Dictionary

All Word

51651 पथार वि. आदिका बिउको जरामा अल्झेको माटो पानीमा चोर साहो ठाउँमा ठोक्कै माटो नियार्ने काम।
51652 पथारपुथुर ना. नौनी घिउबाट मही निथार्ने काम।
51653 पथारपुथुर ना. २. धान, कोदो आदिका जरामा टाँसिएको माटो पानीमा पखाल्ने काम।
51654 पथारपुथुर ना. ३. राम्ररी पाँज्ने वा फिँजाउने क्रिया।
51655 पथारा ना. रोगी सुत्ने बिछ्यौना, रोगशय्या।
51656 पथारा ना. २. रोगशय्यामा रहेको अवस्था; रोगी उठ्न नसक्ने अवस्था, थला परेको अवस्था।
51657 पथराइ ना. पथार्ने क्रिया वा प्रक्रिया।
51658 पथराइ ना. २. पथरा पर्ने क्रिया वा प्रक्रिया।
51659 पारिनु क.क्रि. पथार्ने काम गरिनु।
51660 पारिनु क.क्रि. अ.क्रि. २. पथरा परिनु।
51661 पथिक ना. बाटो हिँड्ने व्यक्ति, बटुवा, मुसाफिर।
51662 पथिकाश्रम ना. बटुवाहरूलाई वास बस्नका निम्ति बनाइएको पाटी, पौवा वा सत्तल।
51663 पथिकाश्रम ना. २. धर्मशाला, अतिथिगृह।
51664 पथी ना. पथिक, बटुवा, यात्री।
51665 पथ्य ना. बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना, प।
51666 पथ्य ना. २. उपयुक्त एवं स्वास्थ्यकर आहार।
51667 पथ्य ना. वि. ३. लाभदायक, गुणकारी, स्वास्थ्यकर (आहार)।
51668 पथ्यापथ्य ना. रोगीले खान हुने र नहुने तथा बिरामीलाई हित गर्ने वा नगर्ने चिज, पथ्य र अपथ्य आहार।
51669 पथ्रेन/पथ्यान- ना. ढुङ्गैढुङ्गा भएको जमिन, ड्यान ढाँड।
51670 पद ना. गोडो, खुट्टो, पाउ।
51671 पद ना. २. पाइलो, कदम।
51672 पद ना. ३. श्लोकको चरण वा पाउ।
51673 पद ना. ४. वाक्यमा व्यवहार गर्न लायक वा व्यवहार गरिएका शब्दको कोटि।
51674 पद ना. ५. योग्यता, काम वा महत्त्व का आधारमा निश्चित गरिएको दर्जा, पदवी, उपाधि।
51675 पद ना. ६ ठाउँ स्थान।
51676 पद ना. ७. दान गरिने छाता, जुत्ता, लठ्ठी, औंठी, कमण्डलु, पकाउने भाँडा, तामाको भाँडो, जनै, द्रव्य, पकाएको खानेकुरो, काँचो अन्न, आसन र वस्त्र - यी तेह्र थरी वस्तुको समूह।
51677 पदक ना. पूजा गर्नका निम्ति बनाइएका चरणको प्रतिमूर्ति, प्रतिमा।
51678 पदक ना. २. कुनै राम्रो काम गरेबापत पुरस्कार वा सम्मानका रूपमा दिइने सुन, चाँदी, तामा आदि धातुको गोल वा अरू आकारको विशेष टुक्रो तक्मा ( मेडल )।
51679 पदक ना. ३. वेदको पाठ गर्ने प्रवीण व्यक्ति।
51680 पदचाप ना. पाइलो राख्ताको आघात, पाइलाको चिहन।
51681 पदचिह्न ना. पैतालाको डाम पाइलो।
51682 पदच्छेद ना. वाक्य वा वाक्यांशका पदहरूलाई अलग- अलग छुट्ट्याउने काम।
51683 पदच्युत वि . आफ्नो पदबाट हटाइएको, नोकरीबाट हटाइएको।
51684 पदच्युति ना. पदबाट हटाउने काम, नोकरीबाट निकाल्ने काम, खोसुवा।
51685 पदतल ना. पैतालो।
51686 पदतल ना. २. जुत्ताको तलुवा।
51687 पदत्याग ना. आफ्नो ओहदा वा पदबाट हट्ने काम, जागिर छाड्ने काम राजीनामा।
51688 पददलित वि . खुट्टाले कुल्चिएको।
51689 पददलित वि . २. गर्व चूर्ण पारेर खुट्टामा झुकाइएको वा निहुराइएको।
51690 पददान ना. मृतकका नाउँमा मरेका तेह्रौं दिनमा गरिने छाता, जुत्ता, ताम्रपत्र, लट्ठी, जनै, औंठी, कमण्डलु, पाकपात्र, पकाएको अन्न, काँचो अन्न, धोती, आसन, द्रव्य आदिको दान।
51691 पदधारी वि. कुनै पदमा रहेको वा बहाली भएको, कुनै दर्जा पाएको।
51692 पदधारी वि. ना. २. पदाधिकारी, कर्मचारी।
51693 पदन्यास ना. खुट्टा राख्ने काम, गोडाले टेक्ने काम।
51694 पदन्यास ना. २. पाउको चिह्न, पैतालाको डाम पाइलो।
51695 पदन्यास ना. ३. कुनै लेख वा रचनामा उपयुक्त पद राख्ने काम, पदविन्यास।
51696 पदपूरक ना. कुनै पदको रिक्त स्थान पूर्ति गर्ने काम वा अवस्था।
51697 पदपूरक ना. वि. २. त्यस्तो पद पूरा गर्ने, पदपूर्तिको काम गर्ने ( सङ्ख्या, अड्ङ्ग आदि)।
51698 पदपूर्ति ना. खाली रहेका पद वा दर्जामा नयाँ व्यक्ति भर्ना गरेर उक्त पद पूरा गर्ने काम।
51699 पदपूर्ति ना. २. परीक्षा आदिका प्रश्नमा तोकिएको कुनै गद्यांशभित्र खाली रहेका ठाउँमा उपयुक्त पद हालेर वाक्य पूरा गर्ने काम।
51700 पदपूर्ति प्रश्न ना. बिच-बिचका पदहरू खाली छाडेर सो ठाउँमा पदपूर्ति गर्नका निम्ति सोधिने प्रश्न।