Dictionary

All Word

52001 परक्षेत्र ना. पराईको वा अर्काको शरीर।
52002 परक्षेत्र ना. २. अर्काको जग्गाजमिन।
52003 परक्षेत्र ना. ३. अर्काकी स्वास्नी; परस्त्री।
52004 परख ना. कुनै वस्तुमा रहेको गुणदोष, राम्रो नराम्रो आदि हेर्ने, जाँच्ने वा पर्गेल्ने काम परीक्षा, पारख।
52005 परखिया ना. सातसाले क्रान्तिपूर्व तराईका मालअड्डाको नौसिन्दाभन्दा तलको अनि लेखनदासभन्दा माथिको कर्मचारी।
52006 परगन्ना ना. प्रशासकीय दृष्टिले धेरै मौजा मिलाएर बनेको इलाका; भूमिप्रशासन लागु हुनुभन्दा पहिले तराईका मौजे, तप्पालाई दिइएको संज्ञा, प्रगन्ना।
52007 परगेल्नु स.क्रि. मिसिएको वा छासमिस भएका धेरै वस्तुको समूहबाट प्रत्येक वस्तु अलग-अलग छुट्ट्याउनु छान्नु।
52008 परगेल्नु स.क्रि. २. केलाउनु, अनावश्यक वस्तुलाई फ्याँक्ने र आवश्यक वस्तुलाई राख्ने काम गर्नु।
52009 परगेल्नु स.क्रि. ३. नाउँ काढेर बोलाउनु, नाउँ किट्नु।
52010 परगेलाइ ना. परगेल्ने क्रिया वा प्रक्रिया।
52011 परगेलाइनु क.क्रि . परगेल्न लाइनु।
52012 परगेलाउनु प्रे. क्रि. परगेल्न लाउनु।
52013 परगेलाहट ना. परगेल्ने स्थिति, क्रिया वा प्रक्रिया।
52014 परगेलिनु क.क्रि परगेल्ने काम गरिनु।
52015 परचक्र ना. शत्रुको राष्ट्र वा सेना।
52016 परचक्र ना. २. शत्रुको आक्रमण।
52017 परचक्र ना. ३. शत्रुको कूटनैतिक चाल।
52018 परचक्री वि. अर्को, पराई।
52019 परचक्री वि. ना. २. आफन्तदेखि अतिरिक्त व्यक्ति पराई मानिस।
52020 परच्छन्द वि. अर्काका अधीनमा रहेको; पराधीन; परतन्त्र।
52021 परच्छन्दानुवर्ती वि. अर्काका इच्छाअनुसार काम गर्ने, इसारामा नाच्ने; पराधीन; परमुख।
52022 परच्छन्दानुवर्ती वि. अर्काको अन्यज।
52023 परच्छन्दानुवर्ती वि. कोइली।
52024 परजात वि. अर्काबाट उत्पन्न भएको, २. अर्कोद्वारा पालिएको।
52025 परजात वि. ना ३. नोकर, कमारो।
52026 परजात वि. ४. ५. झड्केलो सन्तान; क्षेत्रज।
52027 परजीवी वि. अरूका भरमा बाँच्ने, अर्काका आश्रयमा रहेको।
52028 परजीवी वि. २. आफ्नो स्वतन्त्र जरा नहुने (आकाशबेली) र भए पनि अरू वृक्षको बोक्राबाट रस चुसी बाँच्ने ( सुनाखरी आदि वनस्पति)।
52029 परजीवी कीटाणु ना. अन्य प्राणीको शरीरको रगत आदि चुसेर बाँच्ने जुम्रा, चमजुम्रा, जुका, किर्ना आदिजस्ता कीटाणु।
52030 परञ्च अव्य. अरू पनि फेरि पनि अझ पनि।
52031 परञ्च अव्य. २. तर पनि तापनि।
52032 परञ्जय वि. शत्रुलाई जित्ने, शत्रुलाई हराउने।
52033 परञ्जय वि. ना. २. वरुण।
52034 परत क्रि.वि. अर्कासितबाट, अर्काबाट, अरूबाट।
52035 परत क्रि.वि. २. शत्रुबाट।
52036 परत क्रि.वि. ३. भविष्यमा पछि।
52037 परत ना. पृथ्वीको बाहिरी खँदिलो तह भूतल।
52038 परतन्त्र वि. अर्काका अधीनमा रहेको, स्वतन्त्र हुन नपाएको, पराधीन।
52039 परतिर क्रि.वि. कथ्य पल्तिर पनि।
52040 परतिर क्रि.वि. १. वरको विपरीतपट्टि उतातिर, त्यतातिर।
52041 परतिर क्रि.वि. २. टाढा अलग्ग।
52042 परत्र क्रि.वि. अर्का ठाउँमा अन्य स्थानमा अन्यत्र।
52043 परत्र क्रि.वि. २. परलोकमा दोस्रो कल्पित लोकमा।
52044 परत्र क्रि.वि. ३ पछि भविष्यमा।
52045 परत्र क्रि.वि. ना. ४. परलोक पुनर्जन्म।
52046 परथन ना. रोटी बेल्दा लगाउने फुको पिठो।
52047 परदारा ना. अर्काकी स्त्री; पराई स्वास्नीमान्छे, परस्त्री।
52048 परदारी वि. परस्त्रीसँग गमन गर्ने, व्यभिचारी; नाठो।
52049 परदेवता ना. परमात्मा; परब्रह्म।
52050 परदेवता ना. २. विजातिको देउता।