Dictionary

All Word

66901 भड्किलो वि. २. उज्ज्वल; चहकिलो (रङ)।
66902 भड्खारो/भड्खालो ना. १. गहिरो खाल्टो; भङ्दालो; खौलो।
66903 भड्खारो/भड्खालो ना. २. काममा पर्ने विघ्न-बाधा; आपत्ति।
66904 भड्खारोमा पर्नु अ.क्रि. ठुलो विपत्ति वा हानिको स्थितिमा पर्नु।
66905 भण्डार ना. हे. भन्डार।
66906 भण्डारा ना. हे. भन्डारा।
66907 भतक्क १. गर्मी, चिन्ता आदिले शरीरमा छटपटी वा ताप उत्पन्न हुने गरी।
66908 भतक्क २. रिसले चुर हुने किसिमले; भुतुक्क।
66909 भतभत क्रि.वि. १. तातो वस्तु वा आगो आदिले पोलेर डहने गरी; भतभती।
66910 भतभत क्रि.वि. २. घाउ-खटिरामा जलन वा डाह हुने गरी।
66911 भतभत क्रि.वि. ३. धमाधम मर्ने गरी; भुतुभुतु।
66912 भतभत क्रि.वि. ४. फतफताउने किसिमले; फतफ।
66913 भतभताइ ना. भतभताउने भाव, क्रिया वा प्रक्रिया।
66914 भतभताइनु अ.क्रि. फतफताइनु; बडबडाइनु।
66915 भतभताउनु अ.क्रि. १. आगो, तातो वस्तु आदिले पोल्नु; जल्नु।
66916 भतभताउनु अ.क्रि. २. घाउ-खटिरा आदिमा जलन हुनु; डहनु।
66917 भतभताउनु अ.क्रि. ३. बडबडाउनु; फतफताउनु; करकराउनु।
66918 भतभती क्रि.वि. भतभ।
66919 भतवासी ना. असारे फूलका जस्ता पात हुने, सेता अथवा हरिया फूल फुल्ने, ससाना फल फल्ने, आयुर्वेदीय औषधीमा प्रयुक्त हुने एक लहरो।
66920 भताभत क्रि.वि. धमाधम मर्ने गरी; एकपछि अर्को हुँदै मरेर; भुतुभुतु।
66921 भताभुङ्ग क्रि.वि. १. बरबाद हुने गरी; नष्टभ्रष्ट भएर; लथालिङ्ग।
66922 भताभुङ्ग क्रि.वि. ना. २. बरबाद; नाश।
66923 भताभुङ्गे वि. १. भताभुङ्ग पार्ने; नष्टभ्रष्ट तुल्याउने; भज्याहा।
66924 भताभुङ्गे वि. २. भताभुङ्ग।
66925 भतारिनु अ.क्रि. १. हिलोमैलो वा धुलोमैलो भएका फोहोर ठाउँमा ढसमस्स भएर बस्नु।
66926 भतारिनु अ.क्रि. २. पछारिनु; लड्नु।
66927 भताऱ्याइ ना. भतारिने क्रिया वा प्रक्रिया।
66928 भताहा वि. १. परम्पराअनुसार भातभान्सामा मिल्ने; सजातीय।
66929 भताहा वि. ना. २. त्यस्ता बन्धुवर्ग वा नातादार।
66930 भतिज/भतिजा ना. १. भतिजोको मानबोधक शब्द।
66931 भतिज/भतिजा ना. २. भतिजो।
66932 भतिजी ना. दाजु वा भाइकी छोरी; जेठाजु वा देवरकी छोरी।
66933 भतिजो ना. दाजु वा भाइको छोरो; जेठाजु वा देवरको छोरो।
66934 भतुवा ना. १. तलबविना भातमात्र खाएर बस्ने नोकर।
66935 भतुवा ना. वि. २. कामकाज नगरी खाएर मात्र बस्ने; भातमारा।
66936 भतुवाकार ना. कमला पात र डाँठ हुने, फुलीका आकारका पहेँला, सेता फूल फुल्ने एक थरी बर्खे झार।
66937 भतेर ना. १. निम्तारु अथवा अन्य धेरै मान्छेलाई खान तयार गरिएको भातभान्सा।
66938 भतेर ना. २. प्रशस्त खाना; धेरै खानेकुरो।
66939 भतेर ना. ३. आवश्यकभन्दा बढी मात्रामा पाकेको भा।
66940 भतेरे वि. भतेरका निम्ति आवश्यक; भतेरमा चाहिने।
66941 भतेरे डाडुपन्यु ना. खड्कौँलाहरूको भाततिहुन चलाउन, बाँड्न र पस्कन हुने ठुलठुला डाडु-पन्यु।
66942 भत्कनु अ.क्रि. १. पर्खाल, भित्तो, छानो, गारो, ढिस्को, डिल, खात आदि खस्नु वा लड्नु; ढल्नु।
66943 भत्कनु अ.क्रि. २. कुनै कामव्यवहार बिग्रनु; लथालिङ्ग हुनु; भताभुङ्ग हुनु; बिग्रनु।
66944 भत्करु ना. बिहेमा जन्तीको खबर लिएर दुलहीका घरमा जाने दुलहातर्फको मानिस; वरयात्रीको अग्रदूत; भत्खरु; भत्खौरे।
66945 भत्काइ ना. १. भत्कने भाव, क्रिया वा प्रक्रिया।
66946 भत्काइ ना. [ भत्काउ + आइ] २. भत्काउने भाव, क्रिया वा प्रक्रिया।
66947 भत्काइनु क.क्रि. घर पर्खाल आदि लडाइनु; ढलाइनु।
66948 भत्काउनु स.क्रि. १. घर, पर्खाल आदि बिगार्नु वा लडाउनु।
66949 भत्काउनु स.क्रि. २. बिगार्नु; नाश पार्नु।
66950 भत्किनु अ.क्रि. १. भत्कनु।