Dictionary

All Word

67201 भरौटे वि. ३. चाहिने वा नचाहिने किसिमले भरिने ( मानिस, चिज इ. )।
67202 भरौटे वि. ना. ४. भरिया; कुल्ली।
67203 भरौटे वि. ५. भाडामा लिइएको व्यक्ति वा माल।
67204 भर्कनु अ.क्रि. तर्सेर कुद्नु वा भर्र उड्नु; भड्कनु।
67205 भर्काइ ना. भर्कने क्रिया वा प्रक्रिया।
67206 भर्काइनु क.क्रि. भर्कने पारिनु; भड्काइनु।
67207 भर्काउनु प्रे.क्रि. भर्र उडाउनु; भड्काउनु।
67208 भर्किनु अ.क्रि. भर्कने होइन; भड्किनु।
67209 भर्खर क्रि.वि. केही बेर मात्र अघि; थोरै समयपहिले; भक्खर।
67210 भर्खरको वि. १. केही समय मात्र पहिलेको; तत्कालैको।
67211 भर्खरको वि. २. जवानी चढेको; नौजवान।
67212 भर्खरको वि. स्त्री. भर्खरकी।
67213 भर्जनी ना. नाउ लाग्ने ठुलो नदी; महानदी।
67214 भर्ता १ वि. १. भोगपोषणको अभिभारा वहन गर्ने; पालन- पोषण गर्ने (व्यक्ति)।
67215 भर्ता १ वि. ना. २. लोग्ने; पति।
67216 भर्ता २ वि. १. भरिएको; टन्न भएको।
67217 भर्ता २ वि. २. पूरा; भरी।
67218 भर्ता २ वि. ना. ३. भर्ती।
67219 भर्ताल ना. जुवाको खेलमा च्याँखेहरूलाई तिर्नुपर्ने रकम।
67220 भर्ती ना. १. कुनै कामका निम्ति गरिने नियुक्ति; भर्ना।
67221 भर्ती ना. २. पल्टन आदिमा भर्ना हुने काम।
67222 भर्ती ना. ३. गर्भधारण।
67223 भर्ती ना. वि. ४. भरिएको; भर्ता।
67224 भर्ती केन्द्र ना. पल्टन आदिमा भर्ती हुने मुख्य ठाउँ।
67225 भर्तीवाल वि. १. भर्ती भएको।
67226 भर्तीवाल वि. २. सेनामा भर्ना भएको; रिक्रूट गरिएको।
67227 भर्तीवाल वि. ना. ३. उक्त प्रकारको मानिस; लाहुरे।
67228 भर्तीवाल वि. स्त्री . भर्तीवाल्नी।
67229 भर्तीवाला वि. १. सेना आदिमा भर्ना गर्न पठाउने; गल्लावाल।
67230 भर्तीवाला वि. ना. २. त्यस्तो काम गर्ने मानिस।
67231 भर्तीवाला वि. स्त्री. भर्तीवाल्नी।
67232 भर्तृ ना. १. पति; लोग्ने।
67233 भर्तृ ना. २. स्वामी; मालिक।
67234 भर्तृ ना. ३. विष्णु।
67235 भर्तीमती ना. पति जीवित रहेकी स्त्री; सधुवा स्त्री।
67236 भर्तृहरि ना. पछि प्रसिद्ध कवि र योगी भएका उज्जैनका एक राजा; नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि संस्कृत ग्रन्थका रचयिता; भरथरी।
67237 भर्त्सना ना. १. कसैलाई दिइने धम्की; हप्कीदप्की।
67238 भर्त्सना ना. २. कुनै अभद्र र निन्दनीय कामप्रति प्रकट गरिने क्षोभ; निन्दा; गाली; खेद।
67239 भर्थरी ना. १. राजा भर्तृहरिको कथा, गुणगान आदि सुनाउँदै नेपाल र भारतका गाउँगाउँ चहार्ने गेरुवाधारी जोगी; भरथरी।
67240 भर्थरी ना. २. भर्तृहरि।
67241 भर्ना ना. १. कुनै पद, काम आदिमा मानिसहरू नियुक्त गर्ने काम; नियुक्ति; भर्ती; भरना।
67242 भर्ना ना. २. एक वस्तुको सट्टामा अर्को वस्तु दिने काम; क्षतिपूर्ति गर्ने काम; सट्टाभर्ना; बदला; सट्टा।
67243 भर्ना ना. ३. नपुग भएको वस्तु पूरा गर्ने काम।
67244 भर्ना ना. ४. विद्यालय-महाविद्यालयमा विद्यार्थी, अस्पतालमा बिरामी आदिको नाम लेखाई प्रवेश गर्ने काम।
67245 भर्नी ना. भरेर हिसाब मिलाउनुपर्ने वस्तुको लेनदेनमा प्रयोग गरिने भाँडो (मानु, पाथी, कुरुवा आदि)।
67246 भर्पाई ना. कसैसँग लेनदेन हुँदा लिनेवालाले दिनेवालालाई प्रमाणस्वरूप दिइने रसिद, बुझी लिनेले लिएको हुँ भन्ने रसिद।
67247 भर्पाई दादै ना. भर्पाईको शिरमा रहने शब्द।
67248 भर्पाई पुस्तिका ना. भरपाई गराइने सानो किताब; पिउनबुक।
67249 भर्मन ना. १. भ्रान्ति हुने काम वा स्थिति; भ्रम; भुल।
67250 भर्मन ना. २. रिँगटा; भाउन्न।