Dictionary

All Word

51851 पधुरो वि. पदुवा, पहू।
51852 पधुरो वि. ',।
51853 पधेरो ना. पातमा लाग्ने, पटपट शब्द निकाल्ने र ठस्स गनाउने एक जातको दुर्गन्धी किरो, पतेरो।
51854 पधेरो ना. २. कुवा, पँधेरो।
51855 पधौरे वि. पदुवा, पदौरे।
51856 पन प्रत्य. भाववाचक नामशब्द बनाउनका निम्ति गुणवाचक वा जातिवाचक शब्दका पछाडि गाँसिने एक प्रत्यय पना।
51857 पन प्रत्य. (जस्तै- राम्रोपन, बुढोपन, भेडोपन इ.)।
51858 पन ना. पक्षपात; पनपच्छे।
51859 पनडुब्बा ना. पानीभित्र लुकेर रहने र कुनै मानिस पानीका छेउछाउमा गएमा तानेर डुबाउँछ भनी लोकले पत्याएको एक प्रकारको पानीभू।
51860 पनडुब्बी ना. पानीभित्रभित्रै चल्ने एक प्रकारको जहान, सवमेरिन।
51861 पनपक्ष ना. विवेक वा न्यायको विचार नगरी कसैको पक्ष लिने काम, ओड, पनपच्छे पक्षपा।
51862 पनपक्षी वि. पनपक्ष गर्ने; पक्षपाती।
51863 पनपच्छे ना. पक्षपात, पनपक्ष।
51864 पनबिजुली ना. जलप्रवाहको वैज्ञानिक ढङ्गले गरिएको प्रयोगबाट उत्पन्न हुने विद्युत्शक्ति वा बिजुली।
51865 पना प्रत्य पन ( रातोपना; जिउँदोपना इ.)।
51866 पना प्रत्य ना. २. विशेषता, गुण, बाना।
51867 पनाति ना. नाति वा नातिनीको छोरो, छोरा वा छोरीको नाति।
51868 पनातिनी ना. नाति वा नातिनीकी छोरी, छोरा वा छोरीकी नातिनी।
51869 पनातिने वि. पनाति वा पनातिनीसित सम्बन्ध भएको।
51870 पनातिने जुवाइँ / ज्वाइँ ना. पनातिनीको लोग्ने वा पति।
51871 पनातिने बुहारी ना. पनातिकी स्वास्नी वा पत्नी।
51872 पाली ना. पानी बग्ने नल, कुलो, ढल।
51873 पनालो ना. ठुलो आकारको पनाली।
51874 पनि क्रि.वि. समेत सहित लगाय।
51875 पनिउँ ना. समात्नेतिर डोलो वा चेप्टो भएको अनि अगाडिपट्टि चेप्टो र फराकिलो रहेको, भात आदि चलाउने वा पस्कने दाबिलोजस्तो साधन, पन्युं।
51876 पनिर ना. दुध फटाएको छोक्रा; छेना।
51877 पनिर ना. २. पानी निचोरिएको दही।
51878 पनेर ना. लाम्चा र ठुला पात, पहेँलो फूल र गोला फल फल्ने सानो एक जातको काँडादार बोट।
51879 पनेर ना. २. त्यसैको फल।
51880 पनेरु ना. दाँती परेका पात हुने आलुबखडाजत्रो एक जातको निलो फल।
51881 पनेरू ना. ब्राह्मण जातिको एक थर।
51882 पनेरो ना. हे. पँधेरो।
51883 पनेरो ना. पँधेरो कुवा।
51884 पनेर्नी ना. पनेरामा पानी लिन जाने आइमाई, पँधेर्नी।
51885 पनेला ना. गाढा कालो र टल्कने एक जातको कपडा, फलाटिन।
51886 पनेलो वि. हे पन्यालो; तरल।
51887 पनौती ना. बाह्रबर्से मेला लाग्ने काभ्रे जिल्लाको एक ठाउँ।
51888 पनौतो ना. सधैं पानी लागिरहने, पानी पुग्ने (जग्गा)।
51889 पनौनी ना. हराएको वस्तु भेट्टाएबापत दिइने इनाम।
51890 पन्च ना. छाला, कागज आदिमा सानो बाटुलो प्वाल पार्ने साधन वा सामान।
51891 पन्चट/पन्चर ना. भकुन्डो, मोटर साइकल आदिमा हावा भरिएको ठाउँमा प्वाल परी हावा छिर्ने कार्य, रबर आदिको ट्युबबाट प्वाल पर्दा हुने, भरिराखेको हावाको उम्काइ।
51892 पन्चट/पन्चर ना. वि. २. त्यसरी हावा बाहिरिन गई बेकम्मा भएको।
51893 पन्चट/पन्चर ना. ३. रद्दी, थोत्रो।
51894 पन्चान्नब्बे ना. पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या।
51895 पन्चान्नब्बे ना. वि. २. नब्बे र पाँचका योगको।
51896 पन्चान्नब्बे / पन्चानब्बेयौं ना. गणनाका क्रमले पन्चान्नब्बे सङ्ख्यामा पर्ने; पन्चान्नब्बे सङ्ख्याको।
51897 पन्चाली ना. हे. पञ्चवलि।
51898 पन्चे वि. दुनोटमा पाँच दोबर, पाँच गुना।
51899 पन्चे वि. ना. २. पञ्चलाई गाली गर्ने शब्द।
51900 पन्चेन लामा ना. तिब्बतको तासीलुम्पो नाउँ भएका गुम्बाका प्रधान धर्मगुरु, तासीलामा।