Dictionary

All Word

67851 भावित वि. १. विचार गरिएको; ठम्याइएको।
67852 भावित वि. २. सम्मिश्रण भएको; मिलाइएको।
67853 भावित वि. ३. शुद्ध पारिएको; शोधि।
67854 भावित वि. ४. अन्य रस र भावहरूलाई समेत पूरक रूपमा प्रयोग गरिएको; पुट दिइएको।
67855 भावित वि. ५. सुगन्धि।
67856 भावी ना. १. भविष्यत्काल; आउँदो समय।
67857 भावी ना. २. पछि गएर नभई नहुने कुरो; हुनेहुनामी।
67858 भावी ना. ३. भाग्य; तकदिर।
67859 भावी ना. वि. ४. भविष्यमा हने; पछि हुने।
67860 भावीकाण्ड ना. बोटबिरुवाहरू बढेर आउँदा जमिनभन्दा माथि र हाँगा फाटेसम्मको भाग।
67861 भावीमूल ना. बोटबिरुवाको जमिनमुनिको मुख्य भाग; मूलजरो।
67862 भावुक वि. १. मनमा कोमल भाव सहजसित सञ्चार हुने; सुकुमार ह्रदय भएको; कोमलचित्।
67863 भावुक वि. २. सहृदय, रसज्ञ।
67864 भावुक वि. ३. राम्रो वा असल कुराको सोचविचार गर्ने; असल भावना लिने।
67865 भावुकता ना. भावुक हुनाको भाव वा अवस्था।
67866 भावोच्छ्लन ना. भावको उच्छलन; भावातिरेक।
67867 भावोदय ना. सन्दर्भित भावको समाप्तिपछि चमत्कारपूर्ण ढङ्गले अर्को भावको उदय भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
67868 भावोद्दीपक/ भावोद्रेक वि. भावहरूलाई उत्पन्न र सक्रिय गराउने (तत्त्व); भावोत्तेजक; भावोत्पादक।
67869 भाव्य वि. १. पछि हुने; भावी।
67870 भाव्य वि. २. भावना गर्न लायक; विचारणीय।
67871 भाषण ना. १. आमसभा वा यस्तै अन्य जमघटमा कुनै विषयका बारेमा सविस्तार गरिने व्याख्यान; वक्तव्य; प्रवचन।
67872 भाषण ना. २. बातचित; छलफल; कुराकानी।
67873 भाषणकला ना. सभा, गोष्ठी, जमघट आदिमा कुनै विषयमा धाराप्रवाह वक्तव्य दिने कुशलता वा शिल्प; व्याख्यान-शिल्प।
67874 भाषण स्वतन्त्रता ना. विशेषतः राजनीतिक, धार्मिक, सामाजिक आदि विषयमा सर्वसाधारणका अगाडि आफ्नो मनको विचार प्रकट गर्न राज्य वा सरकारबाट प्राप्त हुने स्वतन्त्रता; वाक्स्वतन्त्रता।
67875 भाषा ना. १. मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह; आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली।
67876 भाषा ना. २. व्यक्तिविशेषले लेख्ने र बोल्ने ढङ्ग; शैली।
67877 भाषा ना. ३. कुनै देशका बासिन्दाले बोलचाल गर्ने साहित्ययुक्त प्रचलित शब्दावली।
67878 भाषा ना. ४. वाग्देवी; सरस्वती।
67879 भाषा ना. ५. वाणीका चार रूप- परा, पश्यन्ती; मध्यमा र वैखरी।
67880 भाषा ना. ६. परिभाषा; लक्षण।
67881 भाषा ना. ७. कुराकानी; बातचि।
67882 भाषागत वि. भाषासँग सम्बन्धित; भाषाको।
67883 भाषातत्त्व ना. भाषाका ध्वनि, अर्थ, रूप आदि आवश्यक तत्त्व; भाषाविज्ञान।
67884 भाषातात्त्विक वि. भाषातत्त्वसँग सम्बन्धित; भाषातत्त्वको।
67885 भाषा पुरातत्त्व ना. भाषाका सहायताले त्यस भाषाका वक्ताहरूको प्राचीन इतिहासमा प्रकाश पार्ने विषय।
67886 भाषानुवाद ना. कुनै एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद।
67887 भाषान्तर ना. १. एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद; भाषानुवाद।
67888 भाषान्तर ना. २. अर्को भाषा; पृथक् भाषा।
67889 भाषाविज्ञान ना. भाषाको उत्पत्ति, विकास, परिवार, संरचना, परिवर्तन आदिलाई सूक्ष्म किसिमले अध्ययन गरिने शास्त्र; भाषाशास्त्र।
67890 भाषाविद् वि. कुनै भाषा वा भाषाको सैद्धान्तिक ज्ञानका बारेमा गहिरो अध्ययन भएको (व्यक्ति); भाषाविशेषज्ञ।
67891 भाषा विशेषज्ञ वि. १. भाषाको बारेमा गहिरो ज्ञान भएको; भाषाको विभिन्न पक्षीय अध्ययनमा निपुण; भाषाविद्।
67892 भाषा विशेषज्ञ वि. २. विभिन्न भाषाहरूको ज्ञाता।
67893 भाषावेत्ता वि. भाषाविद्।
67894 भाषाशास्त्र ना. भाषाविज्ञान।
67895 भाषासम ना. एउटै वाक्यमा एकै अर्थ बुझाउने विभिन्न भाषाका शब्दहरूको योजना गर्दा हुने एक अर्थालङ्कार।
67896 भाषा सम्पादन ना. लिखित अभिव्यक्तिको हिज्जे, वाक्यगठन तथा प्रस्तुतीकरण मिलेनमिलेको हेरी वा काटछाँट गरी प्रकाशनयोग्य बनाउने काम।
67897 भाषिक वि. भाषासम्बन्धी; भाषामा पाइने; भाषाको।
67898 भाषिक समुदाय ना. कुनै एक भाषा बोल्ने मान्छेहरूको समाज; समान भाषा बोल्ने मानवसमाज।
67899 भाषिका ना. कुनै एक भाषिक समुदायभित्र ध्वनि, उच्चारण र संरचनागत क्षेत्रीय विभेदका आधारमा देखिने भेदउपभेद; कुनै पनि भाषाको क्षेत्रीय भेद।
67900 भाषित वि. १. भनिएको; कथि।