Dictionary

All Word

51701 पदबन्ध ना. पद वा शब्दहरूको समूह हे. पदावली।
51702 पदबिरी ना. पाँचदेखि पन्ध्र सेन्टिमिटरसम्म लामा र डल्लादेखि भालाकारसम्म पात हुने; बैजनी वा गुलाफी भावका फूल फुल्ने र अण्डाकार राता वा काला फल फल्ने एक जातको लहरो।
51703 पदबिरी ना. (आयुर्वेदमा यसका पातलाई पौष्टिक बताइएको छ।)।
51704 पदभेद- ना. कमलको फूल, पद्म।
51705 पदभेद- ना. २. आरती - स्याउँलीमा टपरीमा पिठो गिलो पारेर बनाइने कमलको बुट्टा।
51706 पदम ना. नाम, सर्वनाम आदि पदका विभिन्न प्रकार शब्दभेद, पदकोटि।
51707 पदमचाल/चाल्नु ना. कर्कलाका आकारका ठुला पात, खैरा फल, हरियोमा खैरा र पहेँला टीका परेका फूल र पहेँलो ठुलो कन्द हुने, लेकाली जङ्गलमा पाइने एक बुटी, पद्मचारिणी।
51708 पदमचाल/चाल्नु ना. २. आयुर्वेदमा अजीर्ण, अतिसार तथा अरुचि नाश गर्ने र हलुको जुलाफ हुने गुण बताइएको त्यसैको अमिलो र ठुलो कन्द।
51709 पदमपुष्कर ना. तेहदेखि तिस सेन्टिमिटर अग्लो, लामा - लामा दाँती परेका पात हुने, पहेँलो फूल फुल्ने, डल्ला र लामा फल फल्ने, हिमाली प्रदेशमा हुने एक जातको बुटी।
51710 पदमपुष्कर ना. (आयुर्वेदमा यसको जरो पित्तनाशक र पिसाबसम्बन्धी रोगमा हितकारी बताइएको छ। )।
51711 पदमिलान ना. वाक्यमा उल्टोपाल्टो परेर रहेका पदहरूलाई ठिक-ठिक ठाउँमा मिलाउने काम, पदन्यास।
51712 पदमिलान प्रश्न ना. कुनै वाक्य वा गद्यांशका पदहरूलाई उल्टोपाल्टो पारेर विद्यार्थीहरूलाई वाक्यमा पदविन्याससम्बन्धी ज्ञान भए नभएको जाँच्नका निम्ति बनाइने प्रश्न।
51713 पदमुक्त वि. आफ्नो पद वा स्थान छाडेको वा त्यसबाट हटेको (व्यक्ति)।
51714 पदमुक्ति ना. कुनै पद वा दर्जाबाट छुटाउने काम, नोकरी खोसिने क्रिया, बर्खास्तगी, खोसुवा।
51715 पदमैत्री ना. विषयअनुसारका पदहरूको कुनै लेख वा छन्दमा गरिने योजना; पदविन्यास।
51716 पदमैत्री ना. २. वाक्य वा छन्दका आदि, मध्य र अन्तमा चमत्कारपूर्ण पदहरूको योजना गर्ने काम अनुप्रास।
51717 पदमोचन ना. कुनै पद वा कर्तव्यबाट छुटकारा पाउने काम, पद छाड्ने वा छोडाउने क्रिया; खोसुवा वा राजीनामा।
51718 पदयोजना ना. कुनै लेख वा कवितामा विषयअनुसार भाववाही गुण भएका शब्दहरू राख्ने काम।
51719 पदयोजना ना. २. गद्य-रचनामा व्याकरणका नियमअनुसार पदहरूको संयोजन गर्ने काम, पदन्यास।
51720 पदलोलुप वि. दर्जा वा पद पाउनका निम्ति अत्यन्त लोभ गर्ने, पदको लोभी, ओहदामुखी।
51721 पदलोलुपता ना. पदलोलुप हुनाको भाव, क्रिया वा स्थिति।
51722 पदवि ना. हे. पदवी, दर्जा।
51723 पदविच्छेद ना. समास वा सन्धि भएका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम।
