Dictionary

All Word

68901 भेद ना. ६. कुनै विषयवस्तुको अंश वा खण्ड; टुक्रो।
68902 भेद ना. ७. मन्त्रको जादुगरी; टुनामुना; मोहनी।
68903 भेद ना. ८. चमत्कार।
68904 भेदक वि. १. गोप्यताभङ्ग गर्ने; रहस्य खोल्ने।
68905 भेदक वि. २. छेड्ने; प्वाल पार्ने।
68906 भेदक वि. ३. चिर्ने, फार्ने वा काट्ने।
68907 भेदक वि. ४. भेदन गर्ने; छुट्टयाउने।
68908 भेदक वि. ५. निर्धारण गर्ने; निर्धारक।
68909 भेदक वि. ६. रेचक।
68910 भेदक वि. स्त्री. भेदिका।
68911 भेदकातिशयोक्ति ना. साहित्यमा अतिशयोक्ति अलङ्कारको उपमेय र वर्णनमा भेद देखिँदा पर्ने एक प्रकार।
68912 भेदकारक/भेदकारी वि. हे. भेदक।
68913 भेदज्ञान ना. भिन्नता वा द्वैतभावको ज्ञान।
68914 भेदज्ञानी वि. भेदज्ञान भएको।
68915 भेददर्शी वि. १. भेद देख्ने; भिन्नता देखाउने।
68916 भेददर्शी वि. २. विश्वलाई परब्रह्मभन्दा भिन्न मान्ने; द्वैतवादी।
68917 भेददृष्टि वि. १. भेददर्शी।
68918 भेददृष्टि वि. ना. २. भेदबुद्धि।
68919 भेदन [सं.] १. काट्ने काम; चिरफार; छेदन।
68920 भेदन [सं.] २. छेड्ने काम।
68921 भेदन [सं.] ३. परस्परमा फटाउने काम; फाटो पार्ने काम।
68922 भेदन [सं.] ४. रेचन।
68923 भेदभाव ना. १. प्राय: समान मानिएका व्यक्ति वा वस्तुहरूका बिच गरिने वा सम्झिने भेदको विचार; पक्षपात गर्ने भाव।
68924 भेदभाव ना. २. कसैसँग असल र कसैसँग खराब व्यवहार गर्ने काम; पनपक्ष; पक्षपा।
68925 भेदाइ ना. भेद्ने वा फाटो पार्ने क्रियाप्रक्रिया।
68926 भेदाइनु क.क्रि. भेद गराइनु; प्वाल पार्न लाइनु।
68927 भेदाउनु प्रे. क्रि. भेद गराउनु; प्वाल पार्न लाउनु।
68928 भेदाभेद ना. परस्परमा रिसराग राखेर दोषारोपण गर्ने वा झगडा लाउने काम; पोलापोल।
68929 भेदाहा वि. भेद्ने; टुनामोहनी गर्ने; टुन्याहा; भेदुवा।
68930 भेदित वि. १. भेदन गरिएको; काटिएको।
68931 भेदित वि. २. प्वाल पारिएको; छेडिएको।
68932 भेदिनु क.क्रि. १. भेद्ने काम गरिनु।
68933 भेदिनु क.क्रि. २. प्वाल पारिनु; छेडिनु।
68934 भेदिया ना. १. गुप्त रूपमा भित्री कुराहरू पत्ता लगाउने व्यक्ति; गुप्तचर।
68935 भेदिया ना. २. मन चोर्ने बानी भएको व्यक्ति; कुरा धुत्ने व्यक्ति।
68936 भेदी वि. १. जासुसी काम गर्ने; गुप्तचर।
68937 भेदी वि. २. प्वाल पार्ने; भेदन गर्ने; छेड्ने।
68938 भेदी वि. ३. टुनामुनाको काम गर्ने; तन्त्रमन्त्रद्वारा अर्कामाथि भेद गर्ने; भेदाहा।
68939 भेदुवा वि. भेदाहा; टुन्याहा।
68940 भेद्य वि. १. प्वाल पार्न वा छेड्न उचि।
68941 भेद्य वि. २. काट्न लायक; भेदन गर्न योग्य।
68942 भेद्य चट्टान ना. पानी छिर्न सक्ने ढुङ्गा।
68943 भेरी ना. १. नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रमा पर्ने एक प्रसिद्ध नदी।
68944 भेरी ना. २. नेपालको मध्य पश्चिमाञ्चल विकासक्षेत्रको एक अञ्चल।
68945 भेरी ना. २. प्राचीन कालमा रणक्षेत्रमा बजाइने एक प्रकारको ठुलो ढोल बाजा।
68946 भेल ना. खोला, खोल्सा आदिमा वर्षाका कारणले उर्लेर बढेको पानीको प्रवाह; बाढी।
68947 भेला ना. थोरै ऊन मिसिएको र मसिनो भुवा हुने एक प्रकारको न्यानो कपडा।
68948 भेला ना. [प्रा. भेल] धेरै जना एकै ठाउँमा जम्मा हुने काम; एकत्र हुने काम; जमघट; बटुलो।
68949 भेलागीत ना. समूहगीत; समूहगान।
68950 भेल्ड ना. दक्षिण अफ्रिकाको उच्च समस्थलीको समशीतोष्ण तृणभूमि।