Dictionary

All Word

43551 धनाध्यक्ष ना. १. धनका अध्यक्ष; कुबेर।
43552 धनाध्यक्ष ना. २. धनको कारोबार गर्ने व्यक्ति; कोषाध्यक्ष; खजान्ची।
43553 धनार ना. राम्रो र झरझराउँदो धान उब्जने ठाउँ; अव्वल दर्जाको खेत; धनहर।
43554 धनार्थी वि. १. धन आर्जन गर्ने; कमाउने।
43555 धनार्थी वि. २. धनको आशा राख्ने; धनको इच्छुक।
43556 धनाश्री ना. १. दिउँसो गाइने, वीररसले भरिएको रागिनी।
43557 धनाश्री ना. २. रुद्राक्षका आकारको माला लगाइने एक जातको फल।
43558 धनिक वि. १. धन भएको; धनी। ना.
43559 धनिक वि. २. धन हुने व्यक्ति।
43560 धनिक वि. ३. ऋण दिने व्यक्ति; साहु; महाजन।
43561 धनियाँ ना. ससाना पात हुने सेता, खैरा मसिना फूल फुल्ने, दुई फग्ल्याँटो भएर छुट्टिने, मसिना दाना फल्ने प्रायः अचार, तरकारी आदिमा मसलाका रूपमा प्रयुक्त हुने झार; त्यसैको फल वा गेडा।
43562 धनिष्ठा ना. सत्ताइस नक्षत्रमध्ये तेइसौँ नक्षत्र; पाँच तारा भएका नौ ऊर्ध्वमुख नक्षत्रमध्ये एक।
43563 धनी वि. १. धनसम्पत्ति प्रशस्त हुने; धनवान्; धनिक।
43564 धनी वि. २. अरूलाई रिन दिन सक्ने; साहु।
43565 धनी वि. ३. मालिक; स्वामी। ना.
43566 धनी वि. ४. धनवान् व्यक्ति।
43567 धनी वि. ५. कुनै प्रकारको सिप, गुण आदिमा सर्वश्रेष्ठ (मनको धनी, विद्याको धनी इ.)।
43568 धनीपुर्जा ना. सम्बन्धित मालपोत कार्यालयबाट जग्गाधनीको प्रमाणस्वरूप दिइने जग्गाधनी प्रमाणपुर्जा।
43569 धनीबोटी ना. मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने उब्जनीको निश्चित भाग; अधियाँ वा ठेक्का; तल्सिङले पाउने जग्गाको निश्चित आम्दानी।
43570 धनीमानी वि. १. धन एवं मान दुवै भएको।
43571 धनीमानी वि. २. धनले मानिएको।
43572 धनु ना. १. बाँस वा फलामका कप्टेराका दुई टुप्पा नुहाएर ती टुप्पामा परिन्जो बाँधी बाण हान्न बनाइएको अस्त्रविशेष।
43573 धनु ना. २. एक प्रकारको गुलेली।
43574 धनु ना. ३. बाह्र राशिमध्ये एक।
43575 धनु ना. ४. धनुका आकारको रुवा फड्कार्ने साधन।
43576 धनु ना. ५. स्याखु बुन्ने एक उपकरण।
43577 धनुकाण ना. १. धनु र काण।
43578 धनुकाण ना. २. काण हान्ने धनु।
43579 धनुकाण ना. ३. धनुमा राखेर हानिने काण।
43580 धनुबाँस ना. धनुष आदि बनाउन पनि सकिने, चाम्रो, खँदिलो र बलियो, टुप्पोचाहिँ धनु जस्तै, नुहुने एक प्रकारको बाँस।
43581 धनुर्गुण ना. धनुका दुई टुप्पामा बाँधिने डोरी; धनुको ताँदो; परिन्जो।
43582 धनुर्ग्रह हस्त ना. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने सत्ताइस अङ्गुल बराबरको परिमाण।
43583 धनुर्धर ना. १. धनु लिने व्यक्ति।
43584 धनुर्धर ना. २. धनु चलाउनमा सिपालु व्यक्ति।
43585 धनुर्धारी १. धनु धारण गर्ने, धनु लिने।
43586 धनुर्धारी २. धनु चलाउनमा सिपालु। ना.
43587 धनुर्धारी ३. धनु लिने व्यक्ति; धनुर्धर।
43588 धनुर्मुष्टि हस्त ना. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने नापो; छब्बीस अङ्गुल बराबरको परिमाण।
43589 धनुर्वाण ना. धनु र वाणको अस्त्र; धनु र बाण।
43590 धनुर्वात ना. धनु जस्तै भएर शरीर कुप्रो पर्ने एक खालको रोग; धनुष्टङ्कार; टिटानस।
43591 धनुर्विद्या ना. धनु चलाउने कला सिकाउने विद्या; धनुसम्बन्धी ज्ञान।
43592 धनुर्वेद ना. विशेष रूपले धनु चलाउने विद्याको निरूपण भएको शास्त्र; यजुर्वेदको एक उपवेद।
43593 धनुष ना. १. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने, चार किब्कु वा चार मुडीहात बराबरको नाप; छ्यानब्बे अङ्गुल बराबरको नाप।
43594 धनुष ना. २. धनु; धनुस्।
43595 धनुषा ना. नेपालको मध्यमाञ्चल क्षेत्रभित्र पर्ने जनकपुर अञ्चलको एक जिल्ला।
43596 धनुषाकार ना. १. धनुषको जस्तो वा धनु जस्तै भएको आकार। वि.
43597 धनुषाकार ना. २. त्यस्तै आकारको।
43598 धनुषाकार ताल ना. बाढी आएको बेला नदीले बाटो फेर्दा बनेको धनुषको जस्तो आकार परेको ताल।
43599 धनुष्टङ्कार ना. १. धनुमा बाण राखेर हान्दा उत्पन्न हुने शब्द।
43600 धनुष्टङ्कार ना. २. घाउ-खटिरा आदिले विषाक्त भई गर्दन र पिठिउँ कुप्रो पर्ने एक खालको रोग; टिटानस।