Dictionary

All Word

67101 भयो वि.बो. ३. पुग्यो; बस।
67102 भर्नु स.क्रि. १. अन्नपात आदि मानापाथी, डालाडाली, भाँडाकुँडा आदिमा हालेर निम्ठो वा झुसी पार्नु।
67103 भर्नु स.क्रि. २. रित्ता ठाउँमा कुनै वस्तु हालेर पुर्नु; टन्न पार्नु (जस्तो- खाल्डो भर्नु, जग भर्नु इ.)।
67104 भर्नु स.क्रि. ३. कुनै वस्तुको न्यूनता वा नपुग हिसाब आदि पूरा गर्नु; क्षतिपूर्ति गर्न; सट्टा हाल्नु।
67105 भर्नु स.क्रि. ४. कसैलाई भरणपोषणकर निम्ति नियमित रूपमा खर्च, भत्ता आदि दिन (जस्तो- खर्च भने, मानाचामल भर्नु इ.)।
67106 भर्नु स.क्रि. ५. किसानले तल्सिङलाई दिनुपर्ने कु आदिको अन्न दिनु; बाली तिर्नु।
67107 भर्नु स.क्रि. ६. बन्दुक, तोप आदिमा बारुद, गोली आदि हाल्नु।
67108 भर्नु स.क्रि. ७. लुगा, काठ आदिमा नानावली चित्र बनाउनु (जस्तो- बुट्टा भर्नु, रफ्फु भर्नु इ.)।
67109 भर्नु स.क्रि. ८. भरी पार्नु वा जम्मा गर्नु (जस्तो- पानी भर्नु, हाट भर्नु, खल्ती भर्नु, घर भर्नु इ.)।
67110 भर ना. १. कुनै कामकुरामा हुने आड वा भरोसा; आधार।
67111 भर ना. २. कुनै वस्तु, समय आदिको सीमा किट्दा शब्दका अघिल्तिर वा पछिल्तिर लाग्ने पद पर्यन्त; सम्म, जस्तै- भरदिन, भरजन्म ( अगाडि ); दिनभर, मुटुभर, तृणभर ( पछाडि )।
67112 भर ना. वि. ३. भरणपोषण गर्ने; पालक।
67113 भरबित्तो क्रि.वि. सकेसम्म; सकभर; भरसक।
67114 भरङ्ग ना. १. मनमा आकस्मिक घटनाबाट हुने उदासी; निराशा।
67115 भरङ्ग ना. २. बिलखबन्दी; आश्चर्य।
67116 भरङ्ग ना. वि. 3. वितृष्णा पैदा भएको; उदास।
67117 भरण ना. १. जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालन; पोषण।
67118 भरण ना. २. पूरा गर्ने काम; भराइ।
67119 भरणपोषण ना. कसैलाई जीविकाका निम्ति आवश्यक वस्तु दिने काम; पालनपोषण; पालनतालन।
67120 भरणी ना. सत्ताइस नक्षत्रमध्ये दोस्रो नक्षत्र; अश्विनीभन्दा पछिको र कृत्तिकाभन्दा पूर्वको एक नक्षत्र।
67121 भरत ना. १. महाभारतमा वर्णित शकुन्तलाका गर्भबाट जन्मिएका, राजा दुष्यन्तका छोरा।
67122 भरत ना. २. रामायणमा वर्णित कैकेयीका गर्भबाट पैदा भएका, राजा दशरथका छोरा; रामचन्द्रका सौतेनी भाइ।
67123 भरत ना. ३. पूर्वीय नाट्यशास्त्रका प्रवर्तक एक आचार्य।
67124 भरतखण्ड ना. राजा भरतले राज्य गरेको भनी प्रसिद्ध, पृथ्वीका नौ खण्डमध्ये एक; भारतवर्ष; हिन्दुस्थान।
67125 भरतवाक्य ना. संस्कृत नाटकका अन्त्यमा आउने आशीर्वादात्मक पद्य।
67126 भरतमुनि ना. प्राचीन नाट्यशास्त्रका प्रणेता।
67127 भरथरी ना. १. गेरुवा रङको वस्त्र; अलखा।
67128 भरथरी ना. २. भर्तृहरि।
67129 भरथेग ना. सकेसम्मको धेरथोर सहायता; आडभरोसा; सक्दो मद्द।
67130 भरद्वाज ना. १. अङ्गिरसगोत्रका उतथ्य ऋषिकी पत्नी ममतासँग उनकै सहोदर भाइ बृहस्पतिले सम्भोग गर्नाले उत्पन्न भएका, गोत्रप्रवर्तक तथा मन्त्रद्रष्टा एक वैदिक ऋषि।
67131 भरद्वाज ना. २. तिनै ऋषिका गोत्रका व्यक्ति।
67132 भरद्वाज पक्षी ना. भारद्वाज; भद्राई चरो।
67133 भरना ना. हे. भर्ना।
67134 भरपत्यार ना. कुनै कामकुरामा अर्कासँग गरिने विश्वास; भर लिने र पत्याउने काम।
67135 भरपाई ना. कसैले अरूबाट कुनै वस्तु बुझेर लिएको प्रमाणको कागत; प्राप्ति-स्वीकारपत्र।
67136 भरपुर वि. १. पूरै भरिएको; भरिभराउ; परिपूर्ण।
67137 भरपुर वि. २. छेलोखेलो; यथेष्ट; भरमार।
67138 भरपुर वि. क्रि.वि. ३. परिपूर्णताका साथ; अटाएसम्म; अटाउन्जेल।
67139 भरभर क्रि.वि. १. दाउरा बल्दा हावा लागेरज्वालाको आवाज आउने गरी।
67140 भरभर क्रि.वि. २. शरीरमा मसिना पिड्का वा खटिरा भरिएर निस्कँदै।
67141 भरभराइ ना. भरभराउने क्रिया वा प्रक्रिया।
67142 भरभराइनु अ.क्रि. भरभर शब्द निस्कनु; भरभराउने होइनु।
67143 भरभराउँदो वि. १. धुवाँ नपुतपुताई राम्ररी बलेको; ढकढकाउँदो; दनदनाउँदो; झरिलो (आगाको फिलिङ्गो)।
67144 भरभराउँदो वि. २. यशको प्राप्ति, अनुहारको तेज आदिले उज्यालो भएको; झरझराउँदो।
67145 भरभराउनु अ.क्रि. दाउरा, काठपात आदि बल्दा चिसो, हावा आदिका कारणले भरभर गर्नु; भरभर शब्द निस्कनु।
67146 भरभित्तो क्रि.वि. क्षमताले भ्याएसम्म; टुङ्गो पुऱ्याएर; यथाशक्य; भरमग्दुर; भरिभित्तो।
67147 भरमग्दुर क्रि.वि. ताकतले भ्याएसम्म; सकुन्जेल; सकेसम्म; भरभित्तो ; भरमौर।
67148 भरम ना. १. भ्रम।
67149 भरम ना. वि. २. ज्यादै निर्बलियो।
67150 भरमार वि. मात्राभन्दा पनि बढ्ता; यथेष्ट; पर्याप्त; थुप्रै।