Dictionary

All Word

67401 भस्मेली वि. २. भस्मसम्बन्धी; भस्मको।
67402 भस्याकभुसुक क्रि.वि. आगो पूरै निभ्ने किसिमले।
67403 भस्योट ना. भासिने खालको जमिन; भासिलो जग्गा।
67404 भा ना. १. चमक; दीप्ति; कान्ति।
67405 भा ना. २. छटा; छवि; शोभा।
67406 भा ना. ३. विद्युत्; बिजुली।
67407 भाँग ना. हे. भाङ।
67408 भाँच्नु स.क्रि. कुनै लाम्चो वस्तुलाई टुक्र्याउनु; तोड्नु।
67409 भाँचकुँच ना. दोबारेर भाँच्ने तथा थिचेर कुच्च्याउने काम; भाँचभुँच।
67410 भाँचभुँच ना. भाँचकुँच।
67411 भाँचाभाँच ना. धमाधम भाँच्ने काम; परस्परको भँचाइ।
67412 भाँचिनु क.क्रि. १. भाँच्ने काम गरिनु।
67413 भाँचिनु क.क्रि. अ.क्रि. २. टुक्रिनु; टुट्नु; ठुन्किनु।
67414 भाँचीकुँची ना. १. भाँच्नेकुच्च्याउने काम; भाँचकुँच।
67415 भाँचीकुँची ना. क्रि.वि. २. भाँचकुँच पारेर।
67416 भाँचो ना. १. डन्डीबियोको खेलमा पाँचको गन्ती।
67417 भाँचो ना. २. सो गन्तीमा बियो हान्ने काइदा वा त्यस्तो हनाइ।
67418 भाँचो ना. ३. झटारो।
67419 भाँज ना. १. लुगाफाटा पट्याउने र दोब्र्याउने काम।
67420 भाँज ना. २. त्यस्तो पट्याएको र दोब्र्याएको ठाउँ; तह।
67421 भाँज ना. ३. जुक्ति; उपाय।
67422 भाँजा ना. जीवजन्तुहरूलाई थिचेर मार्न तिनीहरूको बाटो पत्ता लगाई दायाँबायाँ राखिने काठका मुढाहरूको धराप; खोर; पासो।
67423 भाँजी / भाँजो ना. कुनै काम वा व्यवहारमा पर्न आउने व्यवधान; विघ्न; बाधा।
67424 भाँटी ना. छालाको थैलोजस्तो पारेर बनाइएको, आगो फुक्ने साधन; खलाँती।
67425 भाँड्नु स.क्रि. १. हुन लागेको कामकुरो बिगार्नु; बिचैमा बिथोल्नु।
67426 भाँड्नु स.क्रि. २. नराम्रो बाटो वा नजाती लतमा लाग्नु; बराल्नु; बिगार्नु।
67427 भाँड्नु स.क्रि. ३. कसैलाई बिभिन्डिने स्थितिमा पुऱ्याउनु; भड्काउनु।
67428 भाँड ना. १. गाएर वा नाचेर जीविका चलाउने परम्परा भएको एक जा।
67429 भाँड ना. स्त्री. भँडिनी; भँडेनी।
67430 भाँड ना. २. भाँड्ने चाल।
67431 भाँड ना. वि. ३. अनावश्यक रूपमा वा जानीजानी झैझमेला गर्ने; कचिङ्गल मच्चाउने; जथाभाबी बोल्ने।
67432 भाँड गीत ना. भाँड-जातिले वंशक्रमका रूपमा गाउँदै आएको गीत; भाँडजातिको गी।
67433 भाँडभैलो ना. १. अव्यवस्थित एवं अनुशासनहीन ढङ्गबाट गरिने कुनै कामकुरो।
67434 भाँडभैलो ना. २. अश्लील वचन; मनपरी बोली।
67435 भाँडभैलो ना. ३. जथाभाबी र बदमासीका साथ भएको काम व्यवहार।
67436 भाँडा ना. भाँडोको ब. व. रूप।
67437 भाँडाकुँडा ना. घरव्यवहारमा खानपिन तथा सामान राखनधरन गर्न आवश्यक पर्ने साधन; भाँडाहरूको समूह; भाँडाबर्तन; कसनतमन।
67438 भाँडा वर्तन ना. भाँडाकुँडा।
67439 भाँडिउँ ना. १. भाँड्ने खालको बोलीचाली; भाँड्ने निहुँ।
67440 भाँडिउँ ना. वि. २. अचाक्ली; उत्पात; औधी; भाँडिम (उदा.- तिमीले मात्रै त्यो भाँडिउँ लिएर मलाई के नि?)।
67441 भाँडिनु क.क्रि. १. आफै बिग्रनु वा बरालिनु; भ्रष्ट हुनु।
67442 भाँडिनु क.क्रि. २. भइरहेको कामकुरो आदि बिथोलिनु; बिभिन्डिनु।
67443 भाँडिम ना. / वि. हे. भाँडिउँ।
67444 भाँडी ना. आरनमा चलाइने सानो हतौडी वा मार्तोल।
67445 भाँडो ना. १. दैनिक खाद्य वस्तु राखनधरन गर्ने, पकाउनेपस्किने र खानेपिउने आदि काममा प्रयोग हुने, धातु, माटो आदिको पात्र; बर्तन।
67446 भाँडो ना. २. पात्र।
67447 भाँत/भाँती ना. १. जुनसुकै कामको तौरतरिका; पद्धति।
67448 भाँत/भाँती ना. २. कुनै विषय वा वस्तुको प्रकार; कोटि; थरी; किसिम।
67449 भाँत भूखण्ड ना. कुनै काम सफल पार्न गरिने अथक प्रयास; भरिसक्के मेहन।
67450 भाइ ना. १. एउटै आमाबाबुबाट जन्मेको वा एउटै बाबुको अर्की आमाबाट जन्मेको, आफूभन्दा कान्छो व्यक्ति; भ्राता ; अनुज।