Dictionary

All Word

66751 भगौटे वि. भगुवा।
66752 भग्न वि. १. टुटफुट भएको; भत्केबिग्रेको।
66753 भग्न वि. २. भागेको; पलायि।
66754 भग्नप्रतिज्ञ वि. आफूले कबुल गरेको कुरासमेत पुऱ्याउन नसक्ने; प्रतिज्ञा भङ्ग भएको; च्युतप्रतिज्ञ।
66755 भग्न मनोरथ वि. मनोरथ पूरा नभएको; इच्छा नपुगेको।
66756 भग्नावशेष ना. १. भत्की - बिग्री बाँकी रहेको अंश।
66757 भग्नावशेष ना. २. पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण प्राचीन अवशेष।
66758 भग्नोत्साह वि. उत्साह भङ्ग भएको।
66759 भङडी ना. हे. भँगडी।
66760 भङाइ ना. भङाउने क्रिया वा प्रक्रिया।
66761 भङाइनु क.क्रि. भङाउने काम गरिनु वा गराइनु।
66762 भङाउनु स.क्रि. वनजङ्गल फाँडेर बस्ती बस्ने ठाउँ बनाउनु; बाँझो ठाउँ खनजोत गर्नु।
66763 भङालो ना. हे. भँगालो।
66764 भङ्ग ना. १. कुनै पनि विषय वा वस्तु बिग्रने, टुट्ने वा नष्ट हुने काम।
66765 भङ्ग ना. २. विनाश; विध्वंस।
66766 भङ्ग ना. ३. पूरा नभएको वा नपुगेको स्थिति (निश्चय, प्रतिज्ञा, आशा आदि)।
66767 भङ्ग ना. ४. सभा, सङ्गठन, संस्था आदि बिचैमा टुट्ने काम।
66768 भङ्ग ना. ५. जल वा ध्वनिको तरङ्ग; लहर।
66769 भङ्ग ना. ६. गाँजा; भाङ।
66770 भङ्गरभाउलो वि. १. सोचविचारै नगरी जथाभाबी टेकेर हिँड्ने।
66771 भङ्गरभाउलो वि. २. उत्ताउलो स्वभावको; उच्छृङ्खल।
66772 भङ्गिगत ना. १. भन्ने ढाँचा; भङ्गिमा।
66773 भङ्गिगत ना. २. लय; भाखा।
66774 भङ्गिमा ना. १. कुनै खास मनोभाव प्रकट गर्ने भावयुक्त तथा कलापूर्ण शारीरिक मुद्रा।
66775 भङ्गिमा ना. २. भनाइ वा बोलाइको ढाँचा तथा विशेषता।
66776 भङ्गिमा ना. ३. व्यङ्ग्य।
66777 भङ्गिमा ना. ४. टेढोपन; वक्रता।
66778 भङ्गिमा ना. ५. भाँचिने काम; टुक्य्राइ।
66779 भङ्गी ना. १. कलात्मक तथा भावपूर्ण हाउभाउ वा बोलाइचलाइ; भावभङ्गी।
66780 भङ्गी ना. २. कुटिलता; टेढोपन।
66781 भङ्गी ना. ३. लहर।
66782 भङ्गी ना. ४. व्यङ्ग्य।
66783 भङ्गी ना. वि. ५. भङ्ग हुने; नाशवान्।
66784 भङ्गुर वि. १. तत्काल भङ्ग हुने अवस्थाको; नाशवान्।
66785 भङ्गुर वि. २. बाङ्गो; टेढो।
66786 भङ्ज्याइँ ना. भङ्ज्याहाको चाल; उपध्रो।
66787 भङ्ज्याहा वि. उपध्रो गर्ने स्वभावको; भाँडभैलो मचाउने; भज्याइँमा लाग्ने।
66788 भङ्दालो ना. भड्खारो; भड्खालो; भ्वाङ।
66789 भङ्याहा वि. भाङको अम्मली; भँग्याहा।
66790 भचक्र ना. ज्योतिषशास्त्रमा वर्णित सम्पूर्ण ग्रह र नक्षत्र सङ्क्रमण गर्ने चक्र; राशिचक्र।
66791 भचेट वि.बो. हे. भक्कोटे।
66792 भच्छी वि. खाने; भक्षी।
66793 भच्छे वि. खान हुने; भक्ष्य।
66794 भच्छेअभच्छे ना. खान हुने र खान नहुने; भक्ष्याभक्ष्य।
66795 भज्नु १ स.क्रि. १. देवता वा ईश्वरको नामकीर्तन गर्नु; भजन गर्नु; उपासना गर्नु।
66796 भज्नु १ स.क्रि. २. टहलचाकरी गर्नु; सेवा गर्नु।
66797 भज्नु १ स.क्रि. ३. पतिका रूपमा मान्नु।
66798 भज्नु २ अ.क्रि. १. ठुलो मोलका मुद्रा वा नोट दिएर कम मोलका रुपियाँ, नोट वा खुद्रा पैसा साट्ने काम हुनु; मुद्रा साटिएर चानचुन प्राप्त हुनु।
66799 भज्नु २ अ.क्रि. २. एक मुद्रासँग अर्को थरी मुद्राको साटफेर वा सटही हुनु।
66800 भजन ना. १. आराध्य देवीदेवताको र गुरु आदिको नाम र महिमा बारबार लिने र गाउने काम; नामकीर्तन; गुणगान।