Dictionary

All Word

67701 भारत २ ना. ३. 'महाभारत' नामक एक ग्रन्।
67702 भारत २ ना. ४. भारतवंशमा उत्पन्न व्यक्ति।
67703 भारत २ ना. ५. कठिनाइ; परिभ्राट; मुस्किल; हैरान।
67704 भारत इरानेली वि. भारोपेली भाषिक खलकको आर्येली शाखा।
67705 भारतवर्ष ना. जम्बु द्वीपका नौ वर्षमध्ये एक वर्ष; आर्यावर्।
67706 भारतवर्षीय वि. भारतवर्षसम्बन्धी; भारतीय।
67707 भारतवासी वि. भारतमा बस्ने; भारतको बासिन्दा।
67708 भारत ३ ना. पश्चिम नेपालमा प्रचलित लोक एवं वीरगाथा; चैत (चरित्र); हुडकेली; भारत्या।
67709 भारती ना. १. वाणी; बोली; भाषा।
67710 भारती ना. २. विद्याकी अधिष्ठात्री देवी; वाग्देवी; सरस्वती।
67711 भारती ना. ३. संस्कृत काव्यशास्त्रमा वर्णित चार वृत्तिमध्ये एक; भारती वृत्ति।
67712 भारती ना. ४. सन्न्यासी जातिका दशनामीमध्येको एक थर।
67713 भारतीय वि. १. भारतसम्बन्धी; भारतको।
67714 भारतीय वि. २. भारत देशका बासिन्दा; भारतवासी।
67715 भारतेली वि. भारतसम्बन्धी; भारतको; भारतीय।
67716 भारदार ना. १. कुनै शासनव्यवस्थाका उच्च ओहदामा रही काम गर्ने व्यक्ति; प्रतिष्ठित राजकर्मचारी; राजसभाको सदस्य; राजसभासद्।
67717 भारदार ना. २. अघि नेपालमा रहेको चौतरिया, काजी, सरदार, खरदार, कपरदार र खजान्चीको समूह; त्यस्तै निजामतीपट्टि काजीदेखि मुखियासम्म तथा जङ्गीपट्टि सुबेदारसम्मका कर्मचारी।
67718 भारदारी ना. १. भारदारहरूको सभा; भारदारहरू बसेर विशेष कुराको छलफल गर्ने वा मुद्दामामिला आदि हेर्ने ठाउँ; सभा वा कचहरी।
67719 भारदारी ना. २. छलफल; बहस।
67720 भारदारी ना. ३. राणाकालमा उच्च अधिकारीहरू सदस्य भएको सभा वा न्यायालय; कौसी।
67721 भारोपीय परिवार ना. भारोपेली परिवार।
67722 भारोपेली वि. भारत र युरोपसँग सम्बन्धित; भारतीय उपमहाद्वीप र युरोपीय महादेशको साझा सम्बन्ध भएको।
67723 भारोपीय खलक/परिवार ना. १. एसिया र युरोपका एउटै मूलबाट आएका भाषाहरूको समूह।
67724 भारोपीय खलक/परिवार ना. २. त्यस्तो भाषा बोल्नेहरूको समूह।
67725 भार्गव ना. १. भृगु ऋषिका वंशमा उत्पन्न व्यक्ति; भृगुको सन्तान।
67726 भार्गव ना. २. शुक्राचार्य।
67727 भार्गव ना. ३. जमदग्निका पुत्र परशुराम।
67728 भार्गी ना. बढीमा दुई मिटर अग्लो, ठुलठुला खस्रा पात हुने, टुप्पो सेतो हुने, हाँगा निस्कने ठाउँमा फुल्ने, बाटुला फल फल्ने, चोपबाट वात र कफलाई फायदा हुने एक वनस्पति।
67729 भार्या ना. विवाहिता स्त्री, अर्धाङ्गिनी; पत्नी; श्रीमती।
67730 भार्रभुर्र क्रि.वि. चराचुरुङ्गीहरू अलि-अलि गरी उड्ने चालले; त्यसरी उड्दा शब्द निस्कने गरी।
67731 भार्लाङ ना. बाल्ढ्याङ्ग्रोका जस्तै टाटा र पाङ्ग्रोभन्दा केही साना दाना लाग्ने, एक प्रकारको लहरो; त्यसैको फल।
67732 भाल ना. १. निधार; माथ; ललाट।
67733 भाल ना. २. प्रकाश; तेज।
67734 भाल ना. ३. अन्धकार।
67735 भालचन्द्र ना. शिरमा चन्द्रमा धारण गर्ने शिव; महादेव।
67736 भाललोचन ना. निधारमा आँखा हुने शिव; महादेव।
67737 भाला ना. १. बाणको जस्तो टुप्पो र लामो बिँड भएको, घोच्ने एक हतियार; बर्छा।
67738 भाला ना. २. हुलाकीले आत्मरक्षाका निमित्त टेकेर हिँड्ने, टुप्पातिर भाला भएको, घुँगुरासमेतको एक लट्ठी।
67739 भालु ना. लामालामा झ्याप्ले रौँ, कुकुरको जस्तो मुख र प्रायः कालो रङ हुने एक हिंस्रक वन्यजन्तु।
67740 भालु आँखो ना. बाँस, मालिङ्गो, निगालो आदिको हाँगा पलाउनेपट्टिको भाग।
67741 भालु काठ ना. आठदेखि बिस इन्चीसम्म लामा र चारदेखि नौ इन्चीसम्म चौडा पात हुने, सेतो फूल फुल्ने, चार-छ इन्ची ठुला फल फल्ने, महाभारत पर्वत शृङ्खलामा पाइने एक जातको सदाबहार रुख।
67742 भालुको कम्पट ना. छोड्न पनि नहुने र समातिरहन पनि नसकिने खालको झन्झट; नचाहिँदो भयाउलो।
67743 भालुकोरे वि. भालुले झम्टेर नाक चिथोरेको (मानिस)।
67744 भालुगाँडे/गान्टे ना. लाम्चा आकारका पात हुने, फलभित्र कदमका जस्तै बीज हुने, नासपातीका जस्ता ठुलठुला फल फल्ने एक वृक्ष वा त्यसैको फल।
67745 भालुचिन्डे ना. सिमलका आकारका र गाढा हरियो रङका पात हुने, बस्तुलाई घाँस खुवाइने एक प्रकारको चिन्डे रुख।
67746 भालुछेराइ ना. नलिईकन पटक्कै नछोड्ने चाल।
67747 भालुझम्टाइ ना. भालुले जस्तै एक्कासि झम्टने काम; डरलाग्दो आक्रमण।
67748 भालुनङ्ग्रे वि. भालुका जस्ता तिखा नङ्ग्रा भएको।
67749 भालुबाँस घरकटेराको अस्थायी खाँबो, ढुङ्ग्रो आदि बनाउने काममा प्रयोग हुने, कालो झुस र छोटाछोटा आँख्ला भएको, मोटो बलियो खालको बाँस।
67750 भालुभुत्ते वि. धार नभएको; बोधो (हतियार)।