Dictionary

All Word

67001 भनभनाउनु अ.क्रि. १. रिसले झोक्किनु।
67002 भनभनाउनु अ.क्रि. २. झिँगा आदि भन्किनु।
67003 भनभनाहट ना. भनभनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया।
67004 भनभनिनु अ.क्रि. भनभनाउनु।
67005 भनसुन ना. १. कसैसँग कुनै काम सफल पार्नका निम्ति गरिने अनौपचारिक अनुरोध; खुसामद।
67006 भनसुन ना. २. सम्झाउने- बुझाउने काम।
67007 भनाइ ना. १. भन्ने भाव, क्रिया वा प्रक्रिया।
67008 भनाइ ना. २. भन्नाको तात्पर्य; कथन; मतलब।
67009 भनाइ ना. ३. गाली; खप्की (जस्तै- भनाइ खानु)।
67010 भनाइनु क.क्रि. भन्न लाइनु।
67011 भनाउँदो वि. करबलले भन्नुपर्ने; नाममात्रको; तथाकथि।
67012 भनाउ ना. अबजस; भनौरी; गाल; अपवाद।
67013 भनाभन ना. परस्परमा एकले अर्कालाई जथाभाबी भन्ने काम; बाझाबाझ; गालमुखाल।
67014 भनावैरी ना. आपसआपसको भनाभनबाट हुने शत्रुता; कलहयुक्त भनाभन; मुखछाडाछाड।
67015 भनिनु क.क्रि. कहिन; बताइनु।
67016 भनी बिझाउनु स.क्रि. घोचपेचका कुरा गरेर अर्काको मन दुखाउनु; मर्ममा बिझ्ने कुरा गर्नु।
67017 भनी बिराउनु स.क्रि. कसैलाई चित्त नबुझ्ने कुरा भनेर दोष पाउनु।
67018 भने सङ्केतार्थक वाक्य बनाउने सापेक्ष संयोजक; यदि।
67019 भने (उदा.- माग्छौ भने दिन्छु। पानी पर्यो भने अन्न उब्जन्छ)।
67020 भनेजस्तो वि. चिताएजस्तो; मनमाफिकको।
67021 भनोट ना. भनाइ।
67022 भनौरी ना. भनाउ; भनाउरी; गाल; अपवाद।
67023 भन्कनु अ.क्रि. १. खुब तातेर रिसाउनु; फन्कनु।
67024 भन्कनु अ.क्रि. [भनक+नु] २. झिँगा, माहुरी आदिले भनभन शब्द निकाल्दै उड्नु; भुनभुन गर्नु; भनभनाउनु।
67025 भन्कनु अ.क्रि. ३. झिँगा, माहुरी आदि कुनै वस्तुमा बस्नु; झिँगा आदि धुइरिनु।
67026 भन्काइ ना. १. खुब तातेर रिसाउने भाव, क्रिया वा प्रक्रिया।
67027 भन्काइ ना. २. झिंगा, माहुरी आदि भुनभुनाउने भाव, क्रिया वा प्रक्रिया।
67028 भन्काइ ना. भन्काउने भाव, क्रिया वा प्रक्रिया।
67029 भन्काइनु क.क्रि. भन्कन वा भनभनाउन लाइनु।
67030 भन्काउनु स.क्रि. १. उमङ्ग वा जोसका साथ कुनै काम गर्नु।
67031 भन्काउनु स.क्रि. प्रे.क्रि. २. रिस उठाउनु; जङ्ग्याउनु।
67032 भन्काउनु स.क्रि. ३. भन्कन वा भनभनाउन लाउनु।
67033 भन्किनु अ.क्रि. १. भन्कनु।
67034 भन्किनु अ.क्रि. २. भनभनाइनु।
67035 भन्किनु अ.क्रि. ३. भनक्क रिसाइनु।
67036 भन्के वि. भन्कने स्वभाव भएको; रिसाहा।
67037 भन्ज्याङ ना. १. पहाडका दुई चुलीका माझको घाटी वा होचो ठाउँ।
67038 भन्ज्याङ ना. २. डाँडो पार हुने ठाउँ; नेटो।
67039 भन्ज्याङेली वि. भन्ज्याङसँग सम्बन्धित; भन्ज्याङको।
67040 भन्टा ना. १. काँडादार ठुलठुला पात, प्याजी रङका फूल र हिउँदे काँक्राका आकारका सेता, हरिया वा प्याजी रङका फल हुने, एक जातको सानो बोट।
67041 भन्टा ना. २. सोही बोटको फल; भिँडा।
67042 भन्टे वि. भन्टासँग सम्बन्धित; भन्टाको।
67043 भन्टे खुर्सानी ना. मोटो, डल्लो र पोरैपोरा देखिने, कम पिरो हुने, तेल- मसला आदि भरेर अचार आदि बनाई खाइने खुर्सानी।
67044 भन्टचाङभुन्टुङ ना. सानातिना केटाकेटी; बालबच्चा; चिचीभुँडी; भन्ड्याङभुन्डुङ।
67045 भन्डाफोड/भन्डाफोर ना. गुप्त रहस्य प्रकट गर्ने वा षड्यन्त्रपूर्ण कार्यलाई उदाङ्गो पार्ने काम; कुनै दुष्प्रयासको आन्तरिक भेद खोल्ने काम वा व्यवहार; घ्याम्पोफोराइ।
67046 भन्डार ना. १. भाँडाकुँडा, मालमत्ता, जिन्सी आदि राख्ने गोप्य र सुरक्षित ठाउँ; गुप्ती कोठा; भाण्डार।
67047 भन्डार ना. २. स्थायी र गोप्य पुँजी।
67048 भन्डारा ना. साधुसन्तहरूलाई दिइने सदावर्ती भोज; जोगीसन्न्यासीहरूको भोज।
67049 भन्डारा भाट ना. नेपालमा रहेका भाटजातिमध्येको एक भेद।
67050 भन्ड्याङभुन्डुङ ना. हे. भन्टयाङभुन्टुङ।