Dictionary

All Word

68401 भुतभुताउनु अ.क्रि. रिसको सुरमा एक्लै वा एकोहोरो फतफताउनु; बडबडाउनु।
68402 भुतभुते ना. १. आगोका फिलिङ्गा र खरानी मिसिएको भुङ्ग्रो; भुङ्ग्रो।
68403 भुतभुते ना. वि. २. भुतभुत गरिरहने; फतफते।
68404 भुताहा वि. भूतसम्बन्धी; भूतद्वारा निर्मित; भूत लाग्ने।
68405 भुताहा बाँध ना. इतिहासको अज्ञात कालमा निर्मित भएका हुनाले निर्माताको नाम थाहा हुन नसकी छिमेकका व्यक्तिहरूका दृष्टिमा भूतद्वारा निर्मित ठानिएको कुनै बाँध ( पोखराको पार्दी बाँध, सुनसरी भुटाहाको बाँध इ.)।
68406 भुतुक्क क्रि.वि. १. रिसले वा असन्तोषले चुर हुने गरी; साह्रै झोक्किएर।
68407 भुतुक्क क्रि.वि. २. थकाइले लुथ्रुक्क पर्ने गरी।
68408 भुतुक्क क्रि.वि. ३. एक्कासि मर्ने किसिमले; खुत्रुक्क।
68409 भुतुक्क क्रि.वि. ४. ठुलो आसक्ति।
68410 भुतुङ्गे वि. भुतुङ्गो; नाङ्गे।
68411 भुतुङ्गो वि. निर्वाङ्ग; नाङ्गो; नग्न।
68412 भुतुल्लो वि. १. थोत्रोपुरानो; चिथ्रो (सिरक, डस्ना आदि)।
68413 भुतुल्लो वि. २. भुक्क फुलेको; भुकुल्लो।
68414 भुतेग्रो ना. भूतले दुःख दिएको झैँ गरी धेरै दुःख दिने बस्तुभाउ (भेडो, बाख्रो आदि)।
68415 भुतुक्किनु अ.क्रि. भुतुक्क हुनु; मर्नु।
68416 भुतुक्क्याइ ना. भुतुक्किने वा भुतुक्क्याउने क्रिया-प्रक्रिया।
68417 भुतुक्क्याइनु क.क्रि. मर्ने पारिनु।
68418 भुतुक्क्याउनु स.क्रि. भुतुक्क पार्नु; ठहरै तुल्याउनु; मार्नु।
68419 भुत्तिनु अ.क्रि. कुटो, कोदालो, हँसिया, खुकुरी आदि हतियार नकाट्ने वा नलाग्ने हुनु; धार बोधो हुनु; भुत्ते हुनु।
68420 भुत्ते वि. १. धार नभएको वा धार नै कुँडिएको धारिलो नभएको; नलाग्ने (हतियार)।
68421 भुत्ते वि. २. बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस)।
68422 भुत्तो वि. १. धार मरेको; नलाग्ने।
68423 भुत्तो वि. २. बोधो ; भुत्ते।
68424 भुत्याइ ना. १. भुत्तिने क्रिया वा प्रक्रिया।
68425 भुत्याइ ना. [भुत्त्याउ+आइ] २. भुत्त्याउने क्रिया वा प्रक्रिया।
68426 भुत्त्याइनु क.क्रि. भुत्ते पारिनु।
68427 भुत्याहा वि. १. भूतप्रेतले वास गरेको (ठाउँ, घर आदि)।
68428 भुत्याहा वि. ना. २. भूतप्रेतसम्बन्धी काम गर्ने झारफुके व्यक्ति; धामी वा झाँक्री।
68429 भुत्त्याउनु स.क्रि. भुत्ते पार्नु।
68430 भुत्रुक्क क्रि.वि. १. एक्कासि उफ्रने, हाम्फाल्ने वा ओर्लने गरी।
68431 भुत्रुक्क क्रि.वि. २. थकाइले पूरै गलेर।
68432 भुत्रुक्क क्रि.वि. ३. ठहरै मर्ने गरी; भुतुक्क।
68433 भुत्रैसित / भुत्रैसिति वि.बो. बेवास्ता वा उपेक्षाको भाव व्यक्त गर्दा भनिने शब्द; यत्रैसित; कन्डैसि।
68434 भुत्रैसित / भुत्रैसिति वि.बो. (उदा.- भनेको नमानी रुख चढेपछि लडे के त, भुत्रैसित ! त्यति जाबो कुरामा पनि रिसाउँछन् भने भुत्रैसिति !)।
68435 भुत्रो वि. १. बेवास्ताको; केही न केही; फुस्सा; यत्रो (निन्दार्थमा)।
68436 भुत्रो वि. ना. २. गुप्ताङ्गका रौँ।
68437 भुत्ला ना. १. भुवा; रौँ।
68438 भुत्ला ना. २. थोरै वस्तु; सानो टुक्रो।
68439 भुत्ला ना. ३. चिथ्रो; भुत्रो।
68440 भुत्लावाल वि. भुत्ला हुने; लामा - लामा भुत्ला भएको; भुत्ले, झ्यापुल्लो।
68441 भुत्लाभुत्ली १. एकले अर्काको केश उखेल्ने काम।
68442 भुत्लाभुत्ली २. झगडा।
68443 भुत्लिनु अ.क्रि. रौँ भुत्ला आदि खुइलिनु; बाहिरी रौँ लुछिनु।
68444 भुत्लिनु अ.क्रि. २. नाङ्गो हुनु; नाङ्गिनु।
68445 भुत्लिनु अ.क्रि. ३. थोत्रो - पुरानो हुनु; थोत्रिनु।
68446 भुत्लिनु अ.क्रि. ४. अधिकार, मान, जागिर आदि खोसिन्।
68447 भुत्ले वि. भुत्लै भुत्ला भएको; जगल्टे; भुत्लावाल।
68448 भुत्ले साग ना. कुखुराको मासु।
68449 भुत्लो ना. १. बाखा आदिका रौँ; मसिनो भुत्लो; भुवा।
68450 भुत्लो ना. २. चिथ्रो; झुत्रो ; पुरानो।