Dictionary

All Word

68351 भुजान्तर ना. २. अँगालो; क्रोड।
68352 भुजापत्र / भुजापात ना. भोजपत्र; भोजपा।
68353 भुजुङ्गो ना. प्रायः तामो, पित्तल आदि धातुको बाटाका आकारमा बनेको केही ठाडो तर बिट नफर्केको पकाउने भाँडो।
68354 भुजुरी / भुजुरो ना. १. कोरेँसोमा कोरेर मसिनो पारेको आलु, मुला, कुभिन्डो आदिको चाना।
68355 भुजुरी / भुजुरो ना. २. त्यस्तै चानाको आकार वा त्यसैमा पिठो मुछेर तारिएको खानेकुरो।
68356 भुजुरी / भुजुरो ना. ३. मुछेको बेसन आदि झाँझरबाट चुहाएर मसिना टुक्रा पारी घिउतेलमा पकाइएको नुनिलो खजुरे खानेकुरो।
68357 भुजेल ना. घर्ती, मगरको थर विशेष।
68358 भुजेली/ भुज्याली ना. १. ठुलो आकारको खुँडा।
68359 भुजेली/ भुज्याली ना. २. खुकुरी।
68360 भुट्नु स.क्रि. १. सुखा मकै, भटमास, धान आदि वस्तु हाँडी आदिमा हाली कप्टेराले चलाएर फूल उठ्ने गरी सुखा पकाउनु; अराल्नु।
68361 भुट्नु स.क्रि. २. खानेकुरा घिउ वा तेलमा तारेर खरो गरी पकाउनु; तार्नु।
68362 भुट्नु स.क्रि. ३. तोप, बन्दुक, ट्याङ्क आदिबाट गोली हानेर धेरै मान्छेलाई मार्नु; सखाप पार्नु।
68363 भुट ना. ओबानै भुट्ने वा भुटेर पकाउने काम।
68364 भुटन ना. हे. भुटुन; भुटुवा।
68365 भुटनेस ना. रस नहाली भुटेर बनाइएको तरकारी; भुटुवा; भुटन।
68366 भुटभाट ना. भुट्ने काम; हाँडीमा मकै आदि वस्तु ठेट्नै वा सुक्खा र भाँडामा थोरै चिल्लो हालेर पुवा, तिहुनतरकारी आदि पानी नहाली पकाउने काम।
68367 भुटभुटिनु अ.क्रि. मनमा परेका ताप वा चिन्ताले पिरोलिनु; त्यस्तो ताप वा चिन्ताले मन पोलेर व्याकुल हुनु वा छटपटिनु, पिरिनु, पिल्सिनु।
68368 भुटभुटी ना. मनमा परेका पिरले भित्रभित्रै भएको व्याकुलता वा छटपटी; चर्को मानसिक ताप।
68369 भुटभुट्याइ ना. भुटभुटिने भाव, क्रिया वा प्रक्रिया।
68370 भुटाइ ना. भुट्ने भाव, क्रिया वा प्रक्रिया।
68371 भुटाइनु क.क्रि. भुट्न लाइनु।
68372 भुटिनु अ.क्रि. १. भुटभाट होइनु।
68373 भुटिनु अ.क्रि. क. क्रि. २. भुट्ने काम गरिनु; भुटाइमा परिनु।
68374 भुटिभाङ ना. अन्न, खानेकुरो आदि केही नहुने स्थिति; फुट्टीकौडी।
68375 भुटिभाङ ना. (उदा.- घरमा भुटीभाङ नभएपछि के खाएर बाँच्ने ?)।
68376 भुटिभाटी टु. केही नभएको अवस्था; भस्माभुटी।
68377 भुटिमाम ना. भुटेको भा।
68378 भुटी ना. १. भुट्ने काम।
68379 भुटी ना. २. भुटेको वस्तु वा खानेकुरो (बालबोलीमा)।
68380 भुटीभाटी ना. भुटभाट गर्ने काम; राम्ररी भुटने काम।
68381 भुटीभुटी ना. (बालबोलीमा) भुट्ने काम वा भुटेका वस्तु (खास गरी मकै आदि)।
68382 भुटुन ना. १. तरकारी, भटुवा आदि पकाउनाका निम्ति कराहीमा वा यस्तै भाँडामा हालिने घिउतेल।
68383 भुटुन ना. २. आन्द्रा, भुँडी, कलेजो, फोक्सो आदि मिलाई घिउ वा तेलमा तारेको परिकार।
68384 भुटुवा वि. १. घिउ-तेलमा भुटेको; तारेको।
68385 भुटुवा वि. ना. २. घिउतेलमा भुटेको वा तारेको सुखा तरकारी।
68386 भुटुवा वि. ३. आन्द्रा, भुँडी, कलेजो आदि तारेको परिकार; भुटन।
68387 भुटेको वि. भुटेर पकाइएको वा तयार पारिएको।
68388 भुटेको तेल ना. सड्ने - बिग्रने नहोस् भनी तोरीलाई भुटेर पाको पारी निकालिएको स्वस्थ तेल।
68389 भुटो ना. १. सँभालिनसक्नु आपत्; भाउँटो।
68390 भुटो ना. २. झन्झट; झमेला; टन्टा।
68391 भुटो ना. ३. मानसिक चिन्ता; फिक्री।
68392 भुट्को ना. उमालेका पानीमा भुटेको पिठो मुछी डल्लो पारी चाकु मिलाई रुमालले छोपेर बाफमा पकाइने रोटी।
68393 भुट्टा ना. १. भुट्ने काम।
68394 भुट्टा ना. २. भुटेको वस्तु वा खानेकुरो।
68395 भुट्टा ना. ३. मकै।
68396 भुतभुत ना. १. रिस, असन्तोष आदिले अस्पष्ट रूपमा व्यक्त हुने एकोहोरो गनगन; फतफ।
68397 भुतभुत ना. क्रि.वि. २. त्यस्तो रिस देखाउँदै गुनगुनाएर; अस्पष्ट रूपमा फतफताउँदै।
68398 भुतभुत ना. ३. झोकले भित्रभित्रै भुङ्ग्रो सल्कने किसिमसँग।
68399 भुतभुताइ ना. भुतभुताउने भाव, क्रिया वा प्रक्रिया।
68400 भुतभुताइनु क.क्रि. झोकले बडबडाइनु; गनगनाइनु।