Dictionary

All Word

69051 भोगटे ना. १. ज्यामिर जातको डल्लो र ठुलो, बाक्लो बोक्रा भएको, गोल फल हुने, रसिलो र गुलियो, बिजुलैबिजुला भएको गुदी लाग्ने एक जातको फल; फोक्से।
69052 भोगटे ना. २. हल्का हरियो रङका बाटुला र फराकिला पात हुने, पाक्ता सेतो र पहेँलो रङका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने प्रायः चार हजार फिटभन्दा माथि हुने एक वनस्पति; त्यसैको फल।
69053 भोगटे ना. ३. सेता आकारका मसिना दाना झुप्पैझुप्पा परेर फल्ने, पाकेपछि रक्सी बनाउने काममा प्रयोग हुने एक जातको फल।
69054 भोगपत्र ना. ऋण नफछ्र्याएबापत साहुले ऋणीको सम्पत्ति ग्रहण गर्न पाउने हक सुम्पने कानुनी कागज।
69055 भोगबन्धक ना. सापटी दिएका रुपियाँको भोगचलन गर्ने गरी लिनेदिने काम।
69056 भोगबन्धकी वि. १. भोगबन्धकमा परेको ऋण चुक्ता नहुन्जेल ब्याजबापत बन्धकी भोग गर्न दिइएको।
69057 भोगबन्धकी वि. ना. २. सोअनुसार भोगबन्धक भएको तमसुक।
69058 भोगभाग ना. भाग्यवादीका अनुसार जीवनले भोग्नुपर्ने सुखदुःख; पापपुण्य आदिको फल; भाग्यको भोग।
69059 भोगवादी वि. भौतिक संसारकै सुख-दुःखमाथि विश्वास गर्ने; परलोकका बारेमा विश्वास नगर्ने।
69060 भोगविलास ना. शारीरिक वा इन्द्रियजन्य रूपमा हुने सुखसुविधाको अधिक भोग; ऐसआराम; मोजमज्जा।
69061 भोगाइ ना. भोग्ने भाव, क्रिया वा प्रक्रिया।
69062 भोगाइनु क.क्रि. भोग्न लाइनु; भोग्ने पारिनु।
69063 भोगाउनु स.क्रि. / प्रे.क्रि. १. दुःखकष्ट दिएर चेताउनु; काबु पार्नु।
69064 भोगाउनु स.क्रि. / प्रे.क्रि. २. भोग्न लाउनु।
69065 भोगिनी ना. १. खालि भोगका लागि ल्याइएकी स्वास्नी; रखौटी।
69066 भोगिनी ना. २. राजाकी उपपत्नी।
69067 भोगिनी ना. ३. सर्पिणी।
69068 भोगिनु क.क्रि. सुखदुःखको अनुभव गरिनु।
69069 भोगी वि. १. व्यवहारको दुःख-सुख वा राम्रो-नराम्रो भोगिसकेको; भुक्तभोगी।
69070 भोगी वि. २. इन्द्रियहरूको सुख भोग गर्न चाहने; भोगविलासमा लीन भएको; विलासी।
69071 भोगी वि. ३. स्त्रीहरूमा रत; स्त्रीलम्पट।
69072 भोगी वि. ४. भोग गर्ने; खाने।
69073 भोगी वि. ५. कुनै कुरा अघोर मन पराउने।
69074 भोगी वि. ना. ६. सुखचैन, आमोदप्रमोदमा लीन भएको मानिस; भोग गर्ने व्यक्ति।
69075 भोग्य वि. १. भोग गर्न उचित भोग्न लायक।
69076 भोग्य वि. ना. २. भोग गरिने वा भोग्न सकिने वस्तु।
69077 भोज १ ना. कुनै चाडबाड, बिहेबटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन; भतेर; सहभोजन।
69078 भोज २ ना. भारतको मालवाक्षेत्रमा राज्य गर्ने, कालिदासका समयका एक प्रसिद्ध दानी, विद्वान् र कवि राजा।
69079 भोजन ना. १. भोकनिवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्य पदार्।
69080 भोजन ना. २. खाने काम; भक्षण।
69081 भोजन ना. ३. विशेष उत्सव वा अवस्थामा खाइने भोजभतेर।
69082 भोजनभट्ट वि. साह्रै धेरै खाने; खन्चुवा।
69083 भोजनालय ना. १. खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर।
69084 भोजनालय ना. २. सहरबजारमा ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल।
69085 भोजनीय वि. भोजन गर्न उचित; खान लायक; भोज्य।
69086 भोजपत्र/भोजपात ना. १. पातलो र चिल्लो कागतजस्तो पत्रैपत्र बोक्रो हुने एक जातको मझौला खालको रुख; भोजपा।
69087 भोजपत्र/भोजपात ना. २. प्राचीन कालमा लेख्नका निमित्त कागतका सट्टामा प्रयोग गरिने सोही रुखको बोक्रो वा पत्र।
69088 भोजपुर ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत कोसी अञ्चलको पहाडी भेकमा पर्ने एक जिल्ला र त्यसको सदरमुकाम।
69089 भोजभतेर ना. विशेष उत्सव वा पर्वमा धेरै जना मिलेर खान तयार गरिएको भातभान्सा; त्यस्तो सामूहिक भोजन।
69090 भोजिन्सो ना. बाटुला पात हुने, साना हरिया फूल फुल्ने, कालो रङको एउटै गेडो फल लाग्ने, आयुर्वेदमा विषालु मानिएको एक बोट।
69091 भोजी वि. भोजन गर्ने वा खाने (जस्तै- मिष्टान्नभोजी, मांसभोजी इ.)।
69092 भोजे वि. १. भोज मन पराउने; भोज खोज्दै हिँड्ने।
69093 भोजे वि. २. धेरै खाने।
69094 भोज्य वि. १. खान योग्य; खान लायक।
69095 भोज्य वि. ना. २. खानका निम्ति उपयुक्त वस्तु; भोजन; खाद्य पदार्।
69096 भोज्य काल ना. भोजन गर्ने समय; खाने बेला।
69097 भोट १ ना. कुनै व्यक्ति वा कुरालाई छान्न निर्णयका निम्ति दिइने स्वैच्छिक राय; म।
69098 भोट २ ना. नेपालको उत्तरतिर पूर्वदेखि पश्चिम वारपार सिमाना जोडिएको एक देश तथा हाल जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र; तिब्ब।
69099 भोटचिनियाँ वि. तिब्बती, चिनियाँ, थाई, बर्मेली, बोदो र करेनी भाषाखलकसम्बन्धी; चिनियाँतिब्बती।
69100 भोटबर्मेली वि. भोटचिनियाँ भाषिक खलकको (एक शाखा)।