Dictionary

All Word

66551 ब्लक ना. १. चित्र; अक्षर आदि छाप्ने काठ; रबर; जस्ता; तामा आदिको साँचो; छपाइ - साँचो।
66552 ब्लक ना. २. कुनै क्षेत्रको निर्धारित भाग।
66553 ब्लटिङ ना. लेख्ता कलमले छादेको वा बढी भएको मसी सोस्ने एक प्रकारको खस्रो कागत; सोस्ता; शोषणी।
66554 ब्लटिङ पेपर ना. ब्लटिङ; सोस्ता; सोख्ता।
66555 ब्लड बैंक ना. रक्त सञ्चयभण्डार।
66556 ब्लाउज ना. घाँटीको अगाडिपछाडि दुवैतिर खोलिएको र आधा बाहुला हुने; टाँक लगाइने चोलो।
66557 ब्लेड ना. १. छुरा; कैंची आदि हतियारको धार।
66558 ब्लेड ना. २. कपाल; रौं; दाह्री खौरने पत्ती।
66559 ब्ल्याक वि. कालो; अँध्यारो; मैलो।
66560 ब्ल्याक बोर्ड ना. कालोपाटी।
66561 ब्ल्याक मार्केट ना. गुप्त रूपमा वा अवैध किसिमले बढी मूल्य लिएर माल बिक्री गर्ने बजार; चोरबजार; कालोबजार।
66562 ब्ल्याङ्क फायर ना. भिडभाड वा आतङ्क हटाउनका निम्ति हावामा चलाइने गोली ; हवाईफायर।
66563 ब्वाँसो ना. १. पशुहरूलाई गुदद्वारबाट हात हालेर आन्द्रा झिकी मार्ने एक हिंसक पशु; जङ्गली कुकुर।
66564 ब्वाँसो ना. वि. २. चिप्ला कुरा गरी अरूको बिगार गर्ने; कुरा धुत्नमा बित्पाते; धूर्त (मानिस)।
66565 ब्वायलर ना. मासु खाइने विकासे कुखुराको एक जा।
66566 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये चौबिसौँ वर्ण, ओष्ठ्य, स्पर्शी, सघोष, महाप्राण व्यञ्जन ध्वनि; पवर्गको चौथो अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; भकारी भ।
66567 भँगडची वि. भाङको अम्मली; भाङ खाने लत बसेको; भाङको नशामा भुल्ने; भँग्याहा।
66568 भँगडी ना. भाङ खाने; भँगडची ; भङडी।
66569 भँगालिनु अ.क्रि. खोलो, खोल्सो आदिले आफ्नो बाटो छाडी केही भाग फुटेर वा छरिएर यताउति लाग्नु; भँगालो भएर बग्नु।
66570 भँगालो ना. १. मूल नदी वा खोलाबाट फाटेर दायाँ-बायाँ हानिँदै बगेको सानो खोलो; गहिरिएको खोल्सो; भङालो।
66571 भँगालो ना. २. बर्खाको पानीले गहिरो पारेको ठाउँ; खेत- बारीमा पानीले खोलेको भाग; भङ्दालो।
66572 भँगेरी ना. भँगेराको पोथी।
66573 भँगेरी खुट्टे ना. १. भँगेराका खुट्टा जस्तै काँडा हुने एक प्रकारको लहरो।
66574 भँगेरी खुट्टे ना. वि. २. भँगेराका जस्तै झिना खुट्टा हुने (मानिस)।
66575 भँगेरे ना. खैरो रङको दाना हुने एक खालको धान वा सो धानको चामल।
66576 भँगेरो ना. खैरो रङको, कोटेरो वा फिस्टोजत्रै सानो एक जातको चरो।
66577 भँग्याहा वि. भाङ खाने लत बसेको; भँगडची; भँगडी।
66578 भँचाइ ना. भाँच्ने भाव, क्रिया वा प्रक्रिया।
66579 भँचाउनु प्रे.क्रि. भाँच्न लाउनु; भाँच्ने पार्नु।
66580 भँडाइ ना. भाँड्ने भाव, क्रिया वा प्रक्रिया।
66581 भँडाइनु क.क्रि. भाँड्न लाइनु।
66582 भँडाउनु प्रे.क्रि. भाँड्न लाउनु; बिथोलाउनु।
66583 भँडार ना. मालसामान राखनधरन गर्ने कोठो; भण्डार; ढुकुटी।
66584 भँडारखाल ना. १. राजामहाराजाहरूले भोजभतेर गर्ने विशेष ठाउँ वा उपवन।
66585 भँडारखाल ना. २. हनुमानढोका दरबारभित्रका आँगनमा रहेको प्रसिद्ध ठाउँ।
66586 भँडारखाल ढुकुटी ना. भण्डारखालमा रहेको नेपालको ऐतिहासिक भण्डार वा कोष।
66587 भँडारखाल पर्व ना. राणा प्रधानमन्त्री जङ्गबहादुरलाई हनुमानढोका दरबारभित्रको भँडारखालमा भोजको निम्तो दिई उनको हत्या गर्ने योजना भएको, इतिहासप्रसिद्ध एक षड्यन्त्रपूर्ण घटना।
66588 भँडारिया ना. भँडारे।
66589 भँडारी ना. १. भँडारको हर्ताकर्ता; भण्डारी २. नेपालीको एउटा थर।
66590 भँडारी ना. स्त्री. भँडार्नी।
66591 भँडारे ना. भँडारको अधिपति।
66592 भँडारे ना. (उदा.- राजाको धन जान्छ, भँडारेको पेट पुद्छ)।
66593 भँडालो/भँडाल्नु ना. भ्रूण रहने स्थान; पाठेघर; गर्भाशय; बच्चादानी।
66594 भँडाहा वि. भाँड्ने काम गर्ने; बिथोलाहा।
66595 भँडिनी ना. १. भाँड - जातिकी स्त्री; भाँडकी स्वास्नी; भँडेनी।
66596 भँडिनी ना. २. भाँडिएकी वा भ्रष्ट स्त्री।
66597 भँडिनी ना. वि. ३. कामकुरामा भाँडभैलो गर्ने (स्त्री)।
66598 भँडुवा वि. १. भइरहेको कामकुरो बिथोल्ने वा बिगार्ने; भाँडभैलो मचाउने; भाँड।
66599 भँडुवा वि. २. अश्लील वा अशिष्ट व्यवहार गर्ने; फोहोरी कुरा बोल्ने।
66600 भँडुवा वि. ना. ३. भाँडको पेसा लिने व्यक्ति।