Dictionary

All Word

51601 पत्रालय ना. चिठी, पार्सल, धनादेश (मनी अर्डर) आदि बाहिर पठाउने, बाहिरबाट आएर जम्मा हुने र प्रापकहरूका जिम्मा दिने सरकारी संस्था, डाँकघर, हुलाक, पोस्ट अफिस।
51602 पत्रालाप ना. चिठीपत्र आदिका सहायताबाट हुने विचारको आदानप्रदान।
51603 पत्रावली ना. पत्रहरूको ताँती वा चाङ।
51604 पत्रावली ना. २. कसैले पठाएका चिठीपत्रहरूको क्रमिक रूपमा गरिएको सङ्ग्रह।
51605 पत्रिका ना. निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक आदि प्रकाशन।
51606 पत्रिका ना. २. विभिन्न विषयमा लेखिएका रचनाहरूको सङ्ग्रह भएको सामयिक पुस्तिका।
51607 पत्रिका ना. ३. चिठीपत्र वा अन्य कुनै विषयको प्रधानता भएको पत्र।
51608 पत्रिका ना. ४. चिना टिपन।
51609 पत्रिका ना. ५. आश्विन शुक्ल सप्तमीका दिन दुर्गापूजाको उत्सवका निम्ति भित्र्याइने फूलपाती।
51610 पत्रिताश्म ना. पत्रैपत्र भएको ढुड्गो, पत्रे चट्टान।
51611 पत्री वि. पत्र भएको पत्तीदार।
51612 पत्री वि. २. प्वाँख भएको प्वाँख हुने।
51613 पत्री वि. ना. ३. चिठीपत्र।
51614 पत्री वि. ४. सानो वा छोटो लेख।
51615 पत्री वि. ५. हे. पत्रिका।
51616 पत्री वि. ६. चिना, जन्मपत्र, टिपन।
51617 पत्री वि. ७. तेजपा।
51618 पत्रु वि. काम चलाउँदा चलाउँदा पुरानो भएको, थोत्रो।
51619 पत्रु वि. २. रद्दी, बेकम्मा।
51620 पत्रु वि. ना. ३ काममा नआउने भएका धातुका भाँडाकुँडा।
51621 पत्रे वि. पत्र भएको पत्रदार।
51622 पत्रे वि. २. तहैतह मिलेको, पत्रैपत्र परेको।
51623 पत्रे चट्टान ना. पत्रिताश्म।
51624 पत्रे डाँठ ना. काण्डसँग जोडिएको पातको भाग।
51625 पत्रे सितारा ना. ढुङ्गामा पत्रपत्र परेर टल्किने सितारा जस्तै कण, बोक्सी सितारा।
51626 पत्रपत्र वि धेरै पत्र भएको; खातैखात; खापैखाप।
51627 पथ ना. रोगी वा पेट कमजोर भएका मानिसले खान लायकको वस्तु।
51628 पथ ना. २. हलुको र स्वास्थ्यकर खानेकुरा।
51629 पथ ना. ३. पायेय।
51630 पथ ना. बाटो मार्ग।
51631 पथ ना. २. कार्यपद्धति, कार्यप्रणाली।
51632 पथकर ना. कुनै सडक वा पुलबाट जाने - आउने र मालसामान ल्याउने लैजाने काम गरेबापत लाग्ने दस्तुर।
51633 पथगामी वि. पथ वा बाटामा हिँड्ने, पथिक, बटुवा।
51634 पथगामी वि. २. अनुयायी, अनुगामी।
51635 पथगामी वि. पथ वा बाटामा हिँड्ने, पथिक, बटुवा।
51636 पथगामी वि. २. अनुयायी, अनुगामी।
51637 पथचारी ना. बाटो हिँड्ने बटुवा पथिक।
51638 पथदर्शक ना. बाटो देखाउने मानिस भेगियार, अगुवा व्यक्ति, पथप्रदर्शक।
51639 पथपरहेज ना. रोगीले गर्ने, नगर्ने वा खान नहुने कुरा आदिको अनुशासन, मुख बार्ने काम।
51640 पथप्रदर्शक ना. बाटो देखाउने वा कुनै विशेष कामको निर्देशन दिने व्यक्ति; पथदर्शक मार्गदर्शक।
51641 पथप्रदर्शन ना. बाटो देखाउने काम, कुनै विशेष कामकुरामा दिइने वा गरिने निर्देशन।
51642 पथरा ना. रोगीको बिछ्‌यौना, रोगशय्या।
51643 पथरा ना. २. रोगी थला परेको अवस्था, पथारा।
51644 पथार्नु स.क्रि. पत्थर वा चकलामा मुछेको पिठो राखेर बेल्नाले बेल्नु।
51645 पथार्नु स.क्रि. २. गिलो गोबरको गुइँठा वा डल्ला पार्नु।
51646 पथार्नु स.क्रि. ३. नौनी घिउ हातमा उफार्दै मोही निथार्नु।
51647 पथार्नु स.क्रि. ४. धान, आदिका जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम गर्नु।
51648 पथार वि. थेप्चो वा चेप्टो।
51649 पथार वि. ना. २. नौनी घिउलाई हातमा राखेर उफार्दै मही नियार्ने काम।
51650 पथार वि. ३. उखेलिएको धान, कोदो।