Dictionary

All Word

52251 पराग सेचन ना. पूर्ण विकसित पराग एकअर्कामा सङ्क्रमण हुने र बीजाधान हुने प्रक्रिया।
52252 पराघौं वि. आउँदो तेस्रो वर्ष, आधौंपछिको वर्ष।
52253 पराङ्मुख वि. विपरीत दिशापट्टि वा पछिल्तिर मुख फर्काएको मुन्टो फर्काएको, विमुख।
52254 पराङ्मुख वि. २. अनुकूल नभएको; प्रतिकूल।
52255 पराजय ना. युद्ध, खेल, प्रतियोगिता आदिमा हार खाने काम, हार।
52256 पराजित वि. पराजय भएको; हार खाएको; हारेको।
52257 परात्मा ना. परमात्मा, परब्रह्म।
52258 परात्मा ना. २. अर्काको आत्मा।
52259 पराधीन वि. अर्काका अधीनमा रहेको स्वतन्त्र नभएको; परतन्त्र; परवश।
52260 पराधीनता ना. पराधीन हुनाको भाव वा अवस्था, अर्काका अधीनमा रहने काम; परतन्त्रता; परवशता।
52261 पराधीन वाक्य ना. आफू स्वतन्त्र नरही अर्काका अधीनमा रहेको वाक्य, अधीन वा आश्रित वाक्य; गौण वाक्य, अङ्गवाक्य।
52262 परानी ना. माकुराका आकारको, लामालामा खुट्टा हुने, कालो रङको एक प्रकारको किरो, ढिकीच्याउँ, चाकाचुली ( किरो )।
52263 परान्त ना. भिउँट।
52264 परान्न ना. अरूले दिएको अन्न वा भोजन।
52265 परान्न ना. २. अरूको स्वामित्व भएको अन्न।
52266 परान्न भक्षण ना. अर्काको कमाइ खाएर गरिने पेटपालो।
52267 परान्नभोजी वि. अर्काले दिएको अन्नबाट जीवननिर्वाह गर्ने, परोपजीवी।
52268 परापर वि. . पर तथा अपर।
52269 परापर वि. २ राम्रो र नराम्रो।
52270 परापर वि. ३. वैशेषिक दर्शनअनुसार परत्व र अपरत्व दुवै गुणले युक्।
52271 परापूर्व क्रि.वि. धेरै वर्षअघि उहिले।
52272 परापूर्व क्रि.वि. ना. २. कुलपरम्परा, पुख्र्यौली।
52273 परापूर्व काल ना. धेरै वर्षअघिको समय।
52274 पराभव ना. पतन तथा ह्रास हुन लागेको स्थिति, नाश वा विनाशको अवस्था।
52275 पराभव ना. २. पराजय; हार।
52276 पराभव ना. ३. अनादर, हेला, तिरस्कार, अपमान।
52277 परापूर्व काल वि. हारेको, हार खाएको, पराजि।
52278 परापूर्व काल वि. २. तिरस्कृत, अपमानित हेपिएको।
52279 परापूर्व काल वि. ३. नष्ट, भ्रष्ट।
52280 पराभूति ना. पराभव।
52281 परामनोविज्ञान ना. छैटौं ज्ञानेन्द्रिय ( मन ) मा मात्र आधारित मनोविज्ञान।
52282 परामनोविज्ञान ना. २ परजन्म, पूर्वसंस्कार आदिको सम्भावनाको छानबिन गर्ने मनोविज्ञान।
52283 परामर्श ना. कुनै विषयमा छलफल गर्ने तथा त्यसबाट खँदिलो निष्कर्ष निकाल्ने काम, सरसल्लाह, मन्त्रणा।
52284 परामर्श ना. २. कुनै अत्यावश्यक वा आकस्मिक विषयमा गरिने विचार वा विवेचना।
52285 परामर्श कक्ष ना. चिकित्सक, वकिल आदिका कुनै विषयमा परामर्श सल्लाह लिने ठाउँ, परामर्श - गृह।
52286 परामर्श केन्द्र ना. परामर्शकक्ष।
52287 परामर्शदाता वि. परामर्श दिने, सम्मति दिने, सल्लाह दिने; सल्लाहकार।
52288 परामर्शदातृ वि. हे. परामर्शदाता।
52289 परामर्शदात्री समिति ना. कुनै कार्य वा विषयमा सल्लाह दिनका निम्ति गठन गरिएको समिति।
52290 परामर्शालय ना. हे. परामर्शकक्ष।
52291 परामृत वि. मृत्युलाई जितेको, मृत्युञ्जयी।
52292 परायण वि. कुनै विषय वा कुरामा दृढतापूर्वक लागेको स्थिर रहेको (जस्तो- कर्तव्य परायण, धर्मपरायण इ.)।
52293 परायण वि. २. आसक्त, निर।
52294 परायण वि. ना ३. अति आसक्ति।
52295 परायण वि. ४. अन्तिम लक्ष्य।
52296 परायण वि. ५. आश्रयस्थान।
52297 परार वि. बितेको दोस्रो वर्ष, पोहोरभन्दा अगिल्लो वर्ष।
52298 परार्थ वि. अर्काका निमित्तको ना. २. अर्काको उपकार वा कल्याण; परोपकार।
52299 परार्ध्य वि. उत्तम श्रेष्ठ।
52300 परार्ध्य वि. २. बहुमूल्य मूल्यवान्।