीसँग बस्नु; धुम्म पर्नु।
44462 धुम्मिनु अ.क्रि. २. आकाशलाई बादलले ढाक्नु।
44463 धुम्म्याइ ना. धुम्मिने क्रिया वा प्रक्रिया।
44464 धुम्म्याइनु क.क्रि. धुम्मिने पारिनु; धुम्मिन लाइनु।
44465 धुम्म्याउनु प्रे. क्रि. धुम्मिने पार्नु; धुम्मिन लाउनु।
44466 धुम्रिँदो वि. धुवाँ उडिरहेको; धुवाँ उड्दो।
44467 धुम्साखान ना. परस्परमा भएको चर्को झगडा; लडाइँ; घम्साखान।
44468 धुर् ना. १. गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउने तेर्सो आग्लो; धुरा।
44469 धुर् ना. २. नारिएका गोरुका काँधमा राखिने, जुवाका बिचमा हल्लुँड बाँधेर हरिस अड्याउने ठाउँ।
44470 धुर् ना. 3. धुराका छेउ छेउमा ठाडो पारेर घुसारिने बियो।
44471 धुर् ना. ४. अग्लो ठाउँ; टाकुरो।
44472 धुर् ना. ५. कुनै पनि ठाउँको सबैभन्दा माथिल्लो स्थान वा भाग; धुरी; टुप्पो।
44473 धुर १ ना. एक कट्ठाको बिसौँ भाग जमिनको परिमाण (प्रायः मधेसमा प्रचलित)।
44474 धुर २ ना. खेतका गरामा हिलो तथा पानी अड्याउन छेउतिर वा चारैतिर उठाइएको माटाको ढिस्को; आली।
44475 धुरकिल्ला ना. धुरको साँध; धुरा।
44476 धुरन्धर वि. १. कुनै पनि विषयको गहन ज्ञान भएको; प्रकाण्ड विद्वान्; पारङ्गत; पोख्त।
44477 धुरन्धर वि. २. प्रधान; प्रमुख; मुख्य।
44478 धुरन्धर वि. ३. जोत्न लायक; जुवामा नार्न सुहाउँदो (गोरु )।
44479 धुरन्धर वि. ४. भार वहन गर्ने; भारी बोक्ने।
44480 धुर पस्नु टु. कुनै व्यक्तिमाथि खेदो गरेको बखत अरूले पनि उसैको जरो खन्नु; कुनै व्यक्तिमाथि जाइलाग्दा अरू अरू पनि उसैमाथि खनिनु।
44481 धुरा १ ना. १. एकमाथि अरूहरूको मद्दत; सहयोगीहरूको हुल; धुइरो।
44482 धुरा १ ना. २. ससाना र झुरुम्म परेका घरको समूह (जस्तो- कुल्लीधुरा ; सिपाहीधुरा इ.)।
44483 धुरा २ ना. १. गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउन तेर्सो पारेर राखिने आग्लो।
44484 धुरा २ ना. २. गोरुका काँधमा राखिएका जुवाको बिच भाग।
44485 धुरा २ ना. ३. धुरी।
44486 धुरिनु अ.क्रि. १. एउटाको विरोधमा धेरै जना खनिनु; धुइरो लाग्नु; धुइरिनु।
44487 धुरिनु अ.क्रि. २. धुरा उठ्नु; ओइरिनु।
44488 धुरी ना. १. घरका छानाको टुप्पाको भाग, छानाका दुई कराला पाखा वा पाटा जोडिई धारिम परेको माथिल्लो भाग।
44489 धुरी ना. २. त्यस ठाउँमा हालिने टायल, टिन आदिको कोप्रो परेको साधन।
44490 धुरीको बलो १. घर छाउने बेला घरको धुरीमा राखिने बलियो काठ वा बाँस; धुरी अड्याउने बिचको काठ।
44491 धुरीको बलो २. घरको मूली मान्छे।
44492 धुरी खाँबो / खामो ना. धुरीको बलो अड्याउने खाँबो वा खामो।
44493 धुरीण वि. १. सबैभन्दा माथिल्लो; श्रेष्ठ; उत्तम।
44494 धुरीण वि. २. कुनै विषयमा गहिरो ज्ञान भएको; धुरन्धर।
44495 धुरीण वि. ३. जुवामा नार्न योग्य; जोत्न लायक (गोरु)।
44496 धुरी बलो ना. धुरीका खाँबामाथि राखी धुरी अड्याउने बलो, धुरीको बलो।
44497 धुरी मार्नु टु. १. घर छाउँदा खर, फुस आदिको छानालाई धुरीमा चुल्ठी पारेर बिट मार्नु; छानाका पाटा जोडिने ठाउँमा खर पाँजेर कसी थुन्नु।
44498 धुरी मार्नु टु. २. काम फत्ते गर्नु।
44499 धुरुक्क क्रि.वि. १. आँसु तरर्र बहाएर रुने गरी।
44500 धुरुक्क क्रि.वि. २. रुवाउने गरी दुःख दिएर।