Dictionary

All Word

43301 द्विपदा ना. दुई चरण मात्र हुने एक प्रकारको छन्द; ऋचा।
43302 द्विपदी ना. १. दुई चरण मात्र हुने एक प्रकारको गीति वा मात्रिक वृत्त।
43303 द्विपदी ना. २. तीनतीन पङ्क्ति गरी लेखिने एक प्रकारको चित्रकाव्य।
43304 द्विबाहु वि. दुई बाहु हुने; दुई हात भएको (मानिस)।
43305 द्विबिन्दु ना. शब्द वा अक्षरका पछाडि दिइने दुई थोप्ला; विसर्ग; दबासबिन्दु।
43306 द्विभाषी ना. दोभासे।
43307 द्विभुज वि. १. दुइटा हात हुने; दुई भुजा भएको। ना.
43308 द्विभुज वि. २. कुना; कोण।
43309 द्विमुखी ना. १. दुइटा खुट्टा र मुख मात्र निकाल्दै गरेको बियाउन लागेको गाई; उभयमुखी गाई। वि.
43310 द्विमुखी ना. २. दुईतिर मुख भएको; दुईमुखे।
43311 द्विरागमन ना. १. विवाह भएपछि दोस्रो पटक पतिका घरमा आएकी बधू।
43312 द्विरागमन ना. २. दोस्रो पटक आउने काम; पुनरागमन।
43313 द्विरागमन ना. ३. दुलान फर्काउने काम।
43314 द्विरुक्त वि. १. दोहोऱ्याएर भनिएको; दुई चोटि भनिएको।
43315 द्विरुक्त वि. २. दुई प्रकारले उल्लेख गरिएको। ना.
43316 द्विरुक्त वि. ३. पुनर्कथन।
43317 द्विरुक्ति ना. १. व्याकरणका अनुसार शब्द वा वर्ण दोहोरिने प्रक्रिया।
43318 द्विरुक्ति ना. २. एक चोटि भनिसकेको कुरो फेरि अर्को चोटि भन्ने काम।
43319 द्विरुक्ति ना. ३. पुनरुक्ति हुँदा पर्ने एक काव्यदोष।
43320 द्विरूढा ना. दोस्रो विवाह गर्ने आइमाई; दुईपोइले स्वास्नीमान्छे।
43321 द्विवचन ना. संस्कृत व्याकरणका अनुसार दुई सङ्ख्या बुझाउने वचन।
43322 द्विविध वि. दुई प्रकारको; दुई खालको।
43323 द्विविधा ना. दोधार; दोठ्याङ; सन्देह; धुकचुक; अरेमरे; दुविधा।
43324 द्विशिर/द्विशीर्ष वि. १. दुई शिर भएको; दुईटाउके। ना.
43325 द्विशिर/द्विशीर्ष वि. २. अग्नि।
43326 द्विशिर/द्विशीर्ष वि. ३. शत्रु; वैरी।
43327 द्विसदनात्मक वि. विधानमण्डल वा संसदीय मण्डलको दुई सदन हुने (बेलायतको कमन सभा र लर्डसभा, भारतको लोकसभा र राज्यसभा, नेपालको २०४७ सालको संविधान अनुसारको प्रतिनिधिसभा र राष्ट्रियसभा इ.)।
43328 द्विस्वर ना. एक स्वरको उच्चारण गर्दै अर्को स्वरको उच्चारणमा लागिने हुनाले दुवै स्वरको संयुक्त रूपमा उच्चारण गरिने स्वर; संयुक्त स्वर।
43329 द्वीप ना. १. चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु।
43330 द्वीप ना. २. पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बु, प्लक्ष, कुश,शाल्मली, क्रौञ्च, शाक र पुष्कर)।
43331 द्वीपी वि. १. द्वीपसम्बन्धी; द्वीपको।
43332 द्वीपी वि. २. द्वीप वा टापुमा गएर बस्ने। ना.
43333 द्वीपी वि. ३. बाघ।
43334 द्वीपी वि. ४. चितुवा।
43335 द्वेष ना. १. मन नपरेको व्यक्तिको अहित चिताउने मानसिक प्रवृत्ति; डाह; ईर्ष्या।
43336 द्वेष ना. २. दुस्मनी; शत्रुता;इबी।
43337 द्वेषण ना. १. द्वेष गर्ने काम; डाहा गर्ने क्रिया।
43338 द्वेषण ना. २. घृणा; निन्दा।
43339 द्वेषण ना. ३. शत्रु; दुस्मन।
43340 द्वेषी वि. १. द्वेष गर्ने; डाहा गर्ने। ना.
43341 द्वेषी वि. २. शत्रु; दुस्मन; वैरी।
43342 द्वेष्य वि. १. द्वेष गर्न उचित; डाहा गर्न सुहाउँदो। ना.
43343 द्वेष्य वि. २. द्वेषको पात्र; वैरी; शत्रु।
43344 द्वैगुणिक वि. दुई गुना ब्याज लिने वा खाने; डबल ब्याज असुल गर्ने (साहु-महाजन)।
43345 द्वैत ना. १. दुइटा हुनाको भाव वा अवस्था।
43346 द्वैत ना. २. जोडा; युगल।
43347 द्वैत ना. ३. आफ्नो र अरूको भिन्नता राख्ने भाव; भेदभाव, पक्षपात।
43348 द्वैतवाद ना. आत्मा र परमात्मा अथवा जीव र ईश्वरलाई भिन्नभिन्न तत्त्व मानिने एक दार्शनिक सिद्धान्त; अद्वैतवादको उल्टा वा त्यसको विरोधी मत वा सिद्धान्त।
43349 द्वैतवादी वि. द्वैतवादको समर्थक वा अनुयायी।
43350 द्वैध ना. १. दुई प्रकारको हुनाको भाव वा अवस्था। २ अन्तर;भिन्नता।