Dictionary

All Word

52051 परदेश ना. आफ्नो देशदेखि भिन्न देश; अर्काको देश विदेश।
52052 परदेश ना. २. शत्रुको देश।
52053 परदेश ना. ३. आफू बसेका ठाउँदेखि टाढाको ठाउँ, दूर देश।
52054 परदेश सेवा पदक ना. २०२० साल पौष ११ गते संस्थापित, संयुक्त राष्ट्रसङ्घका आह्वानमा वा मित्रराष्ट्रको सहायतार्थ परदेशमा गएर सैनिक सेवा गर्ने नेपाली सैनिकलाई प्रदान गर्ने गरिएको एक राष्ट्रिय पदक।
52055 परदेशी वि. परदेशमा रहने, परदेशको।
52056 परदेशी वि. २. अर्काका देशमा रहने, विदेशमा बस्ने; विदेशी 3 प्रवासमा रहने; प्रवासी।
52057 परदेशी वि. ना. ४. परदेशबाट फर्केर आएको व्यक्ति।
52058 परद्रोह ना. अरूको रिस गर्ने काम, अर्कासँगको वैरभाव।
52059 परद्रोही वि. अरूको रिस गर्ने, अर्कासँग वैरभाव राख्ने।
52060 परधन ना. अर्काको धन, पराईको सम्पत्ति।
52061 परधर्म ना. आफूले मानिआएदेखि भिन्न धर्म, अर्काको धर्म, इतरधर्म, अन्य धर्म।
52062 परधाम ना. वैकुण्ठ।
52063 परधाम ना. २. परमेश्वर।
52064 परधाम ना. ३. विष्णु।
52065 परन्तु संयो पहिलो कथनको विरोध दर्साउने सम्बन्धमा आउने संयोजक, तर, किन्तु।
52066 परन्तु संयो ना. २. अन्।
52067 परन्तु संयो ३. आखिरको समय, अन्तिम समय।
52068 परपक्ष ना. अर्काको ओड वा पक्ष, विरोधी पक्ष।
52069 परपक्ष ना. २. . विरोधी मत विरोधी पक्षको म।
52070 परपक्ष ग्राही वि. आफ्नो दल वा पक्ष छाडेर दोस्रो दल वा पक्ष ग्रहण गर्ने।
52071 परपक्ष ग्राही वि. ना. २. आफ्नो विश्वास वा सिद्धान्त त्यागेर अर्काको विचार वा सिद्धान्त ग्रहण गर्ने व्यक्ति।
52072 परपजनी ना. पजनी र सोसँग सम्बन्धित सरुवा, बढुवा, खोसुवा आदि कारबाई, पुनर्गठन।
52073 परपर क्रि.वि. खारिएका तेल वा घिउमा तरकारी आदि भुट्दा शब्द आउने किसिमले।
52074 परपर क्रि.वि. २. धमाधम निमोठ्ने वा बटार्ने गरी।
52075 परपर क्रि.वि. ३. बिंगठिने चालसँग।
52076 परपर क्रि.वि. ४ टिमुर आदि खाँदा जिब्रामा हलुको पीडा हुने किसिमले।
52077 परपर क्रि.वि. ना ५ त्यस्तो शब्द वा पीडा।
52078 परपरती क्रि.वि. अझै परपर हुने गरी।
52079 परपराइ ना. परपर ध्वनि उत्पन्न हुने वा परपर पीडाको अनुभव हुने क्रिया-प्रक्रिया।
52080 परपराइनु क.क्रि. परपरती बटारिनु।
52081 परपराइनु क.क्रि. २ परपरती भुटिनु।
52082 परपराइनु क.क्रि. अ.क्रि. ३. परपर पीडाको अनुभव होइन।
52083 परपराउनु स.क्रि. परपरती भुट्नु वा बटार्नु।
52084 परपराउनु स.क्रि. अ.क्रि. २. परपरको अनुभव हुनु।
52085 परपरागण ना. एउटा फूलको शुक्रकीट अर्का फूलको डिम्बसँग मिलेर बीजाणु बन्ने प्रक्रिया।
52086 परपराहट ना. परपराउने स्थिति, क्रिया वा प्रक्रिया।
52087 परपरिनु अ.क्रि. एक अर्कोसँग नमिल्ने हुनु, बाउँठिन, बिभिन्डिनु।
52088 परपरिनु अ.क्रि. २. परपर हुनु, टाढिनु।
52089 परपरिनु, अ.क्रि. परपऱ्याउनु।
52090 परपरी क्रि.वि. परपर, परपरती।
52091 परपरे वि. परपर गर्ने; बिंगठिने चालको।
52092 परपरै क्रि.वि. छेउमा नपरी टाढाटाढै।
52093 परपरै क्रि.वि. २. पृथक्- पृथक्।
52094 परपऱ्याइ ना. परपरिने क्रिया वा प्रक्रिया।
52095 परपऱ्याइ ना. परपऱ्याउने क्रिया वा प्रक्रिया।
52096 परपऱ्याइनु अ.क्रि. जिब्रामा हलुको पीडा होइन, रमरम भइन्।
52097 परपऱ्याइनु अ.क्रि. क. क्रि. २. परक्क परिनु दोबारिनु, परपरती भुटिनु।
52098 परपऱ्याउनु अ.क्रि. टिम्बुर, पिरिया आदि खाँदा जिब्रामा हलुको पीडा हुनु, एक किसिमको पिरो अनुभव हुनु, रमरमी लाग्नु।
52099 परपऱ्याउनु अ.क्रि. स.क्रि. २. परपरती बटार्नु वा निमोठ्नु।
52100 परपऱ्याहट ना. परपऱ्याउने क्रिया वा प्रक्रिया; परपऱ्याइ।