Dictionary

All Word

52401 परिगत वि. चारैतिर घेरिएको, आवेष्टि।
52402 परिगत वि. २ चौतर्फी ढाकिएको, सर्वव्याप्।
52403 परिगत वि. 3. राम्ररी जानिएको, परिज्ञा।
52404 परिगत वि. ४. बितिसकेको, विग।
52405 परिगत वि. ५. मरेको मृ।
52406 परिगतवृत्त ना. कुनै एउटा वृत्तले अर्को वृत्तलाई घेरेको छ भने सो घेरिएको चाहिँ वृत्।
52407 परिगति ना. घेराइ, आवेष्टन, व्याप्ति।
52408 परिगति ना. २. व्यापक ज्ञान।
52409 परिगति ना. ३. मृत्यु।
52410 परिगमन ना. चारैतिर जाने, घेर्ने काम; चौघेरा; आवेष्टन।
52411 परिगमन ना. २. चारैतिर ढाक्ने काम परिव्याप्त हुने क्रिया।
52412 परिगमन ना. ३. कुनै वस्तु प्राप्त गर्ने काम प्राप्ति।
52413 परिगर्भिक ना. गर्भिणीको दुध पिउँदा उत्पन्न हुने एक खालको रोग।
52414 परिगृहीत वि. ग्रहण गरिएको स्वीकृ।
52415 परिगृहीत वि. २. पाएको प्राप्।
52416 परिगृहीत वि. ३. समातिएको, पकडिएको, अँठ्याइएको।
52417 परिगृहीता वि. विवाह भएकी, परिगृहीत भइसकेकी विवाहिता।
52418 परिग्रह ना. लिने वा ग्रहण गर्ने काम स्वीकार।
52419 परिग्रह ना. २. चारैतिर घेर्ने काम घेरा हाल्ने काम।
52420 परिग्रह ना. ३. विवाह।
52421 परिग्रह ना. ४. स्वास्नी पत्नी, भार्या।
52422 परिग्रह ना. ५. परिवार, जहान।
52423 परिग्रहण ना. लिने काम ग्रहण गर्ने काम, स्वीकार गर्ने काम, स्वीकार, स्वीकृति।
52424 परिग्रहण ना. २. पहिरने काम धारण गर्ने काम, धारण।
52425 परिग्रह वि. लिन लायक, स्वीकार गर्न योग्य।
52426 परिग्रह वि. २. धारण गर्न लायक; लगाउन लायक।
52427 परिघ ना. ढोका बन्द गर्न वारपार हुने आग्लो बिरेआग्लो।
52428 परिघ ना. २. मुद्गर।
52429 परिघ ना. ३. भाला।
52430 परिघ ना. ४. ढोका।
52431 परिघ ना. ५. ज्योतिषशास्त्रअनुसार सत्ताइस विष्कम्भादि योगमध्ये एक।
52432 परिघट्टन ना. वरिपरि वा चारैतिर घुमाईघुमाई घोट्ने क्रिया; पूर्ण घोटा।
52433 परिघट्टित वि. चारैतिर घुमाएर घोटिएको, बेसरी घोटिएको; खुबसँग रगडिएको।
52434 परिघात ना. मार्ने काम वध; हत्या।
52435 परिघात ना. २. प्रहार, हनन।
52436 परिघात ना. ३. नाश गर्ने काम, नष्ट गर्ने क्रिया।
52437 परिघात ना. ४. उल्लङ्घन।
52438 परिघाती वि. परिघात गर्ने, मार्ने, वध गर्ने, हत्यारो।
52439 परिघाती वि. २. नष्ट गर्ने, विनाशकारी, संहारकर्ता।
52440 परिघोष ना. ठुलो आवाज, भयानक गर्जना।
52441 परिघोष ना. २. अनुचित कुरो नालायक कामकुरो।
52442 परिङ ना. एक जातको बे।
52443 परिङ ना. २. एक जातको बाँस, एक जातको निगालो।
52444 परिचय ना. राम्ररी चिनारी गर्ने वा गराउने काम;जानपहिचान; चिनाजानी चिनापर्चीीं।
52445 परिचय ना. २. राम्ररी जम्मा गर्ने क्रिया; एकत्रित गर्ने काम बटुलो; सँगालो।
52446 परिचय पट्ट ना. कुनै व्यक्ति, संस्था, पसल आदिको नाम वा कुनै विषयको विवरण लेखेर सार्वजनिक सूचनाका निम्ति टाँगिएको धातु, काठ आदिको फलक; सूचनापाटी; परिचयपाटी।
52447 परिचय पत्र ना. वस्तुहरूका सम्प्राप्तिको उचित प्रबन्धका लागि हुलाकद्वारा सर्वसाधारणले उपयोग गर्न सक्ने गरी दस्तुर लिई जारी गरिने पत्र।
52448 परिचय पत्र ना. २. कुनै व्यक्तिलाई परिचय गराउनका निम्ति उसको नाम, कार्य आदि विवरण लेखिएको पत्र।
52449 परिचय पत्र ना. ३. कुनै विषय वा संस्थाको उद्देश्य, कार्यप्रणाली आदिको विस्तृत विवरण लेखिएको पत्र वा पुस्तिका।
52450 परिचय पाटी ना. सार्वजनिक तथा ज्ञातव्य सूचनाका निम्ति टाँगिएको काठ, धातु आदिको चिह्न (साइनबोर्ड )।