Dictionary

All Word

52101 परपाक वि. अर्काका निम्ति वा पञ्चमहायज्ञका निम्ति पकाइने खानेकुरो।
52102 परपाक वि. २. अर्काले पकाएको खानेकुरो।
52103 परपीडन ना. अर्कालाई शारीरिक वा मानसिक दुःख दिने काम अर्कालाई सताउने वा सास्ती दिने क्रिया।
52104 परपुरुष ना. सर्वसाधारण मानिसमा भन्दा गुण, शक्ति आदि बढ्ता भएको व्यक्ति, सर्वश्रेष्ठ पुरुष, परमात्मा।
52105 परपुरुष ना. २. आफ्नो लोग्नेबाहेकको अन्य पुरुष; नाठो।
52106 परप्रपौत्र ना. पनातिको छोरो, जनजाति।
52107 परबर ना. दाँती परेका, मुटुका आकारका पात हुने, सेतो फूल फुल्ने, लहरामा फल्ने र गोलकाँक्रीका जस्ता डोला कोसा हुने, तरकारी खाइने, प्रसिद्ध फलविशेष।
52108 परबर ना. (आयुर्वेदमा यसको पात पित्तनाशक र पुष्टिकारक बताइएको छ। )।
52109 परबस्ती ना. पालनपोषण, सम्भरण, सम्भार।
52110 परबस्ती ना. २. जीवनवृत्ति, जीवननिर्वाह।
52111 परब्रह्म ना. निर्गुण, निराकार र उपाधिरहित ब्रह्म।
52112 परब्रह्म ना. २. ईश्वरको परम सत्ता।
52113 परभाग्योपजीवी वि. अर्काको कमाइ वा अन्न खाएर जीविका गर्ने, अर्काको कामबाट जीवननिर्वाह गर्ने।
52114 परम वि. सबभन्दा पहिलेको, आदिको आद्य।
52115 परम वि. २. सबभन्दा उत्तम, उत्कृष्ट।
52116 परम वि. ३. सबैभन्दा प्रधान, सर्वप्रमुख।
52117 परम वि. ४. सबैभन्दा ठुलो वा सानो; अति धेरै वा कम।
52118 परमगति ना. लोकविश्वासअनुसार मरेपछि पाइने सबभन्दा उच्च स्थिति; मोक्ष।
52119 परमतत्त्व ना. मूलतत्त्व; ब्रह्मा।
52120 परमधाम ना. सर्वश्रेष्ठ स्थान, स्वर्ग, वैकुण्ठ।
52121 परमधाम ना. २. परलोक।
52122 परमधाम ना. ३. मृत्यु मरण।
52123 परमपद ना. सबैभन्दा उच्च पद वा स्थान; सर्वोत्तम स्थान।
52124 परमपद ना. २. मुक्ति, मोक्ष।
52125 परमपिता ना. संसारको सबैभन्दा ठुलो मानिने ईश्वर, परमेश्वर।
52126 परमपुरुष ना. सबभन्दा ठुलो, समर्थ पुरुष, परमेश्वर, विष्णु।
52127 परमभट्टा ना. प्राचीन कालमा कमाराकमारी किनबेच गर्दा बेच्नेले किन्नेलाई बेचबिखनको बेहोरा लेखी दिने काग।
52128 परम भट्टारक ना. ठुला राजामहाराजाहरूले पाउने एक प्राचीन उपाधि।
52129 परम भट्टारक महाराजाधिराज ना. लिच्छविकालका राजाहरूलाई विभूषित पार्ने र सम्मान जनाउने शब्द वा प्रशस्ति।
52130 परमर्मज्ञ वि. अर्काको मर्म जान्ने, अर्काको दुःख बुझ्ने।
52131 परमर्षि ना. सबभन्दा ठुला ऋषि महर्षि।
52132 परमसत्ता ना. अनियन्त्रित शक्ति वा अधिकार, पूर्ण तथा अबाध सत्ता।
52133 परमसत्ता ना. २. अधिनायक।
52134 परमसत्ता ना. ३. अधिनायकत्व।
52135 परमहंस ना. सन्न्यासीहरूमध्ये माथिल्लो तहको चाहिँ वर्ग वा पद।
52136 परमहंस ना. २. महात्मा।
52137 परमहंस ना. ३. परमेश्वर।
52138 परमाकर- ना. सबभन्दा उत्तम अक्षर ॐ (ओंम्); प्रणव, ओंकार।
52139 परमाङ्गना ना. असल शील स्वभाव भएकी नारी, उत्तम स्त्री।
52140 परमाङ्गी ना. राजाको वा सरकारी उच्च अधिकारीको आज्ञा, प्रमाङ्गी।
52141 परमाङ्गी ना. २. आज्ञा, आदेश अनुमति।
52142 परमाणु ना. कुनै पदार्थको अत्यन्त सूक्ष्म कण, अति सानो २. कुनै भौतिक पदार्थको निर्माण गर्ने सबभन्दा सूक्ष्म तत्त्व।
52143 परमाणु ना. ३. वास्तु वा मूर्तिमा प्रयोग हुने सबभन्दा सानो नापो।
52144 परमाणु बम ना. परमाणुका रचनामा निहित शक्तिलाई एकत्रित गरी तयार गरिएको शक्तिशाली बम।
52145 परमाणुवाद ना. संसारको सम्पूर्ण शक्ति परमाणुबाटै बनेको हो भनी न्ने एक दार्शनिक सिद्धान्।
52146 परमाणुवादी वि. परमाणुवादको अनुयायी।
52147 परमात्मा ना. परब्रह्म वा परमेश्वर।
52148 परमादेश ना. तल्लो अदालत, संस्था, अधिकारी आदिलाई कुनै विशिष्ट काम गर्न वा नगर्नका निम्ति सर्वोच्च अदालतले दिने आदेश।
52149 परमाधिकार ना. सर्वोच्च शासकले मात्र प्रयोग गर्न सक्ने विशिष्ट अधिकार।
52150 परमाधिकारी ना. परमाधिकारप्राप्त व्यक्ति।