Dictionary

All Word

67251 भर्मन ना. ३. बौलाउने छाँट।
67252 भर्मनाइ ना. भर्मनाउने भाव, क्रिया वा प्रक्रिया।
67253 भर्मनाइनु अ.क्रि. भ्रममा परिनु; छँटाइनु।
67254 भर्मनाउनु अ.क्रि. १. भ्रममा पर्नु; छँटाउनु।
67255 भर्मनाउनु अ.क्रि. २. रिंगाउनु; चक्कराउनु।
67256 भऱ्याक ना. उठ्ने वा उड्ने चाल।
67257 भऱ्याकभुरुक क्रि.वि. १. धेरै मान्छे एकैपल्ट उठ्ने गरी।
67258 भऱ्याकभुरुक क्रि.वि. २. चराचुरुङ्गी एकैसाथ उड्न थाल्दै।
67259 भऱ्याकभुरुक्क क्रि.वि. भऱ्याकभुरुक।
67260 भऱ्याक्क क्रि.वि. एकैपल्ट उठ्ने, उड्ने वा झस्किने गरी।
67261 भऱ्याङ ना. सिँढी, तलामाथि उक्लने साधन; भरेङ।
67262 भऱ्याङभुरुङ क्रि.वि. १. एकैपल्ट रुम्मिने, छरिने वा उड्ने गरी; भयकभुरुक।
67263 भऱ्याङभुरुङ क्रि.वि. ना. २. मसिना केटाकेटी; चिचीभुँडी।
67264 भर्र क्रि.वि. १. पक्षीहरूका उडाइको आवाज आउने गरी, भुर्र।
67265 भर्र क्रि.वि. २. स्टोभ, दमचुली आदि बल्दा आवाज निस्केर।
67266 भर्र क्रि.वि. ३. शरीरमा घाउ, खटिरा आदि एकैपल्ट निस्कने गरी।
67267 भर्र क्रि.वि. ४. मसिनो चिजबिज एकाएक छरिएर।
67268 भर्रा ना. थारू जातिका पुरोहि।
67269 भर्राटप्पा बर्राटप्पा; मारुनी नाचमा गाइने एक थरी गी।
67270 भर्साई ना. अन्न भुट्न वा बिस्कुट, रोटी आदि भुक्क फुलाउन भाँडो, बालुवा आदिको प्रयोग गरी तातो बनाइने चुलो।
67271 भर्सिनु अ.क्रि. भर्सेलीका रापमा पिल्सनु वा पाक्नु; मधुरो तापमा राम्ररी पाक्नु।
67272 भर्सेला ना. भर्सेली वा भर्सेलोको तिर्यक् रूप।
67273 भर्सेला पर्नु टु. जेसुकै हुनु।
67274 भर्सेली/भर्सेलो ना. १. चम्का लाएका चुलामाथि रहेको सम्म भाग; ताप र धुवाँ निस्कने चुलाका मुखवरिपरिको ठाउँ।
67275 भर्सेली/भर्सेलो ना. २. चुलो।
67276 भर्स्याइ ना. १. भर्सिने क्रिया वा प्रक्रिया।
67277 भर्स्याइ ना. [भर्स्याउ+आइ] २. भर्स्याउने क्रिया वा प्रक्रिया।
67278 भर्स्याइनु क.क्रि. भर्सिने पारिनु; भयउने काम गरिनु।
67279 भर्स्याउनु स.क्रि. १. भर्सेली वा भुङ्ग्रामा राखेर राम्रोसित पाक्न दिनु।
67280 भर्स्याउनु स.क्रि. २. पाकेको भात आदि केही बेर ओथाउनु; थरक मार्नु।
67281 भल्नु स.क्रि. खोपी, गुच्चा आदिका खेलमा बच्चने काम गर्नु; खोपीमा हाल्नु; बच्चनु।
67282 भल ना. १. आकाशबाट पानी पर्दा वा बाढी आउँदा पाखामा बगेको पानीको प्रवाह।
67283 भल ना. २. तेल, रगत, दुध, आँसु आदि तरल पदार्थको धारो वा प्रवाह।
67284 भलक्क क्रि.वि. भुलुक्क।
67285 भलभल क्रि.वि. पानी, आँसु आदि भुल्का छुटेर बग्ने गरी; भुलभुल।
67286 भलभले वि. / ना. भुलभुले।
67287 भला वि. १. बढिया; असल; राम्रो; बेस।
67288 भला वि. वि.बो. २. कुनै कुरामा आंशिक सन्तोष, खुसी, आश्वस्तता आदि व्यक्त गर्दा निस्कने शब्द।
67289 भला वि. (उदा.- भला उसको ज्यानसम्म त जोगिएछ; त्यतिसम्म भए पनि भला।)।
67290 भलाइ १ ना. १. भलो वा असल हुने काम।
67291 भलाइ १ ना. २. हित; कल्याण; उपकार।
67292 भलाइ २ ना. भल्ने क्रिया वा प्रक्रिया।
67293 भलाइनु क.क्रि. भल्न लाइनु।
67294 भलाउनु प्रे.क्रि. भल्न लाउनु।
67295 भलाकुसारी ना. १. धेरै दिनपछिको भेटघाटमा दुवै पक्षले गर्ने, पारस्परिक सुखदुःखका प्रश्नोत्तर; कुशलमङ्गल वा सन्चोबिसन्चोको सोधनी।
67296 भलाकुसारी ना. २. दिल खोलेर गरिने मैत्रीपूर्ण कुराकानी; एकान्त वार्तालाप।
67297 भलादमी / भलाद्मी ना. १. शील, स्वभाव र चरित्र राम्रो भएको मान्छे; शिष्ट तथा सभ्य व्यक्ति; सज्जन।
67298 भलादमी / भलाद्मी ना. २. गण्यमान्य व्यक्ति; प्रतिष्ठित मानिस।
67299 भलायो ना. छोटो भेट्नुमा हरिया र फस्किला पात हुने, हरिया र सेता रङमिश्रित फूल फुल्ने, आँपका आकारका भित्र तेलजस्तो चिल्लो पदार्थ हुने मसिना फल फल्ने, पाक्दा रातो टर्रोगुलियो स्वादको हुने, चोप आउने र चोप छोएमा उछिने एक वृक्ष; आयुर्वेदमा वातनाशक, गर्भपात र गुप्ताङ्गरोगको औषधी मानिएको त्यसैको फल।
67300 भलिबल ना. मैदानमा दुईवटा खामा गाडी त्यसमा जाल टाँगेर दुवैतिर रेखा र कोठा मिलाई छ- छ जना उभिएर हातले एक दोस्रा पक्षमा भकुन्डो गिराउने गरी खेलिने खेल; त्यसै खेलमा प्रयोग हुने हाते भकुन्डो।