Dictionary

All Word

66601 भँडेनी ना. / वि. हे. भँडिनी।
66602 भँडेरो ना. खेतीवालहरूले मुख्य बाली भित्र्याउँदा भाँडहरूका लागि छुट्ट्याइएको भाग; भाँडहरूले पाउने अन्नको भाग।
66603 भँड्खारो/भँड्खालो ना. गहिरिएको ठाउँ; भड्खारो।
66604 भँवरो ना. भमरो।
66605 भइ टोपल्नु अ.क्रि. करबलले वा देखाउनका निम्ति मात्र भए जस्तै हुनु; भइदिन खोज्नु।
66606 भइनु अ.क्रि. होइनु।
66607 भइपरि आउने वि. आकस्मिक रूपमा वा कारणवश हुने; कुनै विशेष अवस्थाका लागि चाहिने वा गर्नुपर्ने (बजेट, खर्च, बिदा इ.)।
66608 भकभक ना. १. बोल्दा बिचबिचमा अड्किने तथा शब्द दोहोरिने एक आदत वा रोग।
66609 भकभक ना. क्रि.वि. २. बेसरी उम्लेर बाफ निस्कने गरी।
66610 भकभक ना. ३. खन्दा ठुलठुला चपरा पल्टाएर।
66611 भकभकती क्रि.वि. १. खुबसित पाक्ने गरी; भकभक।
66612 भकभकती क्रि.वि. २. खन्दा ठुलाठुला चपरा झिक्ने गरी।
66613 भकभकाइ ना. भकभकाएर बोल्ने भाव वा क्रियाप्रक्रिया।
66614 भकभकाइनु अ.क्रि. भकभक गरी बोल्ने होइनु।
66615 भकभकाउनु अ.क्रि. बिचबिचमा अड्केर तथा ध्वनि दोहोऱ्याएर आवाज निकाल्नु; भकभक गर्नु।
66616 भकभकिनु अ.क्रि. बोल्दा भकभक होइनु; भकभकाइनु।
66617 भकभकी क्रि.वि. १. खुबसित उम्लेर पाक्ने गरी; भकभक।
66618 भकभकी क्रि.वि. २. ठुलठुला चपरा झिकेर धमाधम खन्ने चालसँग।
66619 भकभक्याइ ना. भकभकिने भाव, क्रिया वा प्रक्रिया।
66620 भकभक्याहट ना. भकभक्याइ।
66621 भकाइ ना. १. भाक्ने क्रिया वा प्रक्रिया।
66622 भकाइ ना. [भकाउ+आइ] २. भकाउने क्रिया वा प्रक्रिया।
66623 भकाइनु क.क्रि. भाक्न लाइनु।
66624 भकाउनु स.क्रि. १. अचानक सत्य कुरा मुखबाट निस्कनु।
66625 भकाउनु स.क्रि. प्रे. क्रि. २. किरिया खान लाउनु; शपथ गराउनु।
66626 भकानु/भकानो ना. १. माटो आदिको ठुलो डल्लो वा चपरी।
66627 भकानु/भकानो ना. २. दुःख वा शोकका वेगले छातीमा परेको गाँठो।
66628 भकाभक क्रि.वि. कुनै काम नरोकिई हुने गरी; सुरुसुरु; खुरुखुरु।
66629 भकार ना. पवर्गको चौथो वर्ण; 'भ' अक्षर।
66630 भकारी ना. १. बाँस, निगालो आदिका चोयाले मान्द्रोजस्तो पारेर बुनेको अन्न राख्ने ठुलो भाँडो।
66631 भकारी ना. २. त्यसरी बुनेको चित्रो।
66632 भकारी ना. वि ३. ठुलो जिउ हुने; भद्दा शरीर भएको (व्यक्ति)।
66633 भकारी ना. ना. ४. नदीको किनाराका घाटमा बनेको गोलाकार चौतारो।
66634 भकारो ना. गाई, भैँसी आदि पशुहरूको मल; गोबरको थाप्रो।
66635 भकी अमिलो ना. भकिम्लो।
66636 भकी अमिलो ना. एकै भेट्नामा चारपाँचवटा पात लाग्ने, छदेखि आठजोरसम्म दाँतीका कुना हुने, सेतो सेतो पहेँल्च्या रङका झुप्पादार मसिना फूल फुल्ने, गहतका जस्ता राता मसिना दाना फल्ने, असोजतिर देखिने तथा त्यसबाट अमिलो बनाइने, महाभारत र चुरेसम्मका पहाडमा हुने एक जातको रुख; सोही रुखको अमिलो फल।
66637 भकुन्डिनु अ.क्रि. भकुन्डो झैं गुड्नु; लडीबुडी गर्नु।
66638 भकुन्डे वि. भकुन्डोजस्तो बाटुलो परेको; गोलो।
66639 भकुन्डे भाइ फर्सी (फूलमती दिदी भकुन्डे भाइ)।
66640 भकुन्डो ना. १. हुत्त्याएर वा गुडाएर खेलिने रबरले मोरिएको गोलो साधन; बल।
66641 भकुन्डो ना. वि. २. पुड्को र डल्लो जिउ भएको।
66642 भकुन्ड्याइ ना. भुकुन्डिने भाव, क्रिया वा प्रक्रिया।
66643 भुकुन्ड्याइनु क.क्रि. भुकुन्डो झैँ गुडाइनु।
66644 भकुन्ड्याउनु स.क्रि. १. भकुन्डो झैं गुडाउनु।
66645 भकुन्ड्याउनु स.क्रि. २. लात्तीले हानेर यताउति गुडाउनु; लत्त्याउनु।
66646 भकुर्नु स.क्रि. १. खुबसित खानु; बेसरी खानु; घिच्नु।
66647 भकुर्नु स.क्रि. २. बेसरी पिट्नु; गोद्नु।
66648 भकुराइ ना. भकुर्ते भाव, क्रिया वा प्रक्रिया।
66649 भकुराइनु क.क्रि. भकुर्न लाइनु।
66650 भकुराउनु प्रे. क्रि. भकुर्न लाउनु।