Dictionary

All Word

52501 परिचिन्तित वि. सोचिएको स्मरण गरिएको, चिन्ता गरिएको।
52502 परिचिह्न ना. हस्ताक्षर, दस्तख।
52503 परिचिह्न ना. २. छाप वा चिह्न, निसाना, राम्रोसँग लगाइएको चिनु।
52504 परिचिह्नित वि. हस्ताक्षर गरिएको दस्तखत गरिएको।
52505 परिचिह्नित वि. २. छाप वा चिह्न लगाइएको, निसाना लगाइएको।
52506 परिचिह्नित वि. ३. राम्ररी चिनु लगाइएको।
52507 परिचुम्बन ना. प्रेमले विभोर भएर गरिने चुम्बन, धेरै माया गर्दा खाइने म्वाइँ।
52508 परिचुम्बित वि. प्रेमपूर्वक चुम्बन गरिएको, मायाले म्वाइँ खाइएको।
52509 परिचय वि. परिचय गर्न योग्य; जानपहिचान गर्न लायक।
52510 परिचय वि. २. जान्न लायक थाहा पाउन योग्य 3. सञ्चय गर्न योग्य जम्मा गर्न लायक।
52511 परिच्छद ना. कुनै वस्तु वा व्यक्तिलाई माथिबाट ढाक्ने कपडा, झापन, आच्छादान।
52512 परिच्छद ना. २. शरीरमा लगाउने लुगा, पोसाक।
52513 परिच्छद ना. ३. राजाका अगि वा पछि लाग्ने व्यक्ति, अनुचर।
52514 परिच्छद ना. ४. परिजन, परिवार, जहान।
52515 परिच्छेद ना. कुनै वस्तु वा विषयलाई खण्ड-खण्डमा विभाजित गर्ने काम विभाजन।
52516 परिच्छेद ना. २. ग्रन्थको कुनै एक विषयको चर्चा गरिएको अंश, अध्याय, खण्ड, प्रकरण 3. सीमा अवधि।
52517 परिच्छेद ना. ४. सत्य, असत्य आदिको निर्णय; निश्चय।
52518 परिच्छेदक वि. सीमा वा अवधि निर्धारण गर्ने।
52519 परिच्छेदक वि. २. अलग-अलग छुट्ट्याउने, विभाजक।
52520 परिच्छेदन ना. काट्ने, टुक्र्याउने र चिरा पार्ने काम।
52521 परिच्छेदन ना. २. पुस्तकको अध्याय वा परिच्छेद छुट्ट्याउने कार्य।
52522 परिच्छेदिका ना. परिच्छेदको उपविभाग, सानो अध्याय।
52523 परिच्छेद्य वि. छुट्याउन योग्य विभाज्य।
52524 परिच्छेद्य वि. २. नापतौल गर्न योग्य परिमेय।
52525 परिच्युत वि. तल झरेको, जाति वा धर्मबाट गिरेको, च्युत, पति।
52526 परिच्युति ना. परिच्युत हुनाको अवस्था, पतन, स्खलन।
52527 परिच्युति ना. २. जातहटक।
52528 परिजन ना. आश्रयमा रहेका व्यक्ति, परिवार, जहान (स्त्री, पुत्र, नोकर इ.)।
52529 परिजन ना. २. दरबारभित्रका कर्मचारी।
52530 परिजात वि. जन्मिएको, उम्रिएको; उत्पन्न।
52531 परिजात वि. २. विकास भएको, विकसि।
52532 परिज्ञात वि. राम्ररी थाहा पाइएको; निश्चित रूपमा ज्ञात भएको, पूर्ण ज्ञान भएको वा जानकारी भएको।
52533 परिज्ञाता वि. विषयवस्तुप्रतिको राम्रो ज्ञान भएको, खुब थाहा पाएको, विशेष जानकारी हासिल गरेको।
52534 परिज्ञाता वि. २. परिचय पाउने, चिन्ने।
52535 परिज्ञाता वि. ना. ३. विशेषज्ञ।
52536 परिज्ञान ना. राम्रोसित भएको ज्ञान, सम्यक् ज्ञान, विशुद्ध ज्ञान।
52537 परिज्ञान ना. २. सूक्ष्म ज्ञान वैज्ञानिक ज्ञान, यथार्थ ज्ञान।
52538 परिज्ञान ना. ३. विशेषज्ञता।
52539 परिज्ञान ना. ४. परिचय; जानपहिचान।
52540 परिज्ञान ना. ५. चिनो; अभिज्ञान।
52541 परिणत वि. खुबसँग झुकेको, बेसरी नुहेको।
52542 परिणत वि. २. नम्र विनम्र विनी।
52543 परिणत वि. ३. एक रूपबाट अर्का रूपमा बदलिएको; रूपान्तर भएको स्वरूप बदलेको।
52544 परिणत वि. ४. पाकेको; परिपक्व भएको; ५. पचेको; हजम भएको।
52545 परिणत वि. ६. उमेर छिप्पिएको वा पुगेको पाको, प्रौढ।
52546 परिणति ना. खुबसँग झुक्ने काम, बेसरी नुहुने क्रिया।
52547 परिणति ना. २. नम्रता, विनम्रता, विनयशीलता।
52548 परिणति ना. ३. एक रूपबाट अर्को रूप हुने स्थिति; रूपान्तरण।
52549 परिणति ना. ४. पाक्ने क्रिया परिपाक।
52550 परिणति ना. ५. पच्ने वा हजम हुने क्रिया, परिपाक।