Dictionary

All Word

67051 भन्ते ना. १. बौद्धभिक्षुलाई सम्बोधन गर्दा प्रयोग गरिने आदरसूचक शब्द; भदन्।
67052 भन्ते ना. २. बौद्ध भिक्षु।
67053 भन्दा ना. यो. परस्परका दुई वस्तुमध्ये उत्कर्ष वा अपकर्ष जनाउन प्रयोग हुने शब्द; कुनै दुई वस्तुको तुलना गर्दा आउने शब्द; लेखा; अपेक्षा।
67054 भन्दा ना. यो. (उदा.- रामभन्दा श्याम राम्रो छ)।
67055 भन्न क्रि.वि. १. तागतको कमीले वा मादक पदार्थ आदिको ज्यादा सेवनले टाउको रिङाउने गरी।
67056 भन्न क्रि.वि. २. झिँगा, माहुरी आदि भन्कने चालसँग।
67057 भन्न क्रि.वि. ३. रिसले रिँग्ने वा घुम्ने गरी।
67058 भन्नुको वि. साह्रै राम्रो; काइदासाथको।
67059 भन्नुको वि. (उदा.- यो चिज त भन्नुको पो छ त!)।
67060 भन्ने वि. १. नाउँ गरेको; नाउँ भएको; नामक।
67061 भन्ने वि. २. बताउने; कहने।
67062 भन्ने कुरा मात्र ना. असत्य वा काममा परिणत नहुने कुरा।
67063 भन्सार ना. १. देशभित्र आयात हुने तथा देशबाट बाहिर निर्यात हुने मालसामानमा निकासीपैठारीका नियमअनुसार जाँचबुझ गरी मूल्य, तौल, सङ्ख्या आदिका हिसाबले निर्धारित कर वा शुल्क असुलउपर गर्ने अड्डा।
67064 भन्सार ना. २. आयात वा निर्यात हुने मालमत्तामा लाग्ने कर; निकासीपैठारी शुल्क; भन्सारमहसुल।
67065 भन्सारअड्डा ना. आयात-नियति वा निकासी र पैठारी हुने मालमत्तामा लाग्ने कर उठाउने कार्यालय।
67066 भन्सार अधिकृत ना. भन्सार अड्डाको प्रशासन तथा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने अधिकृ।
67067 भन्सार क्षेत्र ना. १. भन्सार अड्डाले अधिकार पाएको क्षेत्र वा सीमा।
67068 भन्सार क्षेत्र ना. २. भन्सारले चर्चेको जमिन वा क्षेत्र।
67069 भन्सार गोदाम ना. भन्सारमा रहन आएका जिन्सी सामानहरूलाई थान्को लाउन बनाइएको घर।
67070 भन्सार गोस्वारा ना. भन्सार अड्डाको विभिन्न शाखा र उपशाखाको रेखदेख गर्ने अघिको केन्द्रीय भन्सार अड्डा।
67071 भन्सार महसुल आयत वा निर्यात गरिने वस्तुमा लाग्ने कर वा दस्तुर।
67072 भन्सार माफी ना. १. आयातनिर्यातका मालसामानमा नियमअनुसार केही वा विशेष स्थितिअनुसार भन्सार मिनाहा हुने व्यवस्था।
67073 भन्सार माफी ना. वि. २. भन्सार छुट भएको; भन्सार मिनाहा भएको।
67074 भन्सार सुविधा वि. सरकारी तहबाट देशविदेशमा आइजाइ गर्ने र दूतावास आदिका कर्मचारीलाई मालसामान लग्नल्याउनका लागि महसुलदरमा दिइने सुविधा वा छुट।
67075 भबाइ ना. भबाउने क्रिया वा प्रक्रिया।
67076 भबाइनु अ.क्रि. घाउखटिरा आदि डहिनु।
67077 भबाउनु अ.क्रि. आगाका डाहले, गर्मीले वा काछ पाछेर आदि किसिमले शरीरमा भतभत पोल्नु; डाह हुनु; जलन हुनु।
67078 भमरो ना. गैँडे आकारको, उडेर फूल-फूल चहार्दै रस चुस्ने र छवटा खुट्टा हुने कालो रङको प्रसिद्ध किरो; भँवरो।
67079 भय ना. कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति; डर; त्रास।
67080 भयकम्प ना. भयद्वारा उत्पन्न हुने कम्पन; डरले हुने कँपकँपी।
67081 भयकर वि. भय उत्पन्न गराउने; डरलाग्दो।
67082 भयङ्कर वि. भय उत्पन्न गराउने; डरलाग्दो; भयानक।
67083 भयजनक वि. भयोत्पादक; भयङ्कर।
67084 भयत्राता वि. भयबाट जोगाउने; डर हटाउने।
67085 भयप्रद वि. १. भय वा डर देखाउने; तर्साउने।
67086 भयप्रद वि. २. डरलाग्दो।
67087 भयभञ्जन वि. भयलाई विनाश गर्ने; भय हटाउने।
67088 भयभीत वि. धेरै डराएको; भयत्रस्।
67089 भयविह्वल वि. डरले आकुल भएको।
67090 भयाकुल वि. भय वा डरले आकुल भएको; डराएको।
67091 भयाक्रान्त वि. चारैतिरबाट भयले घेरिएको ; चौपट्ट डराएको; भयभी।
67092 भयातुर वि. डरले आतुरिएको; भयाकुल।
67093 भयानक वि. १. विभिन्न कारणले गर्दा भय लाग्ने; डरलाग्दो; भयङ्कर।
67094 भयानक वि. २. साहित्यका नौ रसमध्ये स्थायी भाव भय हुने एक रस।
67095 भयानकाभास ना. उत्तम श्रेणीका पात्रबाट वा किरा आदि क्षुद्र वस्तुबाट भय देखाउँदा हुने स्थिति।
67096 भयालो ना. दाजुभाइ, भतिजा आदि स्वजनको समूह; बन्धुबान्धवको समूह, ज्ञाति।
67097 भयावह वि. भय उत्पन्न गर्ने; भयानक; भयकारक; भयङ्कर।
67098 भयो वि.बो. १. अविश्वास, उपेक्षा, निषेध, झर्को आदि जनाउँदा र व्यङ्ग्य प्रकट गर्दा भनिने शब्द; भो।
67099 भयो वि.बो. (उदा.- भयो, तिमीबाट के काम पार लाग्ला र! उनले देलान् र मैले पाउँला भन्नु त भयो त्यत्तिकै )।
67100 भयो वि.बो. २ हुनु क्रियाको भूतकाल, प्रथम पुरुष एकवचनमा चल्ने रूप।