51724 पदविराम ना. गद्य वा पद्यसम्बन्धी वाक्य स्पष्ट गराउन खास- खास ठाउँमा हुने विराम वा यति।
51725 पदविराम चिह्न ना. पद, वाक्यांश वा चरणका अन्तमा विश्राम गरिने कुरा बुझाउन प्रयोग गरिने चिह्न, कमा (, ); अल्पविराम (G)।
51726 पदवी ना. कुनै व्यक्तिलाई योग्यताअनुसार सरकार वा अन्य कुनै संस्थाबाट दिइने उच्च पद वा सम्मानित उपाधि।
51727 पदवी ना. २. प्रतिष्ठासूचक पद, दर्जा, ओहदा।
51728 पदव्याख्या ना. कुनै पद वा शब्दको भेद, वचन, लिड्ग, पुरुष र वाक्यमा त्यसको अन्य शब्दका साथमा रहेको सम्बन्ध देखाउने काम।
51729 पद शिक्षार्थी ना. नोकरी पाउने आशाले कम तलब वा विनातलबमा काम सिक्ने व्यक्ति सिकारु उम्मेदवार (अप्रेन्टिस )।
51730 पदसङ्गति ना. वाक्यमा व्याकरणका नियमअनुसार लिङ्ग, वचन र पुरुषसम्बन्धी पदहरू मिलाएर राख्ने काम।
51731 पदसङ्घात ना. संहितामा छुट्टिएका पदहरू मिलाउने काम।
51732 पदसङ्घात ना. २. टीका, व्याख्या।
51733 पदसूचक वि. पद जनाउने, पदको बोध गराउने।
51734 पदसूचक चिह्न ना. राजा, मन्त्री प्रमुख कर्मचारी वा र अरू सरकारी अधिकारीका पदको ज्ञान गराउने विशेष चिह्न (श्रीपेच, झन्डा, पट्टा, बिल्ला, पगरी, तोडा, ब्याज आदि)।
51735 पदस्थापन ना. लिखित परीक्षा तथा अन्तर्वार्तामा उत्तीर्ण भई कुनै पदमा छानिएका उम्मेदवारहरूलाई कुनै निश्चित ठाउँमा काम गर्ने गरी बहाली गर्ने कार्य ( पोस्टिङ)।
51736 पदस्थापन ना. २. पदको स्थापना दरबन्दी।
51737 पदाइ ना. पाने क्रिया वा प्रक्रिया।
51738 पदाइनु क.क्रि. पादन लगाइनु पादने पारिनु।
51739 पदाइनु क.क्रि. २. हाराबारा खेलाइनु।
51740 पदाउनु प्रे. क्रि. पान लगाउनु, पाद्ने पार्नु।
51741 पदाउनु प्रे. क्रि. स.क्रि. २. आच्छु आच्छु खेलाउनु, मुस्किल पार्नु।
51742 पदाउनु प्रे. क्रि. ३ सास्ती दिनु, कष्ट दिनु।
51743 पदाउनु प्रे. क्रि. ४. डन्डीबियोका खेलमा जित्नेले हार्नेलाई 'बजी' भन्दै दौडाउनु, खेद्नु।
51744 पदाक्रान्त वि. गोडाले कुल्चिएको, खुट्टाले थिचिएको, पाउले खुदेको; पददलि।
51745 पदाघात ना. लात्तीले हान्ने काम, पदप्रहार, लात्तीले भकुर्ने काम; लत्याइ।
51746 पदाति ना. पैदल हिँड्ने सिपाही, पैदल सैनिक, पत्ति।
51747 पदाधिकार ना. कुनै पदमा रहेका अधिकारीले प्रयोग गर्न पाउने अधिकार अधिकारीमा निहित अधिकार।
51748 पदाधिकारी वि कुनै पदमा रहेर वा नियुक्त भएर अधिकारपूर्वक काम गर्ने अधिकारी, ओहदादार।
51749 पदान्त ना. पदको अन्तिम भाग।
51750 पदान्त ना. २. कुनै श्लोक वाद्यका चरणको अन्तिम भाग।