Dictionary

All Word

68751 भूमिप्राप्ति अधिनियम ना. कुनै कामको आवश्यकता पूर्तिका निम्ति जमिन किन्ने वा ग्रहण गर्ने नियमकानुन; भूमिप्राप्त गर्ने अधिकारसम्बन्धी कानुन।
68752 भूमिबन्धक ना. ब्याङ्क आदि संस्थाबाट जग्गाजमिन धितो राखेर ऋण लिने काम।
68753 भूमिविखण्डन ना. जमिनलाई खेतबारीका रूपमा ससाना खण्डमा छुट्टयाउने वा टुक्र्याउने काम।
68754 भूमिसम्बन्धी वि. जग्गाजमिनसँग सम्बन्धित; जग्गा- जमिनको।
68755 भूमिसम्बन्धी ऐन ना. मोही र जग्गाधनीका अधिकार र सर्तहरूको उल्लेख गरी दुवैतर्फको सम्बन्ध मिलाउने जग्गाजमिनसम्बन्धी अधिकारको कानुन।
68756 भूमिसुधार ना. जग्गाजमिनको न्यायपूर्ण वितरण, व्यवस्था, संरक्षण आदिसम्बन्धी सुधारकार्य।
68757 भूमिसुधार ऐन ना. भूमिपतिहरूले अधिकतम कतिसम्म जमिन राख्न पाउने र मोहीहरूले अधिकतम कतिसम्म जमिन राख्न पाउने तथा मोहीहरूले कतिसम्म जमिनको अधिकार पाउने भन्ने व्यवस्था गरिएको कानुन।
68758 भूमिसुधार व्यवस्था ना. जमिनको उपभोगमा उचित हद तोकी सुधार ल्याउने हिसाबले तयार गरिने तथा जग्गाधनी र मोहीका बिचमा रहेका असमानतालाई हटाउने प्रयत्न गरिने भूमिसम्बन्धी सरकारी व्यवस्था।
68759 भूमिहीन वि. आफ्नो नाउँमा अधिराज्यभर जग्गाजमिन नभएको; सुकुम्बासी; सर्वहारा।
68760 भूमे ना. किसानहरूले दाइँ गरिसकेपछि पूजा गर्ने देवता; भूमिदेवता।
68761 भूमेखाजा ना. भूमेपूजामा खाजा खाँदा भूमेका निम्ति छुट्ट्याएर राखिने खाजा।
68762 भूमेपाठी ना. भूमेपूजा गर्दा काटिने पाठी।
68763 भूमेपाठो ना. भूमेपूजा गर्दा काटिने पाठो।
68764 भूमेपाथी ना. धान झारिसकेपछि खलैबाट चेलीबेटीलाई भनी छुट्ट्याइने पाथीभाग।
68765 भूमेभाग ना. अन्न भित्र्याउनुभन्दा पहिले भूमिदेवताका नाममा अर्पण गरिने भाग।
68766 भूय: क्रि.वि. १. फेरि; पुनः; अर्को पल्ट।
68767 भूय: क्रि.वि. २. अझ बढी; चाहिनेभन्दा बढ्ता।
68768 भूयश: क्रि.वि. धेरैजसो; अधिकांशतः, प्रायशः।
68769 भूयसी क्रि.वि. प्रशस्त; धेरैभन्दा धेरै; पर्याप्।
68770 भूयसी दक्षिणा ना. धार्मिक अनुष्ठान, मङ्गलकार्य, यज्ञ आदि गरिसकेपछि ब्राह्मणहरूलाई मूल दक्षिणापछि दिइने सहायक दक्षिणा; कुनै यज्ञको प्रतिष्ठास्वरूप दिइने विशेष दक्षिणा।
68771 भूरसी ना. १. सबैतिर अलिअलि गरिएको खर्च; चानचुने खर्च।
68772 भूरसी ना. २. भूयसी दक्षिणा।
68773 भूराजनयिक वि. भूराजनीतिसम्बन्धी विषयमा पोख्त भएको।
68774 भूराजनीति ना. १. परराष्ट्रका स्थलगत विषयमा सन्तुलन राख्ने राजनीति; भूपरिवेष्टित राष्ट्रहरूले अँगाल्ने राजनीति।
68775 भूराजनीति ना. २. देशको भौगोलिक अवस्था र बनावटअनुरूप अँगालिने राजनीति।
68776 भूराजनीतिक वि. भूराजनीतिसँग सम्बन्धित; भूराजनीतिको।
68777 भूराजस्व ना. जग्गाजमिनबाट मालपोतका रूपमा असुल भएको सरकारी रकम।
68778 भूरि वि. धेरै; ज्यादा; अधिक।
68779 भूर्ज ना. भोजपत्रको रुख।
68780 भूर्जपत्र ना. भोजपत्र; भोजपा।
68781 भूर्लोक ना. मर्त्यलोक; संसार।
68782 भूल ना. हे. भुल।
68783 भूलचूक ना. हे. भुलचुक।
68784 भूलभूलैया ना. हे. भुलभुलैया।
68785 भूलोक ना. भूर्लोक; मर्त्यलोक।
68786 भूवा ना. हे. भुवा।
68787 भूषण ना. १. सौन्दर्य वा शोभा बढाउने वस्तु।
68788 भूषण ना. २. सिँगारपटारका बहुमूल्य साधन; गहना; आभूषण।
68789 भूषणीय वि. सजाउन योग्य; सिँगार्न लायक।
68790 भूषा ना. १. भूषण।
68791 भूषा ना. २. साजसज्जा; सिँगारपटार (जस्तो- वेशभूषा )।
68792 भूषित वि. गहनागुरियाले सजाइएको; सिँगारिएको; अलङ्कृ।
68793 भूसंरक्षण ना. रुखबिरुवा रोपेर वा पर्खाल, आड आदि लगाएर जग्गाजमिनको सुरक्षा गर्ने काम।
68794 भूसतह ना. जमिनको बाहिरी सतह; पृथ्वीको माथिल्लो भाग।
68795 भूस्खलन ना. बाढीपहिरो आदिबाट जग्गाजमिन खिइँदै जाने र उत्पादनशील माटो बग्दै जाने स्थिति वा प्रक्रिया; भूक्षरण।
68796 भूस्वरूप ना. धरातलको बनावट; जमिनको स्वरूप; भूआकृति।
68797 भूस्वामित्व ना. भूस्वामी हुनाको भाव वा अवस्था; जग्गाजमिनको मालिक हुने हक वा अधिकार।
68798 भूस्वामी ना. जग्गाजमिनको मालिक; जमिनको स्वामित्व भएको मानिस।
68799 भृकुटी ना. १. लिच्छविकालीन प्रसिद्ध राजा अंशुवर्माकी छोरी तथा तिब्बतका राजा स्रङ्चनगम्पोसँग बिहा भएकी, त्यहाँ बौद्धधर्मको प्रचार गराउने नेपालकी राजकुमारी; हरिततारा २. हठयोगमा प्रयुक्त ईडा, पिङ्गला र सुषुम्णा नाडीहरूको सङ्गमस्थल।
68800 भृकुटी ना. ३. आँखीभौँ; भ्रू।