Dictionary

All Word

51551 पत्यान ना. धेरै पात वा पाती भएको ठाउँ, पातीघारी।
51552 पत्यार ना. कसैका भनाइमा वा कुनै विषयमा सत्यप्रतीति; विश्वास।
51553 पत्यार ना. २. भरोसा आड।
51554 पत्यार ना. ३. निश्चय पक्कापक्की।
51555 पत्यारपत्र ना. व्यक्तिको चिनारी गराउने वा विश्वास दिलाउने पत्र, परिचयपत्र।
51556 पत्यारवाला वि. माथवर, पत्यारिलो।
51557 पत्यारिलो वि. पत्यारलाग्दो विश्वासिलो।
51558 पत्र ना. बोटबिरुवाका पात, पत्ती दल।
51559 पत्र ना. २. चिठी।
51560 पत्र ना. ३. काग।
51561 पत्र ना. ४. कुनै विषयको प्रामाणिक लेख लेखिएको कागत, धातु, शिला आदिको पातो ( दानपत्र, ताम्रपत्र, शिलापत्र आदि ) ५. समाचार आदि छापिएको कागज, अखबार।
51562 पत्र ना. ६. पुस्तक, कापी आदिको पातो; पाना।
51563 पत्र ना. ७. बाणका मोठमा लगाइने प्वाँख।
51564 पत्र ना. ८. एकमाथि अर्को हुँदै रहेको वा राखिएको तह, खा।
51565 पत्र ना. ५. फूलका पत्ती वा दल।
51566 पत्रकार ना. समाचार, लेख रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति; पत्र-पत्रिकाको काम गर्ने व्यक्ति।
51567 पत्रकार सङ्घ ना. पत्रकारहरूमध्येबाट निश्चित व्यक्तिहरू छानिएर बसेको सङ्गठन वा समिति।
51568 पत्रकारिता ना. पत्रकारले गर्ने काम, पत्रपत्रिकासम्बन्धी धन्दा वा क्रियाकलाप।
51569 पत्रकारिता ना. २. पत्रकारहरूको काम, कर्तव्य, उद्देश्य आदिको विवेचन हुने विद्या।
51570 पत्रपुट ना. पात गाँसेर बनाइएको खोची, दुनु, सोली।
51571 पत्रपुष्प ना. सत्कार गर्दाको वा पूजा गर्दाको सामान्य सामग्री।
51572 पत्रपुष्प ना. २. रातो तुलसी।
51573 पत्रपुष्प ना. ३. पात र फूलको समूह।
51574 पत्रपेटिका ना. हुलाकमा पठाइने चिठीपत्र, पोस्टकार्ड आदि खसाल्ने बाकस, पत्रमञ्जूषा।
51575 पत्रपेटिका ना. २. बाहिरबाट आएका चिठी, पत्रपत्रिका आदि छोड्नका निमित्त कार्यालय वा घरका भित्तामा ठोकिएको वा टाँसिएको सानो पेटी।
51576 पत्र प्रतिनिधि ना. हप्तामा एक पटक वा सोभन्दा बढी प्रकाशित हुने समाचारपत्रका प्रतिनिधि वा संवादसमितिको प्रतिनिधि।
51577 पत्रभङ्ग ना. युवतीहरूका गाला, छाती, हातहरूमा चन्दन, कस्तूरी आदिद्वारा बनाइने पात, लहरा, फूल आदिको रचना।
51578 पत्रमञ्जूषा ना. हुलाकद्वारा अन्यत्र पठाउनका निम्ति ठाउँ-ठाउँमा राखिएको चिठीपत्र खसाल्ने पेटिका; पत्रपेटिका।
51579 पत्रमित्र ना. अर्कोबाट टाढा हुनाले साक्षात्कार नभए तापनि पत्रव्यवहारद्वारा मित्र हुन इच्छुक वा मित्र भएका व्यक्ति।
51580 पत्रमुद्रा ना. एक, पाँच, दश, सय आदि रुपियाँका रूपमा चलाइने (ब्याकका मातहतबाट छापी जारी गरिएको) कागज आदिको मुद्रा कागजी मुद्रा नोट वा विनासर्त रुपियाँ दिनेबारेको प्रमाणित लेखोट (प्रमिसरी नोट)।
51581 पत्रम्पुष्पम् ना. मान्य जनलाई श्रद्धापूर्वक दिइने वस्तु, साधारण उपहार (विनयार्थमा)।
51582 पत्रम्पुष्पम् ना. २. कसैलाई कुनै काम गरेबापत वा कसैको मन राख्नका निम्ति दिइने थोरबहुत पारिश्रमिक।
51583 पत्ररचना ना. हे. पत्रभङ्ग।
51584 पत्ररचना ना. २. चिठी आदि लेख्ने क्रिया।
51585 पत्रवल्लरी ना. हे. पत्रभङ्ग।
51586 पत्रवाचन ना. चिठीपत्र पढ्ने काम।
51587 पत्रवाचन ना. २. समाचारपत्र आदि पढ्ने काम।
51588 पत्रवाहक ना. पत्र वा चिठी पुऱ्याउने व्यक्ति, कसैले कसैलाई पठाएको चिठी सम्बन्धित व्यक्तिकहाँ लगिदिने व्यक्ति।
51589 पत्रवाहक ना. २. पत्र वा प्वाँख भएको जीव, पक्षी 3 प्वाँख जडान गरिएको हतियार; बाण।
51590 पत्रवितरक ना. बाहिरबाट आएका चिठीपत्र सम्बन्धित व्यक्तिका हातमा पुऱ्याउने हुलाकको कर्मचारी, हलकारा, हुलाकी पिउन पत्रवियोजक- ना. हुलाकमा जम्मा भएका विभिन्न क्षेत्र वा ठाउँमा पठाइएका चिठीपत्रहरूलाई क्षेत्र, अञ्चल, जिल्ला, गाउँ आदिका आधारमा भिन्नभिन्न वर्गमा छुट्ट्याउने हुलाक वा डाँ कर्मचारी (सर्टिङ क्लर्क)।
51591 पत्र व्यवहार ना. परस्परमा चिठीपत्र आदिको आदान-प्रदान गर्ने काम; चिठी लेखालेख गर्ने क्रिया।
51592 पत्रशिरा ना. बोटबिरुवाहरूका पातको नसो।
51593 पत्रसङ्ख्या ना. पत्रको शिरभागमा लेखिने सिलसिलेवार सङ्केत नम्बर प. सं.।
51594 पत्रसञ्चार ना. एक ठाउँबाट अर्का ठाउँमा चिठीपत्र, खबरकागज आदि ओसारपसार गर्ने काम।
51595 पत्रसञ्चार ना. पत्राङ्ग- ना. रातो चन्दन, रक्तचन्दन।
51596 पत्रसञ्चार ना. २. भोजपत्र, भूर्जपत्र।
51597 पत्रसञ्चार ना. ३. उड्ने पुतली वा किरोविशेष।
51598 पत्राचार ना. पत्रव्यवहार।
51599 पत्रात्मक वि. कथाभित्रका पात्रहरूले एक अर्कामा गरेका पत्रव्यवहारद्वारा घटनाबोध गराइएको।
51600 पत्रात्मक वि. २. चिठी लेखिएझैं शैलीमा लेखिएको।