Dictionary

All Word

66651 भकुरिनु क.क्रि. बेसरी पिटिनु।
66652 भकुल्ले वि. मोटोघाटो शरीरको ; भुक्लुक्क परेको; थामरथुमर।
66653 भकुल्लो वि. शरीर भुक्लुक्क देखिने किसिमको; मोटोघाटो वा थामरथुमर।
66654 भक्क क्रि.वि. १. दुध, पानी आदि उम्लिने गरी।
66655 भक्क क्रि.वि. २. फुल्ने वा सुन्निने किसिमले।
66656 भक्कानिनु अ.क्रि. १. भक्कानो छुट्नु; मनमा गाँठो पर्नु।
66657 भक्कानिनु अ.क्रि. २. अप्रत्याशित घटनाले पिरोलिनु।
66658 भक्कानु/भक्कानो ना. १. माटो आदिको ठुलो डल्लो वा चपरी।
66659 भक्कानु/भक्कानो ना. २. ठुलो गानु।
66660 भक्कानु/भक्कानो ना. ३. ज्यादै हर्ष वा ठुलो दुःख हुँदा बोली नफुट्ने गरी मुटु वा छातीमा रोकिएको गाँठो; उँभर्को; उमर्को।
66661 भक्कार वि. बडेमान; बडोमा (गोरु, राँगो इ.)।
66662 भक्कासे वि. बेछाँटको ठुलो ; भद्दा।
66663 भक्कु १ ना. १. भाद्रशुक्ल पक्षमा राँगो बलि दिन भैरवी नाचमा नाच्ने गण।
66664 भक्कु १ ना. २. धेरै; थुप्रै (उदा.- आज उसले भक्कु खायो।)।
66665 भक्कुमारी ना. केटाकेटीले खेल्ने एक प्रकारको खेल।
66666 भक्कुचुर ना. निर्घात, भक्कुमार।
66667 भक्कु २ वि. १. भुक्लुक्क परेको; मोटोघाटो र मूर्ख; बोधो; नासमझ।
66668 भक्कु २ वि. २. डल्ले।
66669 भक्कोटे वि.बो. आफ्नो चङ्गाले विपक्षीको चङ्गा काट्ता खुसीमा भनिने शब्द; भचेट।
66670 भक्खर क्रि.वि. केही बेर मात्र पहिले; भर्खर; अहिले।
66671 भक्खरको वि. १. थोरै बेर मात्र भएको; ताजा।
66672 भक्खरको वि. २. जवानी चढेको; उमेरदार।
66673 भक्खरको वि. स्त्री. भक्खरकी।
66674 भक्त वि. १. श्रद्धासाथ ईश्वर वा देवताको भक्ति गर्ने; भक्तालु।
66675 भक्त वि. २. पूज्य वा ठुला व्यक्तिमा श्रद्धा राख्ने।
66676 भक्त वि. २. धार्मिक कार्यमा आस्था भएको; श्रद्धालु।
66677 भक्त वि. ३. भाग वा अंश लगाइएको; विभक्।
66678 भक्त वि. ना. ४. सेवक; उपासक।
66679 भक्त वि. ५. भात; भोजन।
66680 भक्तपुर ना. काठमाडौंदेखि तीन कोस पूर्वमा रहेको प्रसिद्ध नगर; उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये एक; भादगाउँको वर्तमान नाम।
66681 भक्तपुरे वि. १. भक्तपुरसम्बन्धी; भक्तपुरको।
66682 भक्तपुरे वि. २. भक्तपुरको बासिन्दा।
66683 भक्तवत्सल वि. आफ्ना श्रद्धालु भक्तहरूप्रति दया गर्ने।
66684 भक्तालु वि. भक्तिभावनामा लागेको; श्रद्धालु; भक्।
66685 भक्ति ना. १. ईश्वर वा देवी - देवताप्रति हुने निष्ठा, आस्था वा पूजाको भावना।
66686 भक्ति ना. २. पूज्य वा मान्यजनप्रति हुने आदरभाव वा श्रद्धा।
66687 भक्ति ना. ३. चाकरी; सेवा; टहल ४. विश्वास; आस्था।
66688 भक्ति ना. ५. साहित्यमा भक्तिमार्गी विद्वान्हरूले मान्ने भक्ति स्थायी भाव हुने एक रागप्रधान रस।
66689 भक्ति थापा ना. वि. सं. १८७२-७३ मा मलाउँमा भएको नेपाल र अङ्ग्रेजको युद्धमा अङ्ग्रेजहरूसँग वीरतापूर्वक लड्दालड्दै वीरगति प्राप्त गर्ने एक प्रसिद्ध गोरखाली सरदार।
66690 भक्तिनी ना. भक्तिभावना भएकी स्त्री; भक्त स्त्री; भक्तेनी।
66691 भक्तिमान् वि. भक्तिभावनाले भरिएको; भक्तालु; भक्।
66692 भक्ति मार्ग ना. ईश्वर वा देवदेवीको भक्ति गरेर मुक्ति प्राप्त गरिने एक उपाय; गीतामा वर्णित ज्ञानमार्ग, कर्ममार्ग र भक्तिमार्गमध्ये एक।
66693 भक्तिमालो ना. राई - लिम्बूहरूमा प्रचलित, कात्तिक पूर्णिमादेखि औँसीसम्म पन्ध्र दिन तिहारका रूपमा मनाइने चाडमा गाउँका बुढापाकाहरूले फूल - अक्षता लिएर दियो बाली गाउने लोकगी।
66694 भक्तेनी ना. भक्तिनी।
66695 भक्याइ ना. भक्याउने भाव, क्रिया वा प्रक्रिया।
66696 भक्याइनु क.क्रि. ठुलठुला भकाना उप्कने गरी खनिनु।
66697 भक्याउनु स.क्रि. ठुलठुला भकाना उप्कने गरी खन्नु, ठेला वा चपरी उप्काउनु।
66698 भक्रन वि. १. महामारी जरो आदि रोगले ग्रस्त भई पसारिएको; थला परेको।
66699 भक्रन वि. ना. २. उठ्नै नसक्ने गरी थलिएको रोगी; ऐया आत्था गरेर कराउने मधौरु।
66700 भक्रन वि. क्रि.वि. ३. उठ्नै नसक्ने किसिमले बिरामी परी; बेसरी थलिएर।