Dictionary

All Word

67551 भाग्यवश/वशात् क्रि.वि. भाग्यले गर्दा; भाग्यअनुसार; दैवात्।
67552 भाग्यवाद ना. प्रारब्धमा जे छ त्यही मात्र जीवनमा भोग्नुपर्छ भन्ने सिद्धान्त; मान्छेले पूर्वजन्मको कमाइ नै भोग्छ भन्ने परम्परा।
67553 भाग्यवादी वि. भाग्यको भर पर्ने; भाग्यमा निर्भर रहने; भाग्यवादको अनुयायी।
67554 भाग्यवान् वि. सुखसमृद्धिले पूर्ण भएको; भाग्यशाली; भाग्यमानी।
67555 भाग्यविधाता वि. १. कसैको भाग्यनिर्माण गर्ने वा बनाइदिने; भाग्यनिर्माता।
67556 भाग्यविधाता वि. ना. २. सुखदुःखको कारणभूत मानिने शक्तिरूप ईश्वर।
67557 भाग्यविपर्यय ना. परिस्थिति र कार्यकारणले भाग्यमा परिवर्तन आउने काम; राम्रो अवस्थाबाट आउने नराम्रो अवस्था वा नराम्रो अवस्थाबाट आउने राम्रो अवस्था।
67558 भाग्यशाली वि. राम्रो भाग्य भएको; भाग्यवान्; भाग्यमानी।
67559 भाग्यहीन वि. १. भाग्य राम्रो नभएको; भाग्यले ठगिएको; अभागी।
67560 भाग्यहीन वि. २. दु:खी; पीडि।
67561 भाग्योदय ना. राम्रो भाग्यको उदय; दिनप्रतिदिन हुँदै जाने उन्नति; बिस्तारै फर्किएको राम्रो दिन।
67562 भाङ ना. १. सिलामका जस्तै मसिना दाना फल्ने, ती दाना खाँदा मात लाग्ने, गाँजाका जातको एक बोट; भाँग।
67563 भाङ ना. २. त्यसैका पात, दाना सबै माडेर - पिँधेर बनाइएको मादक वस्तु वा पेय पदार्थ ; घोट्टा; भाँग।
67564 भाङपाली ना. कुनै वस्तु वा व्यवहार बिग्रँदै जाने काम; भत्कोस।
67565 भाङ पेलाइ ना. कुनै जुक्तिले आफ्नो मतलब साध्य गर्ने काम; थिचोमिचो।
67566 भाङभुङ ना. १. नष्टभ्रष्ट वा तोडफोड गर्ने काम।
67567 भाङभुङ ना. २. छिटोछिटो हात चलाएर गरिने पिटाइ; पाकपुक।
67568 भाङभुङ ना. ३. भएभरका कुराको पोखाइ वा उदाङ्ग्याइ।
67569 भाङभुङ ना. वि. ४. भत्काएर लथालिङ्ग पार्ने; भताभुङ्ग।
67570 भाङभुडे / भाङभुङ्गे वि. भाङभुङ गर्ने खालको; भाङभुङ पार्ने; उपध्य्राहा।
67571 भाङभुजो ना. १. केही नबच्ने गरी भएको बाँडचुँड।
67572 भाङभुजो ना. २. सबै सकिने वा रित्तिने स्थिति; पूर्ण समाप्ति।
67573 भाङ्ग्रे १ वि. १. भाङ्ग्रोजस्तो; भाङ्ग्राबाट बनेको।
67574 भाङ्ग्रे १ वि. २. सबै सकिने वा रित्तिने स्थिति; पूर्ण समाप्ति।
67575 भाङ्ग्रे २ वि. १. भाङ्ग्रोजस्तो; भाङ्ग्राबाट बनेको।
67576 भाङ्ग्रे २ वि. २. भाङ्ग्राको लुगा लगाउने।
67577 भाङ्ग्रे २ वि. स्त्री. भाङ्ग्री।
67578 भाङ्ग्रे सिस्नु ना. पाट निकाली भाङ्ग्रा; बोरा आदि बनाइने, काम्लेका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नु; अल्लो।
67579 भाङ्ग्रो ना. पाटाबाट बुनेको बोराजस्तो खस्रो कपडा; टाट; चट्टी।
67580 भाङ्जो ना. १. कुनै काम कुराका बिचमा पर्न आउने बाधा; विघ्न; भाँजी।
67581 भाङ्जो ना. २. अल्झो; झमेला।
67582 भाङ्जो ना. जमिनमा बिछ्याइएको पानीको पाइप।
67583 भाङ्जो ना. ५. रेलको लिक।
67584 भाङ्जो ना. ६. पढाइ वा जागिरको विषय।
67585 भाजक ना. १. गणितमा कुनै सङ्ख्या वा राशिलाई भाग लिने अङ्क; भाजक सङ्ख्या।
67586 भाजक ना. वि. २. भाज्यलाई भाग गर्ने; भाग लिने वा भाग लगाउने।
67587 भाजन ना. १. कुनै वस्तु भाग लगाउने काम; बाँड्ने काम।
67588 भाजन ना. २. पात्र ; भाँडो।
67589 भाजन ना. ३. कुनै काम वा कुराको अधिकारी वा पात्र (जस्तै- कोपभाजन, विश्वासभाजन इ.)।
67590 भाजित वि. बाँडेर अलग पारिएको; भाग लगाइएको; विभक्।
67591 भाज्य वि. १. भाजक सङ्ख्याले भाग लगाउनुपर्ने; भाग लगाउन सकिने; भाग लगाउन उचि।
67592 भाज्य वि. ना. २. गणितमा भाजकले भाग लगाउन सकिने मूल सङ्ख्या वा राशि।
67593 भाट ना. १. राजामहाराजा वा ठुलाबडाको स्तुति गाएर जीविका चलाउने एक जाति।
67594 भाट ना. २. ब्राह्मणले सन्न्यासी जातकी नारीसँग सहवास गरी पैदा भएको सन्तान।
67595 भाट ना. ३ तीनलिङ्गे वा सोभन्दा बढीको जैसी जातले त्यस्तै जैसी वा खसकी छोरीसँग बिहे गरी जन्माएको सन्तान।
67596 भाटगिरी ना. स्तुतिगान गर्ने काम।
67597 भाटभुट ना. धेरथोर भुट्ने काम; भुटभाट।
67598 भाटा ना. समुद्रमा उठेर बिस्तारै घट्दै जाने तरङ्ग; ज्वारको विपरीत अवस्था।
67599 भाटिया ना. १. सुन-चाँदीको एक प्रकारको सिक्रीवाल गहना।
67600 भाटिया ना. २. मारबाडी जातिका क्षत्री, खत्री, आदिको एक वर्ग वा थर।