Dictionary

All Word

66851 भट्ट ना. ५. भटमास।
66852 भट्ट ना. ६. लिच्छविकालीन प्रशासनमा सेनालाई बुझाउने शब्द।
66853 भट्टा ना. माटोबाट इँटा, झिँगटी, टायल आदि बनाई अवालमा पोलेर तयार पारिने ठाउँ; भट्टी; भट्टाल।
66854 भट्टाधिकरण ना. १. भट्ट, ब्राह्मण वा विद्वान्द्वारा समाजमा धर्मसङ्कट आउन नदिन देखादेख न्याय-अन्यायको निर्णय गर्ने- गराउने लिच्छविकालीन एक अड्डा।
66855 भट्टाधिकरण ना. २. लिच्छविकालमा सैनिक व्यवस्था चलाउने अड्डा।
66856 भट्टारक ना. १. पूज्य; श्रद्धेय; मान्य।
66857 भट्टारक ना. ना. २. राजा; युवराज।
66858 भट्टारक ना. ३. स्वामी; मालिक।
66859 भट्टारक ना. ४. सूर्य।
66860 भट्टारक पादीष ना. राजा - महाराजको उत्तरदायित्व वहन गरी कुनै कार्यालयमा काम गर्ने कर्मचारी।
66861 भट्टारक युवराज ना. लिच्छविकालीन राजपरम्परामा राजाको निश्चित उत्तराधिकारी।
66862 भट्टाल ना. हे. भट्टा।
66863 भट्टी ना. १. जाँड, रक्सी बनाउने कारखाना; मदभट्टी।
66864 भट्टी ना. २. जाँडरक्सी बेच्ने पसल; जाँडरक्सी खाने ठाउँ।
66865 भट्टी ना. ३. धातुहरू गाल्ने ठुलो अगेनु।
66866 भट्टी ना. ४. इँटा, हाँडी, गाग्रा आदि माटाका सामान पकाउने ठुलो अवाल; भट्टा।
66867 भट्टी चर्सा रकम ना. मदभट्टी र लाहाव्यापार सञ्चालन गर्ने व्यापारी वा ठेकेदारले सरकारलाई तिर्नुपर्ने रकम।
66868 भट्टी वाल ना. भट्टीको मालिक; भट्टीको सञ्चालन गर्ने व्यक्ति।
66869 भट्टी वाल्नी ना. भट्टीवालको स्त्रीलिङ्गी रूप।
66870 भट्टे ना. होचो बोट, भटमासका जस्तै पात र फुपुक्क परेका फूल हुने गहतका जस्तै मसिना कोसा लाग्ने, वस्तुलाई घास खुवाइने एक वनस्पति।
66871 भट्टे किरो ना. गोबरका थुप्रातिर बस्ने, खपडाले पखेटा ढाकिएको, उत्तानो पर्दा फित्कौली फिटिक - फिटिक गरेर उफ्रने एक किरो।
66872 भट्टे डाँडो ना. काठमाडौं उपत्यकाको दक्षिणतिर पहाडमा रहेको एउटा ठाउँ।
66873 भट्ट्याइ १. भट्ट्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
66874 भट्ट्याइ २. देउसी, भजन आदिमा पहिलो लबज दोहोऱ्याउने काम।
66875 भट्ट्याइनु क.क्रि. १. भट्टयाउने काम गरिनु; भजन आदिमा पहिलो लबज भनिनु।
66876 भट्ट्याइनु क.क्रि. २. धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कसिनु।
66877 भट्ट्याउनु १ स.क्रि. घर, कटेराका धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कस्नु; भाटा हालेर डाँडाहरू बाँध्नु।
66878 भट्ट्याउनु २ स.क्रि. १. देउसी, कीर्तन, भजन आदिमा पहिलो लवज वा वाक्य दोहोऱ्याउनु; सामूहिक रूपमा त्यस्तो लवज फलाक्नु।
66879 भट्ट्याउनु २ स.क्रि. २. मन नपर्दो वा असभ्य कुरा ठुलो स्वरले भन्नु।
66880 भट्ट्याउने ना. भजन, देउसी आदिमा पहिलो चरण भन्ने व्यक्ति।
66881 भट्याक ना. नाडीको चलाइ, पखेटाको आवाज वा भुटाइको शब्द।
66882 भट्याकभट्याक क्रि.वि. १. नाडी, मुटु आदि लगातार चल्ने गरी; ढुकढुक।
66883 भट्याकभट्याक क्रि.वि. २. पखेटा, खुट्टा आदि शब्द आउने गरी जोडले चलाएर।
66884 भट्याकभुटुक क्रि.वि. हरियापरिया अन्न वा दानाहरू भुट्दा पड्कने गरी; भुटाइको शब्दसा।
66885 भट्याक्क क्रि.वि. १. एकाएक मुटु, नाडी आदि जोडले चल्ने गरी।
66886 भट्याक्क क्रि.वि. २. त्यसरी नै पखेटा आदि चलाएर।
66887 भडक ना. १. भड्किलो हुनाको भाव वा अवस्था; चमकदमक।
66888 भडक ना. २. सजधज ; ढाँचा।
66889 भडकदार वि. आवश्यकताभन्दा बढी सजधज गरिएको; चमकदमक भएको; भड्किलो।
66890 भड्कनु अ.क्रि. १. डरले आत्तिएर उफ्रनु; बिच्किनु; तर्सनु।
66891 भड्कनु अ.क्रि. २. कुनै कामबाट भाग्नु; पलायन हुनु।
66892 भड्कनु अ.क्रि. २. बाउँठिनु; बिभिन्डिनु; बटारिनु।
66893 भड्कनु अ.क्रि. ४. आफ्नो बाटोबाट विचलित हुनु; पथभ्रष्ट हुनु।
66894 भड्काइ ना. भड्कने वा भड्काउने भाव, क्रिया वा प्रक्रिया।
66895 भड्काइनु क.क्रि. भड्कन लाइनु; तर्साइनु; बिच्काइनु।
66896 भड्काउनु प्रे.क्रि. तर्साउनु; बिच्क्याउनु; दच्काउनु।
66897 भड्काउनु प्रे.क्रि. २. बिभिन्ड्याउनु; टेढ्याउनु।
66898 भड्किनु अ.क्रि. १. भड्कनु।
66899 भड्किनु अ.क्रि. २. तर्सिनु।
66900 भड्किलो वि. १. उत्ताउलो किसिमको; अनावश्यक ठाँटबाँट भएको; भडकदार।