Dictionary

All Word

52451 परिचयात्मक वि. आपसमा चिनजान गर्ने वा गराउने।
52452 परिचयात्मक वि. २. कुनै पनि विषय वा वस्तुको चिनारी दिलाउने, परिचय भएको।
52453 परिचयात्मक वि. ३. परिचयसँग सम्बन्धि।
52454 परिचयात्मकता ना. परिचयात्मक अवस्था, भाव वा क्रिया।
52455 परिचर ना. नोकर चाकर, सेवक।
52456 परिचर ना. २. रोगीका सेवा- शुश्रूषा आदिका निम्ति रहेको व्यक्ति।
52457 परिचरण ना. परिचर्या गर्ने काम सेवा, शुश्रूषा।
52458 परिचरणीय वि. सेवा गर्न लायक; परिचरणयोग्य, शुश्रूषा योग्य।
52459 परिचरणीय वि. ना. २. परिचरको कर्तव्य।
52460 परिचरित वि. परिचरण गरिएको।
52461 परिचरिता ना. सेवक, परिचर्या गर्ने व्यक्ति; नोकर चाकर; भृत्य।
52462 परिचरिता ना. २. अस्पतालकी नर्स।
52463 परिचरी ना. नोकर्नी, दासी, चाकर्नी; सेविका।
52464 परिचरी ना. २. नर्स।
52465 परिचर्चा ना. कुनै विषयका गुणअवगुण आदिको चौतर्फी चर्चा वा विश्लेषण।
52466 परिचर्या ना. आफूभन्दा कमजोर वा बिमारी आदिको सेवा- टहल गर्ने काम।
52467 परिचर्या ना. २. जीवन निर्वाहका निम्ति ठुला बडाको सेवाशुश्रूषा गर्ने काम।
52468 परिचायक वि. कुनै वस्तु वा व्यक्तिविशेषको चिनारी गराउने; परिचय दिने वा चिनाउने।
52469 परिचायक वि. २. कुनै वस्तु वा विषयको खास रहस्य बताउने।
52470 परिचायक वि. ना ३. कुनै पदार्थ, विषय, घटना आ परिचय दिने वा गराउने वस्तु सम्झौटो।
52471 परिचायक चिह्न वि. कुनै वस्तु वा व्यक्तिविशेषको चिनारी गराउने; नम्बर आदि)।
52472 परिचार ना. परिचारक, परिचर, नोकर चाकर।
52473 परिचारक ना. जीवन - निर्वाहका निमित्त ठुलाबडाको सेवा - टहल गर्ने व्यक्ति, सेवक, नोकर चाकर, दास, भृत्य, परिचार, परिचर।
52474 परिचारक ना. २. रोगीको सेवा टहल गर्ने व्यक्ति।
52475 परिचारक ना. ४. बस्तु-भाउ, बोट-बिरुवा आदिको स्याहार सम्भार गर्ने व्यक्ति।
52476 परिचार गाडी ना. घाइते, मुर्दा वा बिरामीलाई ओसार्ने गाडी, एम्बुलेन्स।
52477 परिचार दल ना. रोगी, लुला-लगडा वा अशक्त व्यक्तिहरूको सेवाका निम्ति गठन गरिएको दल।
52478 परिचार दल ना. २. आहतोपचारी दल।
52479 परिचारण ना. परिचार।
52480 परिचारिका ना. अस्पतालमा उपचारका निम्ति भर्ना गरिएका रोगीहरूको सेवाशुश्रूषा गर्ने आइमाई, सेविका, नर्स।
52481 परिचारिका ना. २. नोकर्नी, सेविका, दासी।
52482 परिचारित वि. परिचार गरिएको।
52483 परिचारित वि. २. परिचारिकाको सेवा पाएको (शिशु)।
52484 परिचारी ना. परिचारक।
52485 परिचार्य वि. सेवा गर्न लायक, सेव्य।
52486 परिचार्य वि. २. स्याहारसम्भार गर्न लायक, परिसेव्य।
52487 परिचालक वि. कार्यविशेषको परिचालन गर्ने, त्यसलाई चालु राख्ने वा त्यसको प्रबन्ध मिलाउने।
52488 परिचालक वि. २. हल्लाउने, वरिपरि घुमाउने।
52489 परिचालक वि. ना. ३. कुनै कार्यको सञ्चालन गर्ने व्यक्ति, सञ्चालक।
52490 परिचालन ना. कुनै कार्य वा संस्थाको प्रबन्ध २ हल्लाउने काम; वरिपरि घुमाउने काम।
52491 परिचालन ना. ३. हिँडडुल गराउने काम।
52492 परिचालित वि. चालु राखिएको।
52493 परिचालित वि. २. हल्लाइएको डोलाइएको; वरिपरि घुमाइएको।
52494 परिचालित वि. 3. हिँडडुल गराइएको।
52495 परिचित वि. चिनेजानेको, जानपहिचान भएको, परिचय भएको।
52496 परिचित वि. २. थाहा पाइएको, जानिएको ज्ञा।
52497 परिचित वि. ३ थुप्याइएको एकत्रित गरिएको, बटुलिएको।
52498 परिचिन्तन ना. कुनै विषयमा चारैतिर दृष्टि पुयाई गरिएको सोचाइ।
52499 परिचिन्तन ना. २. कुनै विषयको राम्रो सम्झना, स्मरण।
52500 परिचिन्तन ना. ३. फिक्री; चिन्ता।