Dictionary

All Word

68201 भुँडुल्को ना. सानो भुँड्को; सानो घैँटो; कुलिन।
68202 भुँडे वि. १. ठुलो भुँडी भएको; भुँडीवाल; लाद्रे।
68203 भुँडे वि. २. प्रशस्त खान सक्ने; धेरै खाने।
68204 भुँड्को ना. माटाको सानो लोटाजस्तो भाँडो; सानो घैँटो।
68205 भुँयार ना. आफ्नो इलाकाको रक्षकका रूपमा मानेर बलि आदिद्वारा पूजा गरिने देवता; भुइयाँ।
68206 भुँवरी ना. १. पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्।
68207 भुँवरी ना. २. शरीरका रौँ घुम्रिएर पलाएको ठाउँ वा त्यसरी परेको चक्र।
68208 भुँवरो ना. भवँरो; भ्रमर।
68209 भुइँभुइँ क्रि.वि. १. भमरा, माहुरी आदि उड्दा शब्द आउने गरी; पखेटा फट्कारेर।
68210 भुइँभुइँ क्रि.वि. २. बार बार अपानवायु छोड्दा शब्द आउने गरी।
68211 भुइँय्यँ क्रि.वि. एकै खेपमा तिखो रूपले भुनभुनाएर; भुन्न।
68212 भुईं ना. १. स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भईं; जमिन।
68213 भुईं ना. २. बिछ्यौना नहालेको खाली ठाउँ; नाङ्गो वा खाली जमिन।
68214 भुईं ना. ३. कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि।
68215 भुईं अमला ना. बाहिर झुस भएका पानीदार मसिना फल फल्ने, अमलाका जस्तै मसिना पात हुने एक भार; पानी-अमला।
68216 भुईं आमै ना. धर्तीमाता।
68217 भुईं ऐँसेलु ना. मसिना पात हुने भुईंकारमा ऐँसेलु जस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो हुने फल; भुईंकाफल।
68218 भुईं कटहर ना. केत्तुकेका जस्ता पात हुने, केराको बुङ्गाको आकारमा पसाएर काँडेदार फल लाग्ने र पाकेपछि ताछेर खाँदा गुलियो स्वाद हुने एक किसिमको बास्नादार रसिलो फल; अनारस।
68219 भुईं काफल ना. ऐँसेलुका जस्तै तर मसिना पात हुने भुईंमारमा फल्ने काफलजस्तो रातो एक किसिमको फल।
68220 भुईं कुभिन्डो ना. कर्कलाको जस्तै पात हुने, लहराको फेदमा फुस्रो रङको फल लाग्ने एक जातको फल; भूमिकुष्माण्ड; बिदारीकन्द।
68221 भुईंखुट्टे वि. १. भुईंमा ठक्कर खाँदै उफ्रीउफ्री हिँड्ने; उफ्रँदै दौडने।
68222 भुईंखुट्टे वि. २. गुडुलिने; गुडुल्केर दौडने।
68223 भुईंचम्पा ना. १. लसुनका जस्ता पात र प्रायः रातो फूल फुल्ने एक बोट वा त्यसैको फूल।
68224 भुईंचम्पा ना. २. रातो रङको फूल फुल्ने एक कन्द।
68225 भुईंचम्पा ना. ३. पड्किँदा विभिन्न रङ्गका झिल्का निस्कने एक किसिमको आतसबाजी; पटाका।
68226 भुईंचरी ना. भुईं- भुईंमा हिँड्ने सानोखाले जुरेली; भुईंजुरेली।
68227 भुईंचालो ना. भैँचालो; भूकम्प।
68228 भुईं जुरेली ना. र्भुइँ वा कान्लामा गुँड लगाएर बचरा हुर्काउने जुरेली चराको एक जात; भुईंचरी।
68229 भुईं भार ना. भुईंमा टाँस्सिएर फैलिई बढ्ने झार वा घाँस (दुबो, बन्सो, चित्रे, करौते इ.)।
68230 भुईंतलो ना. घर, गोदाम, बगला आदिको जमिनसतहको तलो।
68231 भुईं पाइलट ना. ड्राइभर।
68232 भुईंफट्टा / फुट्टा वि. १. भुइँ फोरेर निस्कने; जमिन फुटाएर बाहिर टुसाउने।
68233 भुईंफट्टा / फुट्टा वि. २. कलमबाट पैदा नभई बीजबाट उम्रने (बोट, विरुवा इ.)।
68234 भुईंफट्टा / फुट्टा वि. ३. कुनै आफन्त वा नातादार नभएको (व्यक्ति)।
68235 भुईंफट्टा / फुट्टा वि. ४. कुनै स्वाभाविक क्रमविना सहसा पैदा भएको (व्यक्ति)।
68236 भुईंफट्टा / फुट्टा वि. ५. गुरुबाट मन्त्र नलिई स्वतःस्फूर्त मन्त्रले नाम कमाएको (धामी, झाँक्री इ.)।
68237 भुईंमान्छे ना. सर्वसाधारण जनता; आफ्नो धरातल नबिर्सिएको मान्छे।
68238 भुईंमा न भाँडामा टु. मैमत्ता; यता न उताको स्थिति।
68239 भुओ ना. १. पुसे औँसीका रातमा स्त्री - पुरुषद्वारा नाचगान गरेर मनाइने एक चाड।
68240 भुओ ना. २. प्राचीन कालका लोकनाट्यमा प्रयोग हुने गीतको नाम।
68241 भुक्नु स.क्रि. अपरिचित व्यक्तिलाई देखेर वा अन्य कुनै कारणले कुकुर कराउनु; भुकभुक शब्द गर्नु; घुक्नु।
68242 भुकभुक क्रि.वि. १. कुकुरका भुकाइको आवाज आउने गरी।
68243 भुकभुक क्रि.वि. २. मुड्की आदिले प्रायः कमला वस्तुमा कुट्ता आवाज निस्कने चालसँग।
68244 भुकभुक क्रि.वि. ३. चिउरा कुट्ता शब्द निस्के झैँ गरी।
68245 भुकभुकती क्रि.वि. त्यस्ता शब्द वा आवाज धमाधम आउने गरी।
68246 भुकभुकिनु अ.क्रि. १. भुकभुक हुनु।
68247 भुकभुकिनु अ.क्रि. २. भुकभुक्याइमा पर्नु; अलिअलि कुटिनु।
68248 भुकभुकी क्रि.वि. भुकभुकती।
68249 भुकभुके वि. १. बाक्लो, फुस्रो र भुक्क फुलेको (रोटी आदि)।
68250 भुकभुके वि. २. मिरमिरे; झिसमिसे।