Dictionary

All Word

68651 भूचक्र ना. पृथ्वीको परिधि; क्रान्तिवृत्त; विषुवत्रेखा।
68652 भूचिकित्साशास्त्र ना. भौगोलिक तत्त्व र गुणहरूमा भर पर्ने स्वास्थ्यशास्त्र।
68653 भूदान ना. जग्गा वा भूमिदान।
68654 भूत वि. १. भइसकेको; भएको।
68655 भूत वि. २. बितेको; विग।
68656 भूत वि. ३. मिलेको।
68657 भूत वि. ४. उस्तै; समान; तुल्य।
68658 भूत वि. ५. पैदा भएको; उत्पन्न।
68659 भूत वि. ना. ६. चराचर प्राणी; जीव।
68660 भूत वि. ७. पृथ्वी, जल, तेज, वायु र आकाश; पञ्च महाभू।
68661 भूत वि. ८. बितेको समय; विगत काल।
68662 भूत वि. ९. सृष्टिका चेतन र अचेतन सबै पदार्।
68663 भूत वि. १०. व्याकरणका अनुसार कार्यव्यापार समाप्त भएको अर्थ बुझाउने क्रिया ( गएँ, गयौँ, गए इ.)।
68664 भूत वि. ११. मृत शरीर वा त्यसको आत्मा; मृतात्मा।
68665 भूत वि. १२. पिशाच; प्रे।
68666 भूत वि. १३. शिवको एक गण।
68667 भूत काल ना. १. बितिसकेको समय; विगत काल।
68668 भूत काल ना. २. व्याकरणका वर्तमान, भूत र भविष्यत् कालमध्ये एक।
68669 भूत कालिक वि. १. विगत समयमा भएको; पहिले घटिसकेको।
68670 भूत कालिक वि. २. भूतकालसँग सम्बन्धि।
68671 भूतनाथ ना. चराचर प्राणीका मालिक; शिवजी।
68672 भूतत्त्व ना. पानी, वायु, आकाश आदि पृथ्वीका तत्त्व।
68673 भूतत्त्वविज्ञान ना. भूमिको गहन तत्त्वको अध्ययन गरिने विद्या; भूतत्त्वसम्बन्धी शास्त्र; भूतत्त्वविद्या।
68674 भूतत्त्वविद् ना. भूतत्त्वको ज्ञान भएको व्यक्ति; भूतत्त्वको ज्ञाता।
68675 भूतत्त्व विद्या ना. भूगर्भशास्त्र।
68676 भूतत्त्ववेत्ता ना. भूतत्त्वविद्।
68677 भूतनगर ना. भूतहरूको बिगबिगी भएको वा भूत-प्रेतले वास गरेको कल्पित सहर।
68678 भूतपूर्व वि. १. पहिले भइसकेको; बितेको समयको; पूर्वकालको; पूर्ववर्ती।
68679 भूतपूर्व वि. २. पहिले कुनै पदप्रतिष्ठामा रही हाल खाली भएको (व्यक्ति)।
68680 भूतपूर्व सैनिक सङ्गठन ना. अवकाशप्राप्त सैनिक जवानहरूका परिवारको सुखसुविधा, शिक्षा, बसोबास आदिको प्रबन्ध गर्न र राष्ट्रिय हितमा संलग्न गराउन बनाइएको एक सङ्गठन।
68681 भूतप्रेत ना. अगति परेका मानिसहरूको तथाकथित तर्साउने आत्मा; भूतप्रेत-पिशाचहरूको समुदाय।
68682 भूतबङ्गला ना. भूत-प्रेत बस्ने भनी विश्वास गरिएको डरलाग्दो र तर्साउने घर; भूतमहल; भूताहाघर।
68683 भूतयज्ञ ना. गृहस्थीहरूले प्रतिदिन नित्य क्रियाका रूपमा गर्नुपर्ने पञ्चयज्ञमध्ये एक; भिक्षुक, श्वान, काक, कमिला आदि प्राणीलाई अन्नदान गरिने यज्ञ।
68684 भूतल ना. पृथ्वीको बाहिरी खँदिलो तह; पर।
68685 भूतविद्या ना. १. भूतप्रेत, पिशाच आदिबाट पैदा हुने रोगव्याधिको उपचार गर्ने विद्या।
68686 भूतविद्या ना. २. भूतप्रेतसम्बन्धी विद्या।
68687 भूतशुद्धि ना. अनुष्ठान, पुरश्चरण आदिमा यज्ञको आरम्भ हुँदा मन्त्र आदिद्वारा शरीर शुद्ध गरिने विधि।
68688 भूतात्मा ना. १. मृत शरीरमा पहिले रहेको आत्मा।
68689 भूतात्मा ना. २. पार्थिव शरीर।
68690 भूतात्मा ना. ३. जीवात्मा।
68691 भूतात्मा ना. ४. परमात्मा।
68692 भूतात्मा ना. ५. पिशाच; प्रे।
68693 भूति ना. १. धन; सम्पत्ति; ऐश्वर्य।
68694 भूति ना. २. खरानी; भस्म।
68695 भूति ना. ३. उत्पन्न हुने प्रक्रिया; जन्म।
68696 भूतिभूषण ना. खरानी नै आभूषण भएका देवता; महादेव।
68697 भूते वि. भूत भएको वा भूत बस्ने; भूतसम्बन्धी।
68698 भूते ओडार ना. भूत बस्ने ओडार; डरलाग्दो ओडार।
68699 भूदेव ना. १. ब्राह्मण।
68700 भूदेव ना. २. भूस्वामी।