Dictionary

All Word

51501 पत्तातोड / पत्तातोल ना. २. सुइँकुच्चा।
51502 पत्तातोड / पत्तातोल ना. ३. भगाइ, पलायन।
51503 पत्ताल ना. हे. पाताल।
51504 पत्ति ना. पैदल हिँड्ने यात्री, पदयात्री।
51505 पत्ति ना. २. पैदल हिँड्ने सिपाही; पदाति।
51506 पत्ति ना. ३. योद्धा वीर।
51507 पत्ति ना. ४. एक रथ, एक हात्ती, तीन घोडा र पाँच पैदल हुने, सेनाको सबभन्दा सानो विभाग पट्टी।
51508 पतिधर्म ना. पतिप्रति गर्नुपर्ने स्त्रीको कर्तव्य।
51509 स्त्रीप्रति पत्ती ना. कागज, कपडा आदिको टुक्रा, पत्र।
51510 स्त्रीप्रति पत्ती ना. पुरुष वा पतिले गर्नुपर्ने कर्तव्य।
51511 पतिना ना. बाबरी झार, पुदिना, पदिना।
51512 पतिया ना. नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आफ्ना जातमा मिल्नका निम्ति धर्माधिकारीका निर्देशन अनुसार गर्ने गरेको शुद्धि, प्रायश्चित्।
51513 पतिया पुर्जी ना. जातबाट पतित भएका मानिसलाई आफ्ना जातमा मिल्नका निम्ति सरकारी अड्डाबाट दिइने पुर्जी।
51514 पतिवती वि. पति जिउँदै भएकी, सधवा सौभाग्यवती (स्त्री)।
51515 पतिव्रत ना. पतिको निरन्तर सेवा-शुश्रूषा गरिने व्रत, पातिव्रत्य पतिप्रतिको अनन्य भक्ति र प्रेम।
51516 पतिव्रता ना. पतिव्रत लिएकी स्त्री; सती।
51517 पती ना. इज्जत, आबरु, हुर्म।
51518 पतुर्नु अ.क्रि. धामीझाँक्रीले चिन्ता बस्ता सम्बन्धित देवतालाई आङमा चढाएर काँप्नु।
51519 पतुर्नु अ.क्रि. २. त्यसरी काँप्ते बक्नु।
51520 पतुराइ ना. पतुर्ने भाव, क्रिया वा प्रक्रिया।
51521 पतुरिनु अ. क्र. पतुर्ने होइन।
51522 पतेरो ना. बोटबिरुवाका पातमा लाग्ने वा बस्ने पातैका रङको किरो, पधेरो।
51523 पतेरो ना. २. सानो पा।
51524 पतेरो ना. ३. फूलको पत्ता वा दल।
51525 पतेरो ना. ४ तास, गन्जिफा आदिको चक्की।
51526 पतेरो ना. ५. दाह्री काट्ने दुवै किनारामा धार भएको पातलो साधन ब्लेड।
51527 पत्तु ना. रुपियाँ पैसा, सिक्का (तुच्छार्थमा)।
51528 पत्तेरो वि. पत्यारिलो विश्वासिलो।
51529 पत्तो ना. पत्ता पता।
51530 पत्त्याइ ना. पात्तिने भाव,।
51531 पत्त्याहट ना. पत्याइ मत्याइ।
51532 पत्त्याहट ना. क्रिया वा प्रक्रिया।
51533 पत्थर ना. ढुङ्गो, शिला, पाषाण।
51534 पत्थर ना. २. हीरा, यूँ, पन्ना आदि रत्न।
51535 पत्थर ना. ३. पित्ते थैली वा मूत्राशयमा जम्ने ढुङ्गा जस्तै सो वस्तु पत्थरी।
51536 पत्थर ना. वि. ४. कडा हृदयको।
51537 पत्थरकला/काला ना. पुराना समयको एक प्रकारको बन्दुक, पकल।
51538 पत्थरकला/काला ना. २. चकमक र पत्थर घोटेर आगो निकाली बारुद सल्काएर पड्काउनुपर्ने सोही बन्दुक।
51539 पत्थर कुङ्कुम ना. नदी, खोला आदिका किनारामा रहेका ढुङ्गाका अन्तरमा उम्रने बास्ना आउने, एक प्रकारको बुटी, शैलेय।
51540 पत्थर कोइला ना. प्राङ्गारयुगमा सृष्टि भएको ढुङ्गा वा पत्थरजस्तो प्राङ्गारिक इन्धन, बाल्ने काममा आउने एक प्रकारको खनिज पदार्।
51541 पत्थरिलो वि. पत्थरैपत्थर भएको, चारैतिर वा जमिनमुनि समेत ढुङ्गैढुङ्गा भएको, पग्रेन, ढुङ्गेलो; ढुङ्ग्याने।
51542 पत्थरी ना. ढुङ्गाका भाँडाकुँडा, थाल, रिकापी, कटौरा आदि।
51543 पत्थरी ना. २. खास गरी मृगौला वा पित्तथैलीमा पत्थर जस्तै साहो बनी वेदना बढाउने एक खालको रोग।
51544 पत्थरी ना. ३. उक्त रोगद्वारा जमेको पत्थर।
51545 पत्नी ना. विधिपूर्वक विवाह गरेर ल्याइएकी स्त्री; विवाहिता स्त्री स्वास्नी, भार्या।
51546 पत्नीव्रत ना. विवाहिता स्त्रीबाहेक अरू स्त्रीहरूका साथ सहवास नगर्ने व्रत स्वनाव्र।
51547 पत्याइ ना. पत्याउने भाव, क्रिया वा प्रक्रिया।
51548 पत्याइनु क.क्रि पत्यार गरिनु, पत्याउने काम गरिनु।
51549 पत्याउनु स.क्रि. कसैको भनाइ वा कुरामा विश्वास मान्नु, पत्यार गर्नु, भरोसा गर्नु।
51550 पत्याउनु स.क्रि. २. अरूले भनेको कुरा साँचो सम्झनु हो भन्ने निश्चय गर्नु।