Dictionary

All Word

66951 भत्किनु अ.क्रि. २. बिग्रिनु; नासिनु।
66952 भत्कोस ना. बाधाव्यवधानको लक्षण वा सङ्केत; भत्कने मेलो वा पालो; भाङपाली।
66953 भत्खरु ना. हे. भत्करु।
66954 भत्ता ना. १. वेतनबाहेक यात्रा, महँगी अथवा अन्य कुनै अतिरिक्त कार्य वा अवस्थाका निम्ति कर्मचारीहरूलाई दैनिक, मासिक वा सामयिक रूपमा दिइने थप निश्चित रकम।
66955 भत्ता ना. २. राम्रो काम गरेबापत कसैलाई दिइने जीवनवृत्ति।
66956 भदन्त वि. १. सम्मानित; पूजित; श्रद्धेय।
66957 भदन्त वि. ना. २. बौद्ध भिक्षुहरूमा प्रचलित प्रतिष्ठासूचक एक उपाधि।
66958 भदन्त वि. ३. बौद्ध भिक्षु; भन्ते।
66959 भदालो ना. तरकारी आदि पकाउने काममा प्रयोग हुने, बिँड भएको, ताईजस्तो ठुलो ताप्के; ठुलो दिउरे; झ्याँगा।
66960 भदाहा ना. १. स्वास्नीमानिसले आफ्ना दाजु वा भाइका छोरालाई भन्ने नाताबोधक शब्द; भदो।
66961 भदाहा ना. २. सालो वा जेठानको छोरो।
66962 भदै/भदैनी ना. स्त्रीका भाइ वा दाजुकी छोरी।
66963 भदैया ना. १. भदौ महिनामा पाक्ने बाली; भदौरे बाली (धान र अरू अन्न)।
66964 भदैया ना. २. भदौमा पाक्ने धानको एक जात; घैया।
66965 भदो ना. हे. भदाहा।
66966 भदौ ना. वर्षको पाँचौं महिना; साउन र असोजका बिचमा पर्ने महिना; भाद्र।
66967 भदौरे वि. १. भदौ महिनामा हुने वा पाक्ने; भदौसम्बन्धी; भदौको (भदौरे घाम, भदौरे झरी आदि)।
66968 भदौरे वि. २. भदौ महिनामा जन्मेको, बियाएको वा बियाउने (गाईबस्तु)।
66969 भद्दा वि. जिउडाल र आकार-प्रकार नमिलेको; छन्द न बन्दको; नराम्रो; कुरूप।
66970 भद्र वि. १. सभ्य, शिष्ट तथा सुशिक्षित; सज्जन।
66971 भद्र वि. २. मङ्गलकारी; शुभकारक।
66972 भद्र वि. ३. सुन्दर; मनोहर।
66973 भद्र वि. ना. ४. मङ्गल; शुभ।
66974 भद्रकाली ना. देवीका विभिन्न रूपमध्ये सोह्र भुजा भएको एक रूप वा मूर्ति।
66975 भद्रगोल ना. १. धेरै गज्याङगुजुङको स्थिति; गन्जागोल; ठुलो अलमल।
66976 भद्रगोल ना. ना. २. काठमाडौँमा रहेको केन्द्रीय कारागारको दोस्रो फाँट।
66977 भद्रा ना. १. ज्योतिषशास्त्रका अनुसार शुक्लपक्षका चुतुर्थी, अष्टमी, एकादशी र पूर्णिमा तथा कृष्णपक्षका तृतीया; सप्तमी, दशमी र चतुर्दशीका दिन पर्ने सातौँ करण; फलित ज्योतिषअनुसार अशुभ योग।
66978 भद्रा ना. २. गाई।
66979 भद्रा ना. ३. दुर्गा।
66980 भद्रा ना. ४. पृथ्वी।
66981 भद्राई ना. लामो पुच्छर, आङ्कुसे परेको चुच्चो, आँखावरिपरि काला धर्सा तथा पिठियुँतिर रातो र छातीतिर सेतो हुने, जुरेलीजत्रो सानो चरो।
66982 भद्राक्ष ना. जपमाला बनाउने काममा प्रयोग गरिने रुद्राक्ष जस्तै सानो खालको दाना।
66983 भद्राच्छे ना. हे. भद्राक्ष।
66984 भद्राधिवास भवन ना. नेपालको इतिहासमा प्रसिद्ध लिच्छविकालीन राजा नरेन्द्रदेव तथा उनका उत्तराधिकारीहरूले शासन चलाउने गरेको, उपत्यकास्थित ऐतिहासिक दरबार।
66985 भद्रायो ना. भद्राईभन्दा केही ठुलो, मिठो स्वर भएको एक जातको पक्षी।
66986 भद्रो ना. भद्रा योग।
66987 भद्रो हेराइ ना. पक्क परेर बस्ने काम; साइतकुरा।
66988 भद्रो हेर्नु टु. अवसर गुमिसक्दा पनि पक्क परिरहनु; साइत पर्खनु।
66989 भन्नु स.क्रि. १. मनको भाव बोलीद्वारा व्यक्त गर्नु; कुनै कुरा कसैलाई सुनाउनु; कहनु; बताउनु।
66990 भन्नु स.क्रि. २. मुखबाट शब्द निकाल्नु; उच्चारण गर्नु।
66991 भन्नु स.क्रि. ३. आज्ञा दिनु; वचन दिनु।
66992 भन्नु स.क्रि. ४. बाच्नु; प्रवचन गर्नु; पढ्नु।
66993 भनक ना. तरङ्गिने वा च्याँट्ठिने चाल; झोक्किने काम; झोक्याहट।
66994 भनक्क क्रि.वि. १. एकएक तातेर रिसाउने गरी; झनक्क; रनक्क।
66995 भनक्क क्रि.वि. २. अस्पष्ट र झिनो आवाज आउने गरी।
66996 भनक्क क्रि.वि. ३. झिंगा, मौरी, भमरो आदि भन्कने चालले।
66997 भनभन क्रि.वि. १. तातेर रिसिने चालसँग।
66998 भनभन क्रि.वि. २. झिँगा, मौरी आदि भन्किने गरी।
66999 भनभनाइ ना. भनभन गर्ने भाव, क्रिया वा प्रक्रिया।
67000 भनभनाइनु अ.क्रि. भनभन होइनु।