Dictionary

All Word

69001 भैरुम्पाती ना. हिमाली भेगमा पाइने, धुपीका जस्ता मसिना पात र खैरा डाँठ हुने एक जातको सानो पोथ्रो बोट; भैरवपाती।
69002 भैलक्के वि. सुझबुझै नराखी बोल्ने; प्वाक्क बोल्ने।
69003 भैलिनी ना. कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीको गाथा र मङ्गल गाउँदै हिँड्ने नारीसमुदाय।
69004 भैलिनी ना. वि. २. भैलो गाउने वा भैलो खेल्ने।
69005 भैलो ना. १. कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका राति र कतैकतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गी।
69006 भैलो ना. २. त्यस्तो गाथा गाएर श्रद्धाले दिएको सेलरोटी, रुपियाँ-पैसा आदि माग्ने वा सांस्कृतिक उत्सव मनाउने काम।
69007 भैषज ना. औषधी; ओखती।
69008 भैषज्य ना. १. औषधोपचार; चिकित्सा।
69009 भैषज्य ना. २. स्वास्थ्य र आरोग्य प्रदान गर्ने शक्ति।
69010 भोँचा ना. सुनचाँदी आदि गाल्दा अगेनामा राखेर तताइने भाँडो; घरिया; क्रूसिबल।
69011 भो १ वि.बो. मान्य जनलाई गरिने एक प्रकारको सम्बोधन।
69012 भो २ वि.बो. १. कुनै कुराबाट आफू अघाइसकेको अवस्था व्यक्त गर्दा वा झज्याहट, घृणा, निषेध आदि देखाउँदा प्रयोग हुने अव्यय शब्द; भयो (उदा.- भो, मलाई छकाउनुपर्दैन। उनले बोलेको पूरा हुन त भो त्यत्तिकै। भो, पुग्यो)।
69013 भो २ वि.बो. २. मनग्गे भयो; पुग्यो।
69014 भोक ना. १. भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव; खाने इच्छा; क्षुधा; छुद्दे।
69015 भोक ना. २. कुनै कुरा पाउनका निम्ति उत्कट अभिलाषा; इच्छा।
69016 भोकमरी ना. विशेषतः अन्नको अभावमा भोकभोकै मर्ने अवस्था।
69017 भोक हडताल ना. कुनै राजनीतिक वा सामाजिक माग पूरा नभएसम्म नखाने प्रतिज्ञा गरी अधिकारीहरूका समक्ष विरोध दर्साउने प्रक्रिया; त्यसरी भोकै बसी गरिने हडताल; अनशन।
69018 भोकाइ ना. भोकाउने भाव, क्रिया वा प्रक्रिया।
69019 भोकाइनु अ.क्रि. भोक लागिनु।
69020 भोकाउनु अ.क्रि. १. भोक लाग्नु; के खाऊँ के खाऊँ हुनु; खान मन लाग्नु।
69021 भोकाउनु अ.क्रि. २. कुनै योग्य वस्तुप्रति उत्कट अभिलाषा जाग्नु; चाहना हुनु।
69022 भोको वि. १. खानेकुरा नखाएको; नखाईकन भोकै रहेको।
69023 भोको वि. २. भोगको इच्छापूर्ति नभएको; भोगको लालसा जागेको।
69024 भोक्कर ना. तामाको, मुरलीजस्तो पारी बनाइएको, फुकेर बजाइने लाम्चो एक बाजा; बानो।
69025 भोक्तव्य वि. भोग गर्न उचित; भोग्न लायक; भोग्नुपर्ने।
69026 भोक्ता वि. १. कुनै वस्तु वा सुख - दुःखका अवस्थाको भोग गर्ने; उपभोग गर्ने; भोग्ने।
69027 भोक्ता वि. २. भोजन गर्ने; खाने।
69028 भोक्ता वि. ३. शासन गर्ने; शासक।
69029 भोक्ता वि. ना. ४. भोग गर्ने व्यक्ति।
69030 भोक्ता वि. ५. राजा; शासक।
69031 भोक्ता वि. ६. स्त्रीको पति वा प्रेमी।
69032 भोग्नु स.क्रि. १. जीवन र जगत्‌को सुखदुःखका सबै पाटाको अनुभव गर्नु; राम्राराम्रा सबै कुरा खेप्नु।
69033 भोग्नु स.क्रि. २. कुनै वस्तु वा स्थितिको उपभोग गर्नु।
69034 भोग्नु स.क्रि. ३. बेहोर्नु; सुमर्नु।
69035 भोग्नु स.क्रि. ४. स्त्रीसम्भोग गर्नु; सहवास गर्नु।
69036 भोग ना. १. सुखदुःख आदिको अनुभव गर्ने काम; भोगाइ।
69037 भोग ना. २. पाप वा पुण्यको फल; प्रारब्ध।
69038 भोग ना. ३ सुखदुःखको अनुभव गर्ने देह।
69039 भोग ना. ४. कुनै वस्तु आफ्नो अधिकार वा उपयोगमा ल्याउने काम; मनमाफिकको चलन।
69040 भोग ना. ५. कुनै ग्रह एकै राशिमा रहने समय वा काल।
69041 भोग ना. ६. खानेकुरो खाने काम; भक्षण; खवाइ।
69042 भोग ना. ७. देवदेवी आदिलाई अर्पण गरिने नैवेद्य, बलि आदि।
69043 भोग ना. ८. शासन; राज्य।
69044 भोग ना. ८. समागम; मैथुन।
69045 भोग ना. १०. लिच्छविकालमा पशुपालन गरेबापत सरकारलाई तिर्नुपर्ने कर; वस्तुकर।
69046 भोग ना. ११. आफ्नो सम्पत्तिमा अरू कसैको हस्तक्षेप नरही आफूखुसी गर्न पाउने स्थिति वा शक्ति।
69047 भोगकर ना. सरकारलाई तिर्नुपर्ने खेतीको उब्जनी वा पशुपालनसम्बन्धी कर।
69048 भोगकाल ना. १. कुनै घटना वा कुरो थालनीदेखि टुङ्ग्याउनीसम्म घटित हुने समय (राशिका ग्रह आदिको )।
69049 भोगकाल ना. २. सुखदुःख आदि भोगिने पूरा समय।
69050 भोगचलन ना. कुनै वस्तुमाथि पूरै रूपमा आफ्नो अधिकारको प्रयोग वा उपयोग; भोग र चलन गर्ने काम।