Dictionary

All Word

67151 भरमौदुर क्रि.वि. भरमग्दुर।
67152 भरसक क्रि.वि. हुन र मिल्न सम्भव भएसम्म; सकभर; भरमग्दुर।
67153 भरस्ट वि. १. भ्रष्ट।
67154 भरस्ट वि. २. चारैतिर बिग्रेको; लथालिङ्ग।
67155 भराइ ना. भर्ने भाव, क्रिया वा प्रक्रिया।
67156 भराइ ना. भराउने क्रिया वा प्रक्रिया।
67157 भराइनु क.क्रि. भर्न लाइनु।
67158 भराउनु प्रे.क्रि. १. भर्न लाउनु; पुराउनु।
67159 भराउनु प्रे.क्रि. २. क्षतिपूर्ति गराउनु; तिराउनु।
67160 भराउनु प्रे.क्रि. ३. बुट्टा, रफ्फु आदि भर्ने काम गराउनु।
67161 भराउनु प्रे.क्रि. ४. नपुग पूरा गर्न लाउनु।
67162 भराभर ना. १. धमाधम भर्ने काम।
67163 भराभर ना. वि. २. भरिभराउ; भरिपूर्ण।
67164 भरि ना. यो. १. कुनै शब्दको उत्तरपदका रूपमा आएर जति, सम्म, पर्यन्त, तक आदि अर्थ बुझाउने पदांश (दिनभरि, समयभरि, आँखाभरि, मुटुभरि इ.)।
67165 भरि ना. यो. क्रि.वि. २. कुनै खास सीमा, स्थान वा समयसम्म; भर; तक।
67166 भरि ना. यो. ३. सबै ठाउँमा; सर्वत्र।
67167 भरित वि. भरिएको; परिपूर्ण; टनाटन।
67168 भरिनु क. क्रि. कुनै वस्तु भाँडाकुँडामा भरी हालिनु।
67169 भरिपूर्ण वि . परिपूर्ण; भरिभराउ।
67170 भरिभन्ड क्रि.वि. १. जतासुकै अस्तव्यस्त भएर छरिने गरी; छ्याल्लब्याल्ल।
67171 भरिभन्ड क्रि.वि. २. जथाभाबीसँग ; नाश हुने चालले; मनपरी।
67172 भरिभराउ वि. १. कुनै वस्तु वा पात्र पूर्णरूपले भरिएको; परिपूर्ण; टनाटन।
67173 भरिभराउ वि. ना. २. भराउने वा तिराउने काम; भराइ; दिलाइ; भर्ना।
67174 भरिभित्तो क्रि.वि. हे. भरभित्तो।
67175 भरिया ना. भारी बोकेर जीवननिर्वाह गर्ने व्यक्ति; कुल्ली।
67176 भरिलो वि. पोटिलो; परिपुष्ट; खँदिखँदाउ।
67177 भरिसक्के / भरिसक्य क्रि.वि. बल, बुद्धि वा क्षमताले भ्याएसम्म; अवस्था र तागतले धान्नेजति; सकेसम्म; सकभर; यथाशक्य।
67178 भरी वि. १. भरिएको; भरिभराउ; टनाटन।
67179 भरी वि. २. पूर्ण; पूरा।
67180 भरी वि. विप. रित्तो।
67181 भरुवा वि. १. भरिएको; हालिएको।
67182 भरुवा वि. २. भर्नुपर्ने; भरिने।
67183 भरुवा वि. ३. भर्ने; नाप्ने (मानापाथी )।
67184 भरुवा वि. ना. ४. बारुद, छर्रा आदि हालेर हानिने वा पड्काइने बन्दुक।
67185 भरे क्रि.वि. १. दिन सकिने बेलामा; घाम डुब्न लागेपछि; बेलुकीपख।
67186 भरे क्रि.वि. २. भविष्यमा ; परन्तुमा ; पछि।
67187 भरेभोलि क्रि.वि. १. आजैको दिन वा भोलिसम्ममा।
67188 भरेभोलि क्रि.वि. २. एक दुई दिन वा दुईचार दिनपछि, छिट्टै भविष्यमा।
67189 भरेङ ना. हे. भऱ्याङ।
67190 भरेली वि. १. अन्न, फलफूल आदि वस्तु फलेर भरिनलागेको वा सबै पाकेको; लटरम्म।
67191 भरेली वि. २. भरिभराउ; प्रशस्।
67192 भरेली वि. ३. सिङ्गै; पूर्ण (भरेली जून आदि)।
67193 भरेल्ती क्रि.वि. १. भरिने गरी; लटरम्म भएर।
67194 भरेल्ती क्रि.वि. २. सबैजस्तो; पूर्णतः।
67195 भरोस/भरोसा ना. १. कुनै काम, व्यवहार आदिमा अरूबाट हुने भरको आशा वा विश्वास।
67196 भरोस/भरोसा ना. २. आधार; भर; आश्रय; टेको।
67197 भरौट ना. १. भाडा; ज्याला; मजदुरी।
67198 भरौट ना. २. भर्ने तथा भरिने काम वा स्थिति; भराइ।
67199 भरौटे वि. १. ज्याला लिएर अरूको काम गर्ने।
67200 भरौटे वि. २. भाडा वा ज्यालामा ल्याइएको; भाडाका पछि लाग्ने; भाडाको टट्टू।