Dictionary

All Word

51901 पन्चे माटो ना. पानी नछिर्ने खालको, पहेँलो किसिमको माटो।
51902 पन्चै वि. है. पन्चे।
51903 पन्चै बाजा ना. दमाईं, कुस्ले आदिले बजाउने सनई, ट्याम्को,दमाहा, झ्याम्टा, ढोलकी बाजा, नेपाली संस्कृतिअनुसार शुभ कार्यमा बजाइने उक्त पाँच प्रकारका बाजा।
51904 पन्चौली वि. पञ्चायती।
51905 पचौली सभा ना. पञ्चायती सभा।
51906 पन्छनु अ.क्रि. रजस्वला हुनु, नछुने हुनु, पर सर्नु, टक्रिनु।
51907 पन्छाइ ना. पन्छ्ने वा पन्छाउने क्रियाप्रक्रिया।
51908 पन्छाइनु क.क्रि. पन्छाउने काम गरिनु, पर सारिनु।
51909 पन्छाउनु स.क्रि. / प्रे. क्रि. पर सार्नु, हे. पन्साउनु।
51910 पन्छिनु अ.क्रि. हे. मन्सि।
51911 पन्छिनु अ.क्रि. पर सर्नु छुट्टिनु।
51912 पन्छिनु अ.क्रि. २. अलग रहनु, हट्नु टाढा पुग्नु।
51913 पन्छिनु अ.क्रि. ३. टर्नु।
51914 पन्छिनु अ.क्रि. ४. पन्छनु।
51915 पन्छी ना. पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो, पक्षी, पङ्खी, दोपाया।
51916 पन्छ्याइ ना. पन्छिने क्रिया वा प्रक्रिया।
51917 पन्छ्याइ ना. २. मन्सिने क्रिया वा प्रक्रिया।
51918 पन्छ्याहट ना. पन्छ्याइ।
51919 पन्जा ना. हात वा गोडाका पाँच औंलाको समूह।
51920 पन्जा ना. २. पाँच औँलासहितको हत्केलो, लबटो; पौंजा।
51921 पन्जा ना. ३. तास वा गन्जिफाको पाँच फुट्टीको पत्ती।
51922 पन्जा ना. ४. पाँच, नौ र एक कौडा ठाडा हुँदा पर्ने जुवाको खेलको एक दाउ।
51923 पन्जा ना. ५. पासाको खेलमा दुई पासामा दुवा दुवा र एक पासामा पोट पर्दा हुने एक दाउ।
51924 पन्जा ना. ६. गलैंचा बुन्दा तानको तनोट र बुनोटको धागो मिलाउन ठोकिने साधन।
51925 पन्जा ना. ७. पाँच औँलालगायत हत्केलादेखि मणिबन्धसम्म वा त्यसभन्दा केही माथिसम्म लगाइने सुती, ऊनी, प्लास्टिक, छाला आदिको खोल।
51926 पन्जा छाप ना. पाँच औँलाको सामूहिक छाप।
51927 पन्जा पत्र ना. राजाबाट बाहुलीद्वारा सिंदुर रङको छाप लगाई बक्स भएको ऐन, सबाल, सनद आदि।
51928 पन्जाब ना. भारतको उत्तर- पश्चिमी भागमा पर्ने भारत र पाकिस्तानमा विभाजित भएको एक प्रदेश।
51929 पन्जाबी वि. पन्जाब प्रान्तको पन्जाबसम्बन्धी।
51930 पन्जाबी वि. २. पन्जाबमा बनेको, भएको वा रहेको।
51931 पन्जाबी वि. ना. ३. पन्जाबको भाषा वा निवासी।
51932 पन्जाबी वि. ४. बिचमा साठो हाली पत्रैपत्र तथा चिरैचिरा पारेर घिउमा पकाइएको, मैदाका पिठाको एक प्रकारको रोटी।
51933 पन्जाबी कुर्था ना. आङ, कम्मर आदि चिटिक्क मिल्ने गरी तयार गरिएको जनाना कुर्या।
51934 पन्जाबी सुट ना. लामो सुलुत्त परेको कुर्था र सुरुवालको जाँघ ठुलो हुने, मोहोतामा खिप राखेर बनाइने जोडी पोसाक।
51935 पन्जाबी सुरुवाल ना. कम्मरमा इँजार बाँधिने, जाँघ खुकुलो हुने, मोहोता साँघुरो पारी कलले बाक्लै तगेर सिइएको सुरुवाल।
51936 पन्जु ना. दुई दुवा र एउटामा पोट आउँदा पर्ने पासाको खेलको एक दाउ।
51937 पन्डर ना. पानका आकारका पात हुने, भेट्नातिर गट्टाजस्तो हुने, सेता फूल फुल्ने र काला साना फल फल्ने, राता।
51938 पपरी ना. चमेरो (पक्षी)।
51939 पपलिन ना. कटन र सिल्कसमेत मिसी तयार गरिएको एक प्रकारको कपडा।
51940 पपिता ना. अँडिरका जस्ता पात हुने, प्राय: हाँगाबिंगा नहुने, पहेँलो फूल फुल्ने, भेट्नातिर विशेष डल्लो र फुकेको हुँदै टुप्पातिर ही पातलो हुने लाम्चा भावका ठुला फल टुप्पानेरै कुत्तिने एक जातको बोट, त्यसै बोटको फल पाकेपछि गुदी पहेँलो रङको र गुलियो स्वादको हुने र भित्र काला बियाँ हुने फल, मेवा, विता।
51941 पपिता ना. (यसका फललाई शक्तिवर्धक र पाचनशील मानिएको छ। )।
51942 पपिता फोर्ट ना. मेवाको फलबाट तयार, एक पाचनकारी औषधी।
51943 पप्पी ना. पातहरूमा काँडैकाँडा हुने एक जातको बिरुवा।
51944 पप्लु ना. तीन जोर तास मिलाएर रमी वा साइटिङका ढाँचाले खेलिने एक प्रकारको तास - खेल।
51945 पप्लु ना. २. सो खेलमा जोकर पल्टिएकै रङको माथिल्लो दोस्रो पत्ती।
51946 पति/पत्तो वि. हे. पगितो।
51947 पब्लिक ना. सर्वसाधारण मानिस, जनता; प्रजा।
51948 पब्लिक ना. वि. २. जनतासम्बन्धी जनताको।
51949 पब्लिक कम्पनी ना. कम्पनी कानुनअनुसार चलेको, जनतामा नै स्वामित्व रहेको संस्था।
51950 पब्लिक कम्पनी लिमिटेड ना. कम्पनी कानुनअनुसार चलेको, जनसमूहमा नै त्यसको स्वामित्व रहेको व्यवसायमूलक संस्था।