Dictionary

All Word

51951 पब्लिक सर्भिस कमिसन ना. लोकसेवा आयोग।
51952 पम्प ना. पानीको नाला, पाइप।
51953 पम्प ना. २. साइकिल, मोटर आदिका ट्युबमा हावा भर्ने साधन।
51954 पम्प ना. ३. पानी वा रङ घोलिएको तरल पदार्थ चुसेर फ्याँक्ने वा छ्‌याप्ने साधन, पचका पिच्कारी।
51955 पम्प ना. ४. फित्ता बाँध्न नपर्ने एक छाँटको खुला र हलुका जुत्ता।
51956 पब्लिक सेट ना. होचो ठाउँमा भएको वा भुईंभित्रको पानीलाई अग्लो ठाउँमा तान्नुपर्दा प्रयोग गरिने यन्त्र सिँचाइका लागि प्रयोगमा ल्याइने दमकल।
51957 पम्पास ना. दक्षिण अमेरिकामा रहेको अर्जेन्टिना राज्यको समशीतोष्ण तृणभूमि, घाँसे मैदान।
51958 पम्पु ना. हे. पम्प (हावा भर्ने साधन )।
51959 पम्फा ना. मसिनो भुवा र कमलो पत्र हुने एक जातको काली फूल।
51960 पम्फा ना. वि. २. सुन्दरताको अभिमान भएकी (स्त्री) ३. सानोतिनो कुरामा पनि दुःख मान्ने, पिन्वे।
51961 पय ना. दुध।
51962 पय ना. २. पानी।
51963 पयठ ना. कुनै गह्रौं वस्तुका निम्ति दिइने भर, आड, सहारा; पैठ।
51964 पयठ ना. २. ठेल्ने काम पेलाइ।
51965 पयर ना. पाउ, गोडो, खुट्टो।
51966 पयस्विनी ना. निरन्तर पानी बगिरहने नदी।
51967 पयस्विनी ना. २. प्रशस्त मात्रामा दुध आउने गाई दुहुनू गाई।
51968 पयो ना. डोरीको बटारिएको आँठो, डोरीका दुई वा दुईभन्दा बढी बटारिएका आँठामध्ये एक, पोयो।
51969 पयोधर ना. पानी धारण गर्ने वा बोक्ने पदार्थ, मेघ।
51970 पयोधर ना. २. दुध धारण गर्ने वा रहने अङ्ग, स्तन, फाँचो।
51971 पयोधा / पयोधि / पयोनिधि ना. समुद्र।
51972 पयोधा / पयोधि / पयोनिधि ना. २. बादल।
51973 पयोव्रत ना. उत्तम सन्तान पैदा होस् भनी महिनादिनसम्म दुध मात्र खाएर लिइने एक किसिमको व्र।
51974 पर्नु अ.क्रि. खस्नु, झर्नु गिर्नु।
51975 पर्नु अ.क्रि. २. आइलाग्नु।
51976 पर्नु अ.क्रि. ३. संयुक्त हुनु, मिल्नु।
51977 पर्नु अ.क्रि. ४. आवश्यक हुनु जरुरत हुनु।
51978 पर्नु अ.क्रि. ५. बल्नु, सल्कनु।
51979 पर्नु अ.क्रि. ६. संयोग हुनु, जरुरत हुनु।
51980 पर्नु अ.क्रि. ७. ठिकठाक हुनु, तयार हुनु।
51981 पर्नु अ.क्रि. ८. कुनै काम गर्ने स्थिति हुनु।
51982 परपुंसा ना. आफ्ना पतिदेखि असन्तुष्ट भएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने आइमाई।
51983 परश्व क्रि.वि. पर्सि भोलिको भोलि वा निपर्सिको हिजो।
51984 पर पू.स. शब्दको आरम्भमा जोडिएर आफूदेखि भिन्न, पराई, र्काको, पछिको आदि जनाउने पूर्वसर्ग (परदेश, परतन्त्र, परलोक इ.)।
51985 पर पू.स. प.स. २. शब्दका अन्तमा लागेर निमग्न, तल्लीन, उद्यत आदि अर्थ बुझाउने एक प्रत्यय ( स्वार्थपर, तत्पर इ.)।
51986 पर पू.स. वि. ३. पराई, अर्को भिन्न।
51987 पर पू.स. क्रि.वि. ४. टाढा, दूर।
51988 परक ना. शब्दका अन्तमा गाँसिई पछि लागेर, सम्बन्धित आदि अर्थ बुझाउने एक प्रत्यय ( जस्तै- बुद्धिपरक, भावपरक, वस्तुपरक इ.)।
51989 परकम्प ना. ठुलो भूकम्प भइसकेपछि फेरि-फेरि हुने ससाना कम्प।
51990 परकाय प्रवेश ना. योगबलद्वारा अर्काको मृत शरीरमा आफ्नो आत्माको प्रवेश गराउने काम वा साधन।
51991 परकाय प्रवेश ना. २. मरेका मान्छेलाई आफ्नो आत्मा दिएर बचाउने र आफू मर्ने यौगिक विधि।
51992 परकीय ना. अर्कासँग सम्बन्ध रहेको, अर्काको, अन्य जनको; पराईको।
51993 परकीया ना. गुप्त तबरले परपुरुषसित प्रेम गर्ने नायिका, नाट्यशास्त्रअनुसार नायिकाका मुख्य दुई भेदमध्ये एक।
51994 परकीया ना. २. अर्काकी पत्नी, परस्त्री; परनारी।
51995 परको वि. टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने।
51996 परको वि. स्त्री. परकी।
51997 परक्क क्रि.वि. कुनै वस्तु निमोठिने गरी बटारेर।
51998 परक्क क्रि.वि. २. प्राणी आदिको मुन्टो बटारिने किसिमले।
51999 परक्क क्रि.वि. ३. तेल, घिउ आदिमा तरकारी आदि भुट्ताको आवाज निक्लने गरी।
52000 परक्क क्रि.वि. ४. चाम्रो वस्तु (उखु, मकैको ढोड आदि) भाँचिने वा भाँच्ने किसिमले।