Dictionary

All Word

68551 भुल्को १ ना. ३. धेरै मलिलो जमिनमा सप्रेर उम्रेको बालीको गाँज।
68552 भुल्को २ ना. लाटोकोसेरो; उल्लु।
68553 भुल्क्याइ ना. भुल्किने भाव, क्रिया वा प्रक्रिया।
68554 भुल्ल क्रि.वि. १. जमिनबाट पानी आदि निस्कने गरी।
68555 भुल्ल क्रि.वि. २. उम्लेर।
68556 भुल्ल क्रि.वि. ३. कुनै तरल पदार्थ एक्कासि निस्कने गरी।
68557 भुव ना. पुराणअनुसार पृथ्वीमाथिका सात लोकमध्ये दोस्रो लोक; पृथ्वी र सूर्यका बिचमा रहेको आकाश; अन्तरिक्ष।
68558 भुवन ना. १. जगत्; संसार।
68559 भुवन ना. २. जल; पानी।
68560 भुवन ना. ३. प्रकृतिको सिर्जना; सृष्टि।
68561 भुवन ना. ४. जनता; दुनियाँ।
68562 भुवन ना. ५. पुराणअनुसार भू, भुव, स्व, मह आदि चौध लोक; सात लोक तथा सात पातालमध्ये प्रत्येक।
68563 भुवन ना. ६. उक्त आधारमा चौधको सङ्ख्यासूचक शब्द।
68564 भुवन कोश ना. १. चौध भुवनको समष्टि।
68565 भुवन कोश ना. २. समस्त ब्रह्माण्ड; भूमण्डल।
68566 भुवनत्रय ना. धर्तीलगायत माथिको एक र मुनिको समेत तीन लोक- स्वर्ग, मर्त्य र पाताल।
68567 भुवनेश्वर ना. १. भुवनका ईश्वर।
68568 भुवनेश्वर ना. २. शिवको मूर्ति वा रूप।
68569 भुवनेश्वर ना. ३. राजा।
68570 भुवनेश्वरी ना. १. तन्त्रशास्त्रका दश महाविद्यामध्ये एक।
68571 भुवनेश्वरी ना. २. दुर्गा; देवी।
68572 भुवर्लोक ना. चौध भुवनमध्ये एक; पृथ्वीमाथिका सप्तलोकमध्ये दोस्रो लोक।
68573 भुवल / भुवस्तान ना. कष्टसाथ झेल्नुपर्ने दुःखको अवस्था; ठुलो दुःख; हन्डर; सङ्कट; हैरानी।
68574 भुवा ना. १. सिमल, कपास आदिको नरम रुवा।
68575 भुवा ना. २. मुलायम अनुभव हुने, मसिना, कमला रौँ; भुवा।
68576 भुवा ना. ३. निबुवा आदि फलको गुदीभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टि रहेको खान पनि हुने वस्तु।
68577 भुवा ना. ४. निको हुन थालेको घाउ-खटिराको साह्रै मसिना पाप्राको समूह।
68578 भुवा ना. ५. धुस्सा आदिमा धुस्निएर निस्केको मसिना रौँ जस्तै नरम वस्तु।
68579 भुवाजिन ना. भुवा उठेको, असल खालको जिन कपडा।
68580 भुवादार वि. १. भुवा हुनाले नरम देखिने; भुवा भएको (कपडा)।
68581 भुवादार वि. ना. २. भुवादारी।
68582 भुवादारी ना. भुवैभुवा उठेको रुमाल, विशेषखालको कपडा।
68583 भुस ना. १. धान, गहुँ, कोदो आदि अन्न कुटेर वा पिँधेर केलाउँदा बोक्राका रूपमा आउने खोस्टा।
68584 भुस ना. २. सारहीन वस्तु।
68585 भुस ना. ३. केही पनि हातलागी नहुने काम; प्राप्तिको अभाव; निष्फलता; फुस्सा।
68586 भुसको थैली वि. मगज नभएको; हलम्बु।
68587 भुसतिघ्रे वि. १. ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने।
68588 भुसतिघ्रे वि. २. मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्रे।
68589 भुसाउरो ना. १. भित्र चामल नभएको पटुवाको थुप्रो।
68590 भुसाउरो ना. २. भुस्सा काट्ने हतियार; खडाँस।
68591 भुसाहा वि. भित्र गुदी नभई दाम्रो भएको; धेरै भुस निस्कने; भुस्याहा।
68592 भुसिनु अ.क्रि. भुसजस्तो हुनु; निष्फल हुनु; खेर जानु।
68593 भुसुक्क क्रि.वि. १. एक्कासि बिर्सने गरी।
68594 भुसुक्क क्रि.वि. २. आगाले सबै डढ्ने किसिमले।
68595 भुसुक्क क्रि.वि. ३. जो भएको सबै नाश भएर, सिद्धिएर वा बिग्रिएर।
68596 भुसुक्क क्रि.वि. ४. सुत्दा गाढा निद्रामा पर्ने गरी; चालै नपाई निदाएर।
68597 भुसुनु/भुसुनो ना. फोहर मैला वा रछानतिर हुने पिउसोजस्तो सानो किरो; भुसुनो।
68598 भुसुने वि. १. ज्यादै सानो।
68599 भुसुने वि. २. कम महत्त्वको; क्षुद्र।
68600 भुसुल्टिनु अ.क्रि. आशा गरेको वस्तु नपाइनु; गठिनु; हिस्सिनु।