Dictionary

All Word

42951 दोहऱ्याइनु क.क्रि. दोहोरो पारिनु।
42952 दोहऱ्याउनु प्रे. क्रि. दोहोरो पार्नु; दोहरो पार्न लगाउनु।
42953 दोहऱ्याहा वि. दोहरिने खालको।
42954 दोहल ना. १. कुनै वस्तु वा विषयप्रतिको उत्सुकता; इच्छा; कामना।
42955 दोहल ना. २. गर्भिणी आइमाईलाई लाग्ने तलतल; दोहद।
42956 दोहलवती ना. दोहदवती।
42957 दोहलो ना. हे. दोहोलो।
42958 दोहा ना. पहिला र दोस्रा चरणमा तेह्रतेह्र मात्रा अनि दोस्रा र चौथा पाउमा एघारएघार मात्रा हुने एक प्रसिद्ध छन्द।
42959 दोहोरिनु अ.क्रि. एक चोटि गरिसकिएको वा भइसकेको काम फेरि हुनु; डबलिनु।
42960 दोहोरी ना. १. अड्डामा हाल साबिक हुँदा अकर्ण वासलातमा लेखिएको नगदी, जिन्सी आदि धेरै भएर बुझाउन नभ्याएका खण्डमा बुझ्नबुझाउन नसकुन्जेलका लागि रोजरोजै बुझाएको वा बुझेको हो भनी साबिकवालाले हालवालालाई र हालवालाले साबिकवालालाई सहीछाप गरी दिने लिखत कागत; दोहोरो।
42961 दोहोरी ना. २. साहुलाई गरिदिएका लिखतको साहु तथा आसामी दुवै थरीले लिने एक-एक प्रति सक्कल कागत।
42962 दोहोरी ना. ३. बिहामा जन्ती पर्छेपछि र दुलही अन्माउनुअघि जन्तीलाई खुवाइने भोजन।
42963 दोहोरी ना. ४. दुलाहा वा दुलही कुनै एक पक्षले दुवै पक्षमा लगाउने खर्च।
42964 दोहोरी ना. ५. दुई जना परस्पर मुख हुने गरी उभिएर पालैपालो मच्चाउँदै खेलिने पिङको खेल।
42965 दोहोरी ना. ६. केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत; जुहारी; दोहरी। वि.
42966 दोहोरी ना. ७. दुवैतिरको; दुवैतिर हुने।
42967 दोहोरीलता ना. दुवैतिरबाट आउने - जाने पङ्क्ति; जाने - आउनेहरूको ताँती वा लर्को।
42968 दोहोरे ना. १. दुई जना परस्पर मुख पर्ने गरी उभिएर पालैपालोसँग मच्चाउँदै खेल्ने पिङको खेल।
42969 दोहोरे ना. २. केटा र केटी मिलेर सवालजवाफका रूपमा गाइने गीत; दोहोरी। वि.
42970 दोहोरे ना. ३. दोहोरो परेको; दोहरो हुने।
42971 दोहोरो वि. १. दुई पटक भएको; डब्लिएको; दुगुना।
42972 दोहोरो वि. २. दुईसरो; दोबरी।
42973 दोहोरो आङको ना. छाती फुकेको; दुई फग्ल्याँटाजस्तो देखिनेसम्मको चौडा आङ भएको। (उदा.- त्यो दोहरो आङको निकै राम्रो छ।)
42974 दोहोरो कर ना. एउटै वस्तु वा सामानमा कुनै कारणले गर्दा दुई चोटि लागेको कर; डबल दस्तुर।
42975 दोहोऱ्याइ ना. दोहोरिने क्रिया वा प्रक्रिया।
42976 दोहोऱ्याइनु क.क्रि. दोहोरो हुने पारिनु।
42977 दोहोऱ्याउनु प्र.क्रि. दोहोरो पार्नु; दोहोरो हुन लगाउनु।
42978 दोहोऱ्याहा वि. दोहोरिने खालको वा स्वभावको।
42979 दोहोलो ना. १. कुनै काम फेरि गर्नका निम्ति भय, त्रास आदिले गर्दा पटक्कै नचाहने स्थिति; तालाबाला; तोबा; दोहलो।
42980 दोहोलो ना. २. कुनै कार्यदेखि पूरै चेत्ने काम; हायलकायल; चेतबाबा काशी।
42981 दोहोलो ना. ३. केटाकेटीलाई तालु, नाइटो आदिमा औषधी वा फुकेर मन्त्रिएको वस्तु दलिदिँदै भनिने शब्द। (उदा.- नानीलाई दोहोलो, दोहोलो !)
42982 दोह्य वि. दुहूँदुहुँ परेको; दुहुन लायक।
42983 दौँतर ना. समान वा बराबरी उमेर; समवयस्क व्यक्ति; दामल; दाँवल।
42984 दौँतरी ना. १. बराबर उमेर भएका साथी; उमेर मिल्दा दौँतर। वि.
42985 दौँतरी ना. २. एकै उमेरका; एकै दाँवलका।
42986 दौडनु अ.क्रि. १. वेगले हिँड्नु; कुद्नु; दगुर्नु।
42987 दौडनु अ.क्रि. २. सुइँकुच्चा ठोक्नु; भाग्नु।
42988 दौड ना. १. तागत भएसम्म छोटा वा लामा फड्का मारेर हिँडाइको गति बढाउने काम; कुदाइ।
42989 दौड ना. २. मनमा तीव्र गतिले भइरहने तर्कवितर्क; मनका इच्छाको वेग।
42990 दौड ना. ३. कुनै कुराको उद्देश्य वा तकाइ।
42991 दौडधुप ना. १. कुनै काम पूरा गर्नाका निम्ति चारैतिर लागेर चाँडोचाँडो प्रयत्न गर्ने काम।
42992 दौडधुप ना. २. हतारहतारमा चारैतिर भौँतारिने काम; भ्रमण।
42993 दौडाइ ना. १. दौडने भाव, क्रिया वा प्रक्रिया। [दौडाउ+आइ]
42994 दौडाइ ना. २. ना. दौडाउने भाव, क्रिया वा प्रक्रिया।
42995 दौडाइनु क.क्रि. दौडन लाइनु।
42996 दौडाउनु प्रे. क्रि. १. छिटो चालले हिँडाउनु; कुदाउनु।
42997 दौडाउनु प्रे. क्रि. २. सुइँकुच्चा ठोक्न लाउनु; भगाउनु। स.क्रि.
42998 दौडाउनु प्रे. क्रि. ३. चोरी गर्नु; चोर्नु।
42999 दौडाउनु प्रे. क्रि. ४. बिनाकाममा लरखर पार्नु।
43000 दौडाउनु प्रे. क्रि. ५. कुनै काममा चाँडो हिँड्ने मानिस पठाउनु।