Dictionary

All Word

52351 परिकर ना. ४. कमरमा बाँध्ने लामो कपडा, पटुका।
52352 परिकर ना. ५. पलङ, खाट ६ अभिप्रायसहित विशेषणका साथ विशेष्य जोडिँदा हुने एक अर्थालङ्कार।
52353 परिकर ना. ७. विशिष्ट तक्माका साथमा निर्धारित रङको काँधदेखि कम्मरसम्म छड्के पारेर लगाइने फित्ता।
52354 परिकराङ्कुर ना. विशेष अभिप्रायले युक्त कुनै विशेष्यको प्रयोग गर्दा एक अर्थालङ्कार।
52355 परिकर्म ना. शरीरमा गरिने केसर, चन्दन आदिको लेपन।
52356 परिकर्म ना. २. गोडामा माहुर लाउने काम।
52357 परिकल्पन ना. परिकल्पना गर्नाको क्रिया वा भाव।
52358 परिकल्पन ना. २. कुनै विषयमा हुने चिन्तन वा मनन।
52359 परिकल्पन ना. ३. परिकल्पना।
52360 परिकल्पना ना. पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा।
52361 परिकल्पना ना. २. तर्कका लागि मात्र कुनै कुराको मान्यता।
52362 परिकल्पना ना. ३. बनाउने काम निर्माण, रचना।
52363 परिकल्पना ना. ४. कुनै कुरा वा विषयप्रतिको निश्चय वा निर्णय।
52364 परिकल्पना साध्य ना. कुनै विषयगत संरचना (हाइपोथेसिस)।
52365 परिकल्पित वि. परिकल्पना गरिएको; बनाइएको; रचित; निश्चित निर्णी।
52366 परिका ना. भित्र हावा जाँदा फुक्ने तर बाहिर आउन भने रोक्ने वस्तु ट्युबमा हावा फैलिने भोल्टयुब।
52367 परिकार ना. अचार, तर्कारी आदिका विविध प्रकार।
52368 परिकार ना. २. खानेकुरा, मिठाई आदिका विभिन्न प्रकार वा किसिम।
52369 परिकीर्तन ना. कुनै वस्तु वा व्यक्तिको अत्यधिक प्रशंसा गर्ने काम ज्यादै बढाइचढाइ गरी कसैलाई हौस्याउने क्रिया।
52370 परिकीर्तन ना. २. चाटुकारिता, चिल्लोघसाइ चम्चागिरी।
52371 परिक्रम ना. चारैतिर घुम्ने काम प्रदक्षिणा।
52372 परिक्रम ना. २. यताउति हिँड्ने काम टहलाइ।
52373 परिक्रम ना. ३. सिलसिला क्रम।
52374 परिक्रमण ना. परिक्रम; परिक्रमा।
52375 परिक्रमा ना. चारैतिर घुम्ने क्रिया।
52376 परिक्रमा ना. २. देवताको मूर्ति, मन्दिर, पुण्यक्षेत्र आदिलाई दाहिने पारी घुम्ने काम।
52377 परिक्रमा ना. ३ फागुन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमाका दिन समाप्त हुने, देवस्थलहरूको प्रदक्षिणा गरिने एक उत्सव।
52378 परिक्रमा ना. (यो परिक्रमा जनकपुरबाट थालिई हनुमाननगर, कल्याणेश्वर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनपुर, धनुषा आदि हुँदै फेरि जनकपुरै पुगेपछि समाप्त हुन्छ।)।
52379 परिक्रमात्मक वि. परिक्रमा गर्ने।
52380 परिक्रमात्मक वि. २. कुनै वस्तुलाई केन्द्र बनाई त्यसैका वरिपरि घुम्ने (अर्को वस्तुको गति वा सञ्चालन)।
52381 परिक्रान्त वि. कुल्चीमिल्वी पारिएको, पदार्पण गरिएको, टेकिएको।
52382 परिक्लान्त वि. ज्यादै थाकेको, थकाइले भुतुक्क भएको; अति थकि।
52383 परिक्लान्ति ना. ठुलो परिश्रम वा थकाइ।
52384 परिक्षालन ना. राम्रोसँग धुने काम राम्ररी पखाल्ने काम।
52385 परिक्षिप्त वि. यताउति फ्याँकिएको; चारैतिर फालिएको, छरिएको वा मिल्काइएको।
52386 परिक्षिप्त वि. २. चारैतिर फैलिएको; पाँजिएको; प्रकीर्ण।
52387 परिक्षिप्त वि. 3. चारैतिर घेरिएको, जेलिएको।
52388 परिक्षिप्त वि. ४. छोडिएको; त्यक्।
52389 परिक्षिप्ति ना. परिक्षिप्त हुनाको भाव वा अवस्था छराइ बर्काई।
52390 परिक्षिप्ति ना. २. फैलाइ, परिक्षेप।
52391 परिक्षेप ना. . यताउति डुल्ने काम, टहल्ने काम।
52392 परिक्षेप ना. २. चारैतिर फैलाउने काम, फिँजाउने काम परिक्षिप्ति।
52393 परिक्षेप ना. ३. फाल्ने वा आफल्ने काम; मिल्काउने काम।
52394 परिक्षेप ना. ४. चारैतिर घेर्ने काम, छेकारो मार्ने काम।
52395 परिखा / परिखात ना. नगर वा किल्लामा अरू कोही प्रवेश गर्न नपाऊन् भनी चारैतिर खनिएको खाल्टो वा चारैतिर उठाइएको अग्लो पर्खाल।
52396 परिगणन ना. नबिराईकन राम्ररी गणना गर्ने काम; मिहिनेतसाथको नाइ, परिगणना।
52397 परिगणन ना. परिगणना- ना. परिगणन।
52398 परिगणनीय वि. राम्ररी गन्न योग्य; गणना गर्न लायक, गनिरहूँ लाग्ने, गनूँगनूँजस्तो लाग्ने।
52399 परिगणित वि. गणना गरिएको; गनिएको गणनामा आएको।
52400 परिगणित वि. २. अनुसूचीमा अङ्कित भएको, परेको वा दरिएको गणनाद्वारा अनुसूचीमा अङ्कित भएको ( आदिवासी, दलित, अल्पसङ्ख्यक आदि जाति वा वर्ग)।