Dictionary

All Word

52151 परमाधिपति ना. राष्ट्रको सर्वोच्च अधिपति ( राजा, राष्ट्रपति, अध्यक्षमण्डलको सभापति इ.)।
52152 परमाधिपत्य ना. परमाधिपतिको दायित्व, पद वा अधिकार।
52153 परमानन्द- ना. ब्रह्माको साक्षात्कार वा त्यसका ज्ञानको सुख ब्रह्मानन्द।
52154 परमानन्द- ना. २ परब्रह्म ईश्वर।
52155 परमानन्द- ना. 3. अत्यन्त आनन्द; अति सुख।
52156 परमायु ना. जीवशास्त्रले बताएको पूर्ण आयु जीवनको सर्वाधिक आयु।
52157 परमायु ना. (मान्छेको परमायु १०० वर्ष मानेर नेपाली समाजमा आसिक दिँदा बिसासय (एक सय बिस वर्ष) आयु होस् भनिन्छ।
52158 परमायु ना. )।
52159 परमार्थ ना. सबैभन्दा महत्त्व को विषय वा अर्।
52160 परमार्थ ना. २. मोक्ष; मुक्ति।
52161 परमार्थ सत्य ना. सबैभन्दा ठुलो सत्य, ईश्वरसिद्ध सत्य।
52162 परमार्थवादी वि. वेदान्ती; तत्त्वज्ञ।
52163 परमार्थी वि. रमार्थमा लागेको, मोक्षार्थी।
52164 परमासन ना. राजाका अध्यक्षतामा बस्ने माथिल्लो तहको विशेष इजलास।
52165 परमुखापेक्षी वि. आफूले परिश्रम वा कुनै उद्योग नगरीकन अर्काकै परिश्रम उद्योगबाट जीवननिर्वाह गर्ने, अर्काका भरमा बाँच्ने परजीवी।
52166 परमेश्वर ना. संसारको सृष्टि, स्थिति र संहारको कारण वा कर्ता मानिने परब्रह्म, सगुण ब्रह्म परमात्मा।
52167 परमेश्वर ना. २. विष्णु।
52168 परमेश्वर ना. ३. शिव।
52169 परमेश्वरी ना. सृष्टि, स्थिति र प्रलयकी कारिणी देवी, दुर्गा, महामाया।
52170 परमेश्वरी ना. २. परमेश्वरको शक्ति, आदिशक्ति।
52171 परमेश्वरी ना. वि. ३. परमेश्वरसम्बन्धी।
52172 परमेष्ठी ना. सृष्टिकर्ता ब्रह्मा।
52173 परमेष्ठी ना. २. संहारकर्ता शिव।
52174 परमेष्ठी ना. ३. अग्निदेव।
52175 परम्पद ना. हे. परमपद।
52176 परम्परा ना. पहिलेदेखि चलिआएको रीतिथिति, अविच्छिन्न रूपले चलिआएको क्रम वा सिलसिला, प्रथा, रूढि।
52177 परम्परा ना. २. क्रमबद्ध समूह पङ्क्ति।
52178 परम्परा ना. 3 पद्धति प्रणाली; अनुक्रम।
52179 परम्परा ना. ४. वंश, सन्तति।
52180 परम्परागत वि. परम्परादेखि चलिआएको, पहिलेदेखि हुँदै आएको।
52181 परम्परागत वि. २. क्रमैसँग आएको; क्रमाग।
52182 परम्परित वि. परम्परा भएको; सिलसिला भएको, क्रमैसँग रहेको।
52183 परम्परा रूपक ना. साहित्यमा एउटालाई गरेको आरोप अर्कामा पर्न जाँदा हुने रूपक अलङ्कारको एक भेद।
52184 परराष्ट्र ना. एक राष्ट्रको दृष्टिमा अर्को राष्ट्र, आफ्नो देशभन्दा भिन्दै देश, अर्को देश।
52185 परराष्ट्र ना. २. मित्रराष्ट्र विदेश।
52186 परराष्ट्र नीति ना. एक राष्ट्रले अर्का राष्ट्रसँग व्यवहार गर्दा तथा पारस्परिक सम्बन्ध राख्दा अँगालिने नीति वा सिद्धान्।
52187 परराष्ट्र मन्त्रालय ना. परराष्ट्रसम्बन्धी मामिलाको काम गर्न परराष्ट्रमन्त्रीका मातहतको कार्यालय, विदेशमन्त्रालय।
52188 परल वि. परिरहेको; मिल्किरहेको।
52189 परल वि. २ परेको; तयार गर्दा वा किन्दा लागेको ( लागत वा मूल्य)।
52190 परलोक ना. धर्म तथा पुराणअनुसार, मरेपछि प्राणीको आत्मा गएर रहने ठाउँ स्वर्ग।
52191 परलोक ना. २. मृत्यु, मरण।
52192 परलोक गमन ना. परलोकको यात्रा, मृत्यु, मरण।
52193 परलोक प्राप्ति ना. परलोकवास।
52194 परलोकवास ना. मृत्यु मरण।
52195 परलोकवासी वि. परलोक भएको; मरेको; परलोकमा बस्ने।
52196 परवर वि. संरक्षण गर्ने, पालन गर्ने।
52197 परवर वि. (यो शब्दका अन्तमा आउँछ, जस्तै- गरिबपरवर )।
52198 परवर्ती वि. पछि हुने, पछि रहने; पछिल्ला काँटको।
52199 परवश वि. अर्काका अधीनमा रहेको; पराधीन, परतन्त्र।
52200 परवशता परवश हुनाको भाव वा स्थिति; पराधीनता।