Dictionary

All Word

68051 भित्ते दराज ना. भित्तामा टाँसेर बनाइएको गर्भे दराज; भित्तैमा टाँसिएको दराज।
68052 भित्ते पात्रो ना. भित्तामा झुन्ड्याइने पात्रो; क्यालेन्डर।
68053 भित्तो ना. १. पर्खाल, गारो आदिको पाखो।
68054 भित्तो ना. २. पहाडको फेदी; पर्वतको काख।
68055 भित्तो ना. ३. निश्चय; टुङ्गो; निधो।
68056 भित्तो ना. ४. हद; सीमा।
68057 भित्तो लगाइ ना. टुङ्गो पुग्ने काम; अन्तिम सीमा; पल्लो फाल।
68058 भित्तो फोर्नु अ.क्रि. चोर्नु।
68059 भित्र क्रि.वि. १. घर, पर्खाल, घेरा, बाकस, परिधि आदिको गर्भमा; अन्तर खण्डमा; बाहिरको उल्टोतिर।
68060 भित्र क्रि.वि. २. मर्यादा, परिमाण आदिको सीमानिर।
68061 भित्र क्रि.वि. ना. यो. ३. बिच; माझ; मध्य।
68062 भित्र क्रि.वि. ना. ४. मन; हृदय; दिल; अभ्यन्तर।
68063 भित्र क्रि.वि. ५. जनानाखाना; खोपी; अन्तःपुर।
68064 भित्रनु अ.क्रि. भित्र पस्नु; भित्र पुग्नु; छिर्नु; घुस्नु; प्रवेश गर्नु; भित्रिन।
68065 भित्राइ ना. भित्रने भाव, क्रिया वा प्रक्रिया; भित्र्याइ।
68066 भित्रिनी ना. गुप्त रूपले राखिएकी स्वास्नी; रखौटी; ल्याइता; भित्रेनी।
68067 भित्रिनी पट्टिको वि. भित्रिनीतिरबाट जन्मेको (सन्तान)।
68068 भित्रिनु अ.क्रि. १. भित्र जानु; प्रवेश गर्नु; पस्नु; घुस्नु; २. सीमा, बाधा, व्यवधान, नियम आदिका घेरामा पर्नु।
68069 भित्रिया वि. १. मन मिलेको; भरपत्याएर भएको; विश्वस्।
68070 भित्रिया वि. २. भित्रको; भित्री।
68071 भित्रिया वि. ना. ३. कुनै घरपरिवारको आत्मीय व्यक्ति।
68072 भित्री वि. १. भित्रपट्टिको; भित्रको आन्तरिक।
68073 भित्री वि. २. प्रकटमा नआएको; गुप्।
68074 भित्री वि. ना. ३. लुगाफाटाको भित्रपट्टिको पत्र; भित्री तह।
68075 भित्री खल्ती ना. कोट, पाइन्ट आदि लुगामा भित्रपट्टि राखिएको गोजी; भित्री गोजी।
68076 भित्री छाला ना. जुत्ताको सामाको भित्रपट्टि कपडाको सट्टा राखिने पातलो किसिमको छाला।
68077 भित्री तलुवा ना. जुत्ताको भित्रपट्टिको तलुवा ( इनसोल)।
68078 भित्री बारा ना. घरको बाहिरी चौघेरादेखि भित्रपट्टि लगाइएको घेरा।
68079 भित्री बारी ना. घरको करेसाबारी; कोठेबारी; हाताभित्रको बगैँचा।
68080 भित्री मधेस ना. महाभारत पर्वतमालाका फेदीदेखि तल र चुरे पहाडका फेदीदेखि माथि पर्ने समथर भूभाग।
68081 भित्री सन्चो वि. १. अन्तस्करणले सोचेजस्तो; मनले चिताएजस्तो।
68082 भित्री सन्चो वि. ना. २. सन्चो वा फाइदा हुने काम कुरो।
68083 भित्री सन्चो वि. क्रि.वि. ३. अरूलाई थाहा नदिईकन गुपचुप ढङ्गले।
68084 भित्रेनी ना. रखौटी; ल्याइता; भित्रिनी।
68085 भित्र्याँस ना. शरीरमा रहेको कलेजो, फोक्सो, मुटु, आन्द्रो आदि अवयव।
68086 भित्र्याइ ना. १. भित्रिने भाव, क्रिया वा प्रक्रिया।
68087 भित्र्याइ ना. [भित्र्याउ + आइ] २. भित्र्याउने भाव, क्रिया वा प्रक्रिया।
68088 भित्र्याइनु क.क्रि. भित्र हुलिनु।
68089 भित्र्याउनु स.क्रि. / प्रे. क्रि. १. भित्र हुल्नु; प्रवेश गराउनु; पसाल्नु।
68090 भित्र्याउनु स.क्रि. / प्रे. क्रि. २. भित्र राख्नु; थन्क्याउनु।
68091 भिना ना. १. दिदीका श्रीमान्; दिदीको लोग्ने; भिनाज्यू।
68092 भिना ना. २. प्रेमी (लाक्षणिक अर्थमा)।
68093 भिनाजु ना. १. भिनाज्यू।
68094 भिनाजु ना. २. मिना।
68095 भिनाज्यू ना. दिदीका लोग्ने; भगिनीपति; भिना।
68096 भिनु ना. नासपाती, ज्यामिर, निबुवा, दारिम, कटहर आदि फलको भेट्नुदेखि सुरु भई नाइटोसम्म गएको डाँक्ले गुभो; भिनाजु।
68097 भिन्दिपाल ना. हातले फ्याँकेर प्रहार गरिने छोटो डन्डीजस्तो एक हतियार।
68098 भिन्न वि. १. छुट्टिएको; अलग; पृथक्; छुट्टा।
68099 भिन्न वि. २. आफू र आफूदेखि बाहिरको; अर्को; दोस्रो; अन्यत्री, पराई।
68100 भिन्न वि. ३. टुटेको; खण्डि।