Dictionary

All Word

68001 भिज्नु अ.क्रि. ४. कुनै विषयबारे पोख्त हुनु; पारङ्गत हुनु।
68002 भिजाइ ना. भिज्ने भाव, क्रिया वा प्रक्रिया।
68003 भिजाइनु क.क्रि. भिज्ने पारिनु; भिज्न लाइनु।
68004 भिजाउनु प्रे.क्रि. १. अन्न आदि पानीमा राखेर फुलाउनु; ढड्याउनु।
68005 भिजाउनु प्रे.क्रि. २. पानी आदि तरल पदार्थले तर पार्नु; निथ्रुक्क तुल्याउनु।
68006 भिजिटिङ कार्ड ना. भेटघाटको सजिलाका निम्ति वा परिचयको सम्झना दिलाउन नाम, थर, ठेगाना आदि छापिएको कागतको सानो दरो टुक्रो; चिनारीपत्र।
68007 भिजिनु क.क्रि. तरल पदार्थले निथ्रुक्क होइनु; रुझिनु।
68008 भिटा ना. १. पानीले नढाक्ने, तराईको केही उच्चा परेको ठाउँ; घर-घडेरीका निम्ति उपयुक्त पाखोबारी।
68009 भिटा ना. २. धानखेती नलाग्ने र मकै, भटमास, सन आदि पाखा बाली हुने समथर जग्गा।
68010 भिटामिन ना. पोषणतत्त्व।
68011 भिटो १ ना. विशेषाधिकार।
68012 भिटो २ ना. खेतबारी आदिमा लगाइने माटाको डिल वा चरीको पर्खाल।
68013 भिटौरी ना. सहरबजारका घरघडेरीमा लाग्ने धुरीकर।
68014 भिड्नु अ.क्रि. १. परस्परमा लडन्त हुन थाल्नु; मुठभेड हुनु; टकराउनु।
68015 भिड्नु अ.क्रि. २ जोडिनु; मिल्नु; भेटिनु।
68016 भिड्नु अ.क्रि. ३. रुजु गरिनु।
68017 भिड्नु अ.क्रि. ४. दाँजिनु।
68018 भिड्नु अ.क्रि. ५. रोहबरमा राखिनु।
68019 भिड्नु अ.क्रि. ६. जबरजस्ती जिम्मा लाग्नु।
68020 भिड्नु अ.क्रि. स.क्रि. ७. मुकाबिला गर्नु; सामना गर्नु; जुध्नु।
68021 भिड ना. १. धेरै मान्छेको जमघटबाट हुने घचारो; घुइँचो; घन्चमन्च।
68022 भिड ना. २. ठुलो बथान; हुल; फौज।
68023 भिड ना. ३. कामको चापाचाप; कामको थिचोमिचो।
68024 भिडभाड ना. १. हुलमुल; ठेलमठेल; हुल्ला।
68025 भिडभाड ना. २. घचारो; घुइँचो।
68026 भिडन्त ना. परस्परमा लड्ने र भिड्ने काम; परस्परको सङ्घर्ष।
68027 भिडाइ ना. १. भिड्ने भाव, क्रिया वा प्रक्रिया।
68028 भिडाइ ना. २. भिडाउने भाव, क्रिया वा प्रक्रिया।
68029 भिडाइनु क.क्रि. जुधाइनु।
68030 भिडाउनु स.क्रि. १. दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु।
68031 भिडाउनु स.क्रि. २. रोहबर गर्नु; रोहबरमा राख्नु।
68032 भिडाउनु स.क्रि. प्रे. क्रि. ३. भिडन्त गराउनु; जुधाउनु।
68033 भिडाउनु स.क्रि. ४. मुठभेड गराउनु।
68034 भिडाउनु स.क्रि. ५. जबरजस्ती जिम्मा लगाउनु; टाँसो लगाउनु।
68035 भिडा ना. १. घचारो; घुइँचो।
68036 भिडा ना. २. झोझझमेला; झन्झट।
68037 भिडा ना. ३. असजिलोपन; तकलिफ।
68038 भिडिओ ना. सौखिनहरूले घरघरमा राखेर पनि हेर्न सक्ने, सानो खालको चलचित्र; कोठेसिनेमा।
68039 भिडिनु क.क्रि. भिड्ने काम गरिनु।
68040 भिण्डी ना. रामतोरियाँ।
68041 भित्ति/भित्तिका ना. १. गारो; भित्तो।
68042 भित्ति/भित्तिका ना. २. जग; आधारस्थल; पृष्ठभूमि।
68043 भित्ति/भित्तिका ना. ३. चिरो; धाँजो।
68044 भित्ति/भित्तिका ना. ४. खण्ड; टुक्रो।
68045 भित्ति / भित्तिका चित्र ना. भित्तामा लेखिएका वा कुँदिएका देवदेवी आदिका चित्र; भित्तामै बनाइएको तस्बिर।
68046 भित्ते ना. १. जिउ छोटो हुने, सानो एक जातको माछा।
68047 भित्ते ना. वि. २. भित्ताको भित्तामा झुन्ड्याइएको।
68048 भित्ते घडी ना. भित्तामा झुन्ड्याइने घडी।
68049 भित्ते चरो ना. हल्का पहेँलो रङका भुत्ला हुने कालाकाला धर्सा हुने, रातो पखेटा, सानो लामो चुच्चो हुने, रुखमा तलबाट माथि जाँदा सोझै उड्न सक्ने रुपीजस्तो चरो।
68050 भित्ते तालिका ना. रेखाङ्कन वा चित्राङ्कनद्वारा खास कुरा सम्झाइएको, भित्तामा टाँसिएको तालिका